कोरोना भाईरसबारे बेलबारी जेसिजले गर्यो बक्तृत्वकला

  • २८ कार्तिक २०७७, शुक्रबार

बेलबारी जेसिजको आयोजनामा भएको बिद्यार्थी जीवनमा कोरोना भाईरसले पारेको प्रभाव, चुनौति र अबसर बिषयक बक्तृत्वकलामा यलम्बर स्कुल बेलबारी ४ की दिक्षा कार्की प्रथम भएकी छिन् ।           शिक्षा सन्देस स्कुल बेलबारी २ को सभाहलमामा भएको कार्यक्रममा बेलबारी नगरपालिका प्रमुख कार्यकारी अधिकृत प्रदिप शाह प्रमुख अतिथि रहेका थिए ।
बेलबारी नगरभित्र रहेका ११ वटा माध्यमिक बिद्यालयहरुको सहभागिता रहेको प्रतियोगितामा गुरुकुल पाठशालाकी रोजिना बस्नेत दोस्रो, सनसाइन स्टारकी अर्चना भण्डारी तेस्रो र कृष्टल पब्लिक स्कुल सान्त्वना भयो ।                        बिजेताहरुलाई मेडल, ट्रफि, प्रमाणपत्रको साथै क्रमशः २५ सय, १५ सय, १ हजार र ५ सय नगद प्रथम, दोस्रो, तेस्रो र सान्त्वनालाई प्रदान गरिएको बेलबारी जेसिज बर्ष २०२० का अध्यक्ष राजेश खत्रीले जानकारी दिए ।