बेलबारी जेसिजले बितरण गर्यो कोरोना सम्बन्धी पठन सामाग्री

  • ११ चैत्र २०७६, मंगलवार

बेलबारी, माेरङ/ बेलबारी जेसिजले विश्वमा महामारीको रुप लिईरहेको कोरोना भाईरसबाट बच्नका लागि बेलबारीका ११ वटै वडामा सन्देशमूलक पठन सामाग्री बितरण गरेको छ ।

बेलबारीबाट प्रकासन हुने एकमात्र राष्ट्रिय दैनिक “बेतना दैनिक” सँगको सहकार्यमा तयार पारिएको पठन सामाग्री सोमबार बिहान बेलबारी १ मा आयोजित एक कार्यक्रममा बेलबारी नगरपालिकाका प्रबक्ता योगेन्द्र सुवेदीले बेलबारी १ का गोबिन्द अधिकारीलाई पठन सामाग्री हस्तान्तरण गर्दै कार्यक्रमको उदघाटन गरेका थिए ।

बेलबारी जेसिजका वर्ष २०२०का अध्यक्ष राजेश खत्रीले अझै पनि कोरोना भाईरस सम्बन्धी नगरबासीहरुलाई पर्याप्त जानकारी नभएको र सो रोगबारे जानकारी दिने उद्धेश्यले पठन सामाग्री तयार गरी बेलबारीका ११ वटै वडामा पुगेर नगरबासीहरुलाई प्रदान गरिने कार्यक्रम रहेको बताए ।

यसअघि पनि बेलबारी जेसिजले माक्स बितरण, पर्चा बितरण लगायत कोरोना सँग सम्बन्धित जनचेतनामुलक कार्यक्रम सञ्चालन गरेको थियो ।