अर्किडकाे पाचाैं साधारणसभा सम्पन्न

  • १९ कार्तिक २०७७, बुधबार

बेलबारी, माेरङ/ लामाे समयदेखि बालबालिकाकाे क्षेत्रमा काम गर्दै आएकाे संस्था बाल विकासका लागि सङ्गठन (अर्किड)ले एक कार्यक्रमबिच पाचाैं साधारणसभा सम्पन्न गरेकाे छ ।
बेलबारी नगरपालिका वार्ड २ लालभित्तीमा रहेकाे कार्यलयकाे सभाहलमा कार्यक्रमकाे अायाेजना गरी अाफ्नाे पाचाैं साधारसभा सम्पन्न गरेकाे हाे ।

साे कार्यक्रममा संस्थाका संस्थापक एवम सिपिसिएस ईन्टरनेसनलका डिपुटी कन्ट्री ड्राइरेक्टर नवराज पाेखरेल, संस्थाका सल्लाहकार कमल लिम्बूले कार्यक्रममा शुभकामना मन्तव्य राखेका थिए । संस्थाले विभिन्न विद्यालयमा अध्ययनरत गरिव तथा विपन्न बालबालिकाकाे लागि काम गरिरहेकाे अर्किड बेलबारीका कार्यलयका कार्यक्रम संयाेजक रेवती तिवारीले जानकारी दिए ।

अध्यक्ष धर्मराज पाेखरेलकाे अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमकाे संचालन भने संस्थाका सचिव हर्कराज बस्नेतकाे रहेकाे थियाे ।