बेलबारी नगरपालिकाद्वारा किसानहरुलाई मिनिटिलर तथा मकै छोडाउने थ्रेसर बितरण

  • १४ असार २०७७, आईतवार

मोरङको बेलबारी नगरपालिकाले नगर भित्रका किसानलाई मिनिटिलर तथा मकै छोडाउने थ्रेसर बितरण गरेको छ ।

कृषिलाई यान्त्रिकरण गर्दै कृषि उत्पादन तथा उत्पादकत्व बृद्धि गर्न सहयोग गर्ने उदेश्यले कृषक तथा समुहलाई अनुदानमा औजार बितरण गरिएको हो ।
बेलबारी नगरपालिकाको ५० प्रतिशत र कृषकको ५० प्रतिशत साझेदारीमा नगरभित्रका १६ जनालाई मकैछोडाउने थ्रेसर मेसिन तथा ५ जनालाई मिनिटिलर बितरण गरीएको नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले बताए ।

नगरका विभिन्न वडाका कृषक समूह छनोट गरी खेतबारी जोत्ने मिनिट्रयाक्टर तथा थ्रेसर बितरण गरीएको हो ।
उनले एक वडा एक उत्पादन कार्यक्रम घोष्ण गरी कृषि जोनका रुपमा नगरलाई विकास गरीएकोले परम्परागत खेतिलाई आधुनिक खेतिमा रुपान्तरण गर्दै लगिएको नगर प्रमुख सुवेदीले बताए ।

केहि दिन अघि मात्रै सिचाइका लागि पानी तान्ने मोटरहरु नगरपालिकाले बितरण गरेको थियो ।