नोबेल र अभिभावकबिच शुल्कबारे सहमति, सुचारु हुनेभो एमवीवीएस र वीडीएसको पढाई

  • २२ माघ २०७६, बुधबार

नोबेल मेडिकल कलेज र बिद्यार्थीका अभिभावकवीच शिक्षण शुल्कको बिषयमा सहमति जुटेको छ । नयाँ शैक्षिक सत्रमा एमवीवीएस र वीडीएसमा भर्ना हुन आएका बिद्यार्थीका अभिभावक र कलेज प्रशासनवीच बुधबार भएको छलफलमा सहमति जुटेपछि शुल्क विवाद समाधान भएको हो ।

नयाँ शैक्षिक सत्रमा एमवीवीएस र वीडीएसमा कलेजले शिक्षण शुल्क बढी माग गरेको भन्दै शुल्क घटाउनुपर्ने मागसहित बिद्यार्थीका अभिभावकहरुले असहमति जनाएका थिए । त्यसपश्चात कलेजसँग भएको छलफलमा दुवै पक्षवीच सहमति जुटेको बिद्यार्थीका अभिभावकहरुले जनाएका छन् । सहमतिसँगै बिहिबारबाट पठनपाठन सुरु हुँने भएको छ ।

फोटो

१) छलफलमा सहमति जुटेपछि सामुहिक तस्वीर खिचाउँदै कलेज सञ्चालक र अभिभावकहरु ।