लक्ष्मी सामुदायिक बनको अध्यक्षमा सुजय, एमाले र माओवादीको बर्चस्व

  • २५ फाल्गुन २०७७, मंगलवार

लामो सयमसम्म बिबादित बनेको मोरङको एक सामुदायिक बन उपभोक्ता समुहले निर्वाचनबाट नयाँ कार्य समिति पाएको छ ।

बेलबारी ११ मा रहेको लक्ष्मी सामुदायिक बन उपभोक्ता समुहले मगलवारबाट नयाँ नेतृत्व पाएको हो । मगलवार भएको मतदानमा नेकपा एमाले र नकेपा माओवादी केन्द्र निकटका उपभोक्ताहरु बिजयी भएका छन ।

अध्यक्ष, उपाध्यक्ष सचिव कोषाध्यक्ष र सभामुख पदका लागि निर्बाचन भएको थियो । निर्वाचनमा सुजय गौतमले ३१ मत ल्याएर बिजयी भएका थिए भने उनका प्रतिद्धवन्द्धि निन्दा बहादुर थेबेले १९ मत मात्रै ल्याएका थिए । उपाध्यक्ष भने गोला प्रथाबाट छानिएको छ । उपाध्यक्षका लागि भएको मतदानमा बराबरी मत आएको थियो । उपाध्यक्षका लागि सतरी चौधरी र जितेन्द्र न्यौपाने चुनावि मैदानमा होमिएका थिए । दुवै जानले बराबरी मत प्राप्त गरेपछि गोला प्रथाबाट न्यौपाने बिजयी बनेका हुन । सचिवमा चन्द्रकला राई गुरुङले ३३ मत ल्याउदै बिजयी यात्रा तय गर्दा चुणादेवी ढकालले भने १७ मत मात्रै ल्याएकी थिईन ।

कोषाध्यक्षमा तेज बहादुर दाहालले २९ मत ल्यादा उनका निकटतम प्रतिषप्रर्धी टिका कुमारी गौतमले २० मत मात्रै प्राप्त गरेकी थिईन् । अन्य सदस्यहरु भने सर्व सम्मतिबाट निर्बाचित गरीएको थियो । निर्वाचित भएका मध्ये उपाध्यक्ष न्यौपाने काग्रेसका हुन भने अरु सवै नेकपा एमाले माओवादीका हुन् ।