बेलबारी नपाको राहत कोषमा डांँगीहाट युथ क्लब र थापा परिवारले दिए नगद र खाद्यान्न

  • १३ बैशाख २०७७, शनिबार

बेलबारी नगरपालिकाको विपत ब्यबस्थापन कोषका लागि डांँगीहाट युथ क्लबले ५१ हजार रुपैयांँ सहयोग गरेको छ ।
डागीहाँट युथ क्लबले शुक्रबार मेयर ज्ञानेन्द्र सुवेदीलाई नगद ५१ हजार रुपैयाँ हस्तान्तरण गरेका हुन् । क्लबका अध्यक्ष बिक्रम लिम्बु, उपाध्यक्ष सुधिर राई, सचिव ज्ञानु राज राई तथा सहसचिव शम्भु बस्नेत लगायतका पदाधिकारीहरुले रकम हस्तान्तरण गरेका थिए ।

यस्तै बेलबारीका राजनीतिज्ञ तथा ब्यबशायी प्रताप थापा र उनका छोरा डा. प्रभाव थापाले कोषका लागि खाद्यान्न सहयोग गरेका छन् ।

उनीहरूले १२ सय ५० किलो चामल, १ सय किलो दाल, एक सय किलो नुन र एक सय डल्ला साबुन नगरपालिकालाई हस्तान्तरण गरेका हुन्  । मातातिर्थ औंसीको अवसरमा थापा परिवारको तर्फबाट  आमा तथा हजुरआमा सरस्वतीदेबी थापाको नाममा  सहयोग गरेको प्रताप थापाले बताए ।