बेलबारी नगरपालिकाद्वारा सुरक्षा निकायहरुलाई २५ सेट पिपिई बितरण

  • २९ चैत्र २०७६, शनिबार

बेलबारी नगरपालिकाले सुरक्षा निकायहरुलाई स्वास्थ्य सामग्री पिपिई सेटहरु वितरण गरेको छ ।

स्थानीय तहभित्र रहेका चारवटै सुरक्षा निकायलाई नगरपालिकाले पिपिइ सेट बितरण गरेको हो ।

नगरपालिकाले इलाका प्रहरी कार्यालय बेलबारीलाई १० थान, शसस्त्र बेस क्याम्प लक्ष्मीमार्गलाइ १० थान, सशस्त्र बेस क्याम्प बाहुनीलाई २ थान र ट्राफिक पोष्ट बेलबारीलाई ३ थान पीपीइ दिएको बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले बताए

। कोरोना संक्रमण विरुद्धको सुरक्षालाई थप सहज बनाउनका लागि पिपिई सेट बितरण गरीएको सुवेदीले बताए ।