बेलबारीका ८० र केराबारीका ३० बिपन्न परिवारलाई कांग्रेसले वितरण गर्यो राहत

  • १६ चैत्र २०७६, आईतवार

कोरोना संक्रमण बढ्न नदिन सरकारले घोषणा गरेको लकडाउनको समयमा नेपाली कांग्रेस बेलबारी १ वडा समितिले ८० घर परिवारलाई राहत वितरण गरेको छ ।

टोल बिकास समितिले छनौट गरेका अति विपन्न ८० घर परिवारलाई प्रति परिवार १० केजी चामल, चिउरा १ केजी, तेल १ लिटर, साबुन १ डल्ला, दाल १ केजी, नुन १ केजी लगायतका अत्यावश्यक सामाग्री वितरण गरिएको वडा सभापति बाबुराम श्रेष्ठले जानकारी दिए ।
वडा सभापति श्रेष्ठको संयोजकत्वमा भएको राहत वितरण कार्यमा क्षेत्रिय सदस्य केदार अधिकारी, युवा नेता राजेशजंग कार्की लगायतको उपस्थिति रहेको थियो ।

कांग्रेस र तरुण दलले केराबारीमा पनि बाँढे राहत 

त्यसैगरी  लकडाउनको पाचौं दिन पनि नेपाली काङ्ग्रेस केराबारी र नेपाल तरुण दल केराबारीले २० बिपन्न परिवारहरुलाई चामल, दाल, नुन, तेल, सोयाबिन र साबुन वितरण गरेको छ ।

नेपाल तरुण दल केरावारीसंँगको समन्वयमा केराबारी गाउँपालिका ८ नम्बर वडाले बिपन्न १० परिवारलाई केही खाद्द्य सामाग्री समेत उपलब्ध गराएको छ ।