इटहरी उपमहानगरद्वारा ७५ जना कृषकलाई कोरली गाई वितरण

  • ४ असार २०७७, बिहीबार

इटहरी उपमहानगरले ७५ जना कृषकलाई कोरली गाई वितरण गरेको छ ।

गाइपालन जोनका रुपमा निर्धारित १,२ र २० नम्वर वडाका ७५ जना कृषकलाई कोरली गाई वितरण गरिएको हो । विहान इटहरी २ का २५ जना कृषकलाई प्रमुख द्धारिकलाल चौधरी र उपप्रमुख लक्ष्मी गौतमले कोरली गाई वितरण गर्नुभयो ।

यसअघि नै अन्य दुईवडाका पचास जना कृषकलाई गाई वितरण गरिसकिएको छ । इटहरीलाई कृर्षिमा आत्मनिर्भर वनाउने अभियान अन्र्तगत कोरली गाई वितरण गरिएको प्रमुख चौधरीले वताउनुभयो । कोरली गाई वितरण गरिएका ७५ जना कृषकलाई गाईपालक कृषक वनाउने र यो अभियानलाई निरन्तरता दिएर इटहरीलाई दुधमा आत्मनिर्भर वनाउने उपमेयर गौतमले वताउनुभयो ।

विपन्न कृषकले कोरली गाई पाएपछि खुशी ब्यक्त गरेका छन । इटहरी २ की यशोदा दाहालले भन्नुभयो “किन्न सक्ने अवस्था थिएन उपमहानगरले कोरली गाई प्रदान गरेको छ खुशी लागेको छ उपमहानगरलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु ।” इटहरी २ की अनिल कुमारी राईले उपमहानगरले प्रदान गरेको गाईपालन गरेर आर्यआर्जन गर्न सकिने आशा पलाएको वताउनुभयो ।