पत्रकार पाैडेलकाे उपचारमा सहयाेग जुटाउन उत्तरी माेरङका सञ्चारकर्मीले शुरु गरे अभियान

  • १५ फाल्गुन २०७६, बिहीबार

व्लड क्यान्सर पिडित पत्रकार कमल पाैडेलकाे उपचारमा सहयाेग जुटाउन उत्तरी माेरङका पत्रकारहरुले पनि आर्थिक सहयोग संकलन अभियान शुरु गरेका छन् ।

नेपाल समाचार पत्र दैनिक हुँदै हाल मकालु टेलिभिजनमा समाचार प्रमुखककाे रुपमा कार्यरत व्लड क्यान्सरबाट ग्रसित पत्रकार पौडेलको उपचारका लागि उनीहरूले अभियान शुरु गरेका हुन् । पौडेल हाल हाल काठमाडाैमा रहेकाे निजामति अस्पताल (सिभिल हस्पिटल) मा भर्ना भई उपचाररत छन् ।

बेलबारी, सुन्दरहरैंचा र केराबारीका पत्रकारहरुकाे बिहीबार  बेलबारीमा भएको भेलाले पत्रकार केशु विरहीकाे संयाेजकत्वमा
सहयोग समिति गठन गरेकाे छ ।
गठित समितिमा अम्विका भण्डारी, किशन शाही, राज पाेखरेल, विवेक मिश्र, प्रशान्त निराैला र खेमचन्द्र अधिकारी सदस्य छन् ।
व्यक्तिगत रुपमा आ-आफ्नो तर्फबाट आर्थिक सहयाेग गरिसकेकाे भए पनि पूर्वाेत्तर माेरङमा कार्यरत पत्रकारहरुकाे तर्फबाट सहयाेग जुटाउन लागिरहेकाे कमल पाैडेलको उपचारका लागि आर्थिक सहयोग संकलन गर्न गठित समितिका संयाेजक विरहीले जानकारी दिए ।

पत्रकारहरुले पिडित पत्रकारको उपचारका लागि सहयोग संकलन गर्ने उद्धेश्यका साथ रकम संकलन शुरु गरेका छन । बिहिबार बिहान मात्र बेलबारी,केराबारी,लेटाङ र सुन्दरहरैचामा रहेका दुई दर्जन बढी पत्रकारहरुबाट १० हजार रकम संकलन भएको छ ।

यद्यपि पत्रकार पाैडेलकाे उपचारमा पत्रकार महासङ्घ १ प्रदेश र माेरङ शाखाले समेत उपचारमा सहयाेग जुटाईरहेकाे छ । देश बिदेशमा समेत पौडेलको उपचारमा सहयोग जुटाउन आर्थिक अभियान संचालन भइरहेकोे छ ।