काेराेना विरुद्ध सचेतना अभियानमा लाग्न थाल्यो बेलबारी जेसिस

  • ५ चैत्र २०७६, बुधबार

बेलबारी, माेरङ/ बेलबारी जेसिसले काेराेना विरुद्धकाेे अभियानमा सबैलाई लाग्न आग्रह गरेकाे छ । 

जेसिसले बेलबारी २ लालभित्तीमा बुधबार एक अनाैपचारिक कार्यक्रम आयाेजनमा गरेरएक कार्यक्रम गरेर काेराेनाबाट बच्न सतर्कता अपनाउन सबैलाई आग्रह गरेकाे हाे ।

बेलबारी नगरपालिका वार्ड नं २ का अध्यक्ष घनश्याम गाैतमले काेराेनाबाट बच्ने उपायहरु लेखिएकाे व्यानर सवारी चालकहरुलाई वितरण गरेर कार्यक्रमकाे उद्घाटन गरेका थिए ।

जनचेतना फैलाउने अभिप्रायले आफूहरुले याे कार्यक्रमकाे आयाेजना गरिएकाे बेलबारी जेसिस वर्ष २०२० का अध्यक्ष राजेश खत्रीले वताए ।

खत्रीले दिएकाे जानकारी अनुसार जेसेजले भिडभाड हुने नगरपालिकाका विभिन्न स्थानमा राेगबाट वच्न अपनाउनुपर्ने सतर्कताबारे लेखिएका व्यानरहरु राखिनेछ ।