नोबेलले २० बर्ष पुरानो रोग निको पारिदिएपछि हर्षित भइन् तारादेवी

  • ७ माघ २०७६, मंगलवार

झापाको शिवसताक्षी नगरपालिका–३ पाराबारीकी तारादेवी कुँवर २० बर्ष अघिदेखि दिसाघर बाहिर निस्किने समस्याबाट पीडित थिईन् । उपचारका लागि पूर्वका धेरै अस्पताल धाएकी ५१ बर्षीया कुँवरले आयुर्वेदिक औषधि र जडिबुटीसमेत पटक–पटक खाईन् । निको भएन । समस्या झन–झन बढ्दै जाँदा दिनरात पीडा झेल्न बाध्य थिईन् ।

तर, अहिले नोबेल शिक्षण अस्पतालमा शल्यक्रिया पश्चात रोग निको भएपछि बर्षौदेखिको पीडाबाट मुक्ति पाएको भन्दै उनले खुशी व्यक्त गरेकी छन् । ‘उपचारका लागि धेरै तिर गए, समस्या ज्यूँका त्यूँ रह्यो । नोबेलमा अप्रेशनपछि निको हुँदा धेरै सहज भएको छ’ उनले भनिन् । दिसा गर्दा वा बल प्रयोग गर्ने काम गर्दा दिसाघर पल्टिएर मलद्वारबाट बाहिर निस्कन्थ्यो । समस्या बढ्दै गएपछि टुक्रुक्क बस्दासमेत दिसाघर निस्किएर जलनको जस्तो पीडा हुँने गरेको उनले सुनाईन् ।

समस्या बढ्दै गएपछि उपचारका लागि उनीहरु पूर्वका बिभिन्न अस्पताल पुगे । तर, डाक्टरले समस्याको सहि पहिचान गर्न नसक्दा बर्षौदेखि रोग पालेर बस्नु परेको तारादेवीका श्रीमान पदमबहादुरले गुनासो गरे । ‘डाक्टरले रोग पत्तो लगाउँँन नसक्दा धेरैतिर भौतारिनु पर्यो ।’ उनले भने ‘अन्तिममा नोबेलमा रोग पहिचान भएर अप्रेशन गरेपछि ठिक भयो ।’

बिरामीलाई दिसाघर निस्किने समस्या भएतापनि अन्य अस्पतालमा पायल्सको शंका गरेर उपचार गरिएकाले निको नभएको नोबेल अस्पतालका शल्यचिकित्सक डा.रोहित प्रसाद यादवले बताए । उनका अनुसार अहिले ल्याप्रोस्कोपिक बिधिबाट पेटमा प्वाल परी दिसाघर पल्टिने समस्याको शल्यक्रिया गरिएको छ । शल्यक्रिया पश्चात निको भएपछि अस्पतालबाट डिस्चार्ज भएर उनी घर फर्किएकी छन् ।