बेलबारीमा जाग्न थाले दुवैथरी अनेरास्वियु, आधा दर्जन कमिटीहरु गठन

  • १६ फाल्गुन २०७७, आईतवार

मोरङको बेलबारी बहुमुखी क्याम्पसमा समेत प्रचण्ड माधव नेतृत्वको नेेेकपा निकट बिद्यार्थीहरुको संगठन अनेरास्वियुको कमिटी गठन भएको  छ ।

बेलबारी बहुमुखी क्यामपसमा कुसल गदायलीको संयोजकत्वमा २७ सदस्य कमिटी गठन गरिएको छ । समितिको सह-संयोजकमा समिक्षा गिरी रहेकी छिन । मोरङ जिल्ला अध्यक्ष मिलन बस्नेतको आतिथ्यता र अनेरास्वियु जिल्ला सदस्य तथा नगर अध्यक्ष रविन चालिसेको समेत उपस्थितिमा समिति गठन गरीएको हो ।

त्यसैगरी कसेनी माविमा पनि सोही पक्षधर अनेरास्ववियु बेलबारी नगर कमिटीको सक्रियतामा स्कुल कमिटी गठन भएको छ ।                          आधा दर्जन स्कुलमा ओली पक्षधर अखिलको कमिटी गठन              ओलीी पक्षधर अनेरास्ववियु बेलबारी नगर कमिटीको सक्रियतामा आधा दर्जन स्कुुलमा स्कुल कमिटी गठन भएका छन् । धनपाल मा .बि . मा सन्तोष पुरीको संयोजकत्वमा ५९ सदस्यीय मा.बि. कमिटी गठन गरिएको छ ।

त्यस्तै बेलबारीको भगवती मा. बि . मा तुलमाया गुरुङको नेतृत्वमा १४७ सदस्यीय अनेरास्ववियु स्कुल कमिटी गठन भएको छ ।

बेलबारी ११ स्थित लक्ष्मी मा. बि.मा पनि पुनम न्यौपानेको संयोजकत्वमा ४१ सदस्यीय अनेरास्ववियु स्कुल कमिटी गठन भएको छ ।

बेलबारी -९ को कालि मा.बि.मा पनि सरु कार्कीको नेतृत्वमा ४६ सदस्यीय अनेरास्ववियु कमिटी गठन गरिएको छ ।

त्यसैगरी मन्जिल अधिकारीको नेतृत्वमा धिरनाथ सम्फुल मा.बि. बेलबारी १० मा ३६ सदस्यीय अनेरास्ववियु स्कुल कमिटी गठन गरिएको छ ।

बेलबारी -४ स्थित कसेनि मा.बि. मा पनि अपना सिवाको नेतृत्वमा २८ सदस्यीय अनेरास्ववियु स्कुल कमिटी गठन गरिएको विद्यार्थी नेतृ शितल रायले जानकारी दिइन् ।