मेयर कपका बिजेता खेलाडीलाई जनही पाँच हजार सहित बेलबारी नगरपालिकाले गर्यो सम्मान

  • ६ चैत्र २०७६, बिहीबार

मोरङको सुनबर्षी मेयर कप फुटवल प्रतियोगिताका बिजेता खेलाडीहरुलाई बेलबारी नगरपालिकाले सम्मान गरेको छ ।

बिहिवारको कार्यपालिकाको वैठकमै खेलाडीहरुलाई नगद ५ हजार तथा अविर र खादा लगाएर नगरपालिकाले सम्मान गरेको हो । खेलाडीलाई हौसला प्रदान गर्न सम्मान गरीएको मेयर ज्ञानेन्द्र सुवेदीले बताए ।

मगलवार भएको फाइनल खेलमा कानेपोखरी गाँउपालिकालाई दुई शुन्य गोलले पराजित गर्दै बेलबारी बिजयी भएको थियो ।  बिजेता बेलबारीले १ लाख २१ हजार र उपविजेता कानेपोखरीले ६५ हजार सहित कप मेडल तथा प्रमाण पत्र पाएका थिए ।