प्रदेशस्तरीय टी टवान्टी क्रिकेट प्रतियोगिताको च्याम्पियन बन्यो इटहरी

  • २८ फाल्गुन २०७७, शुक्रबार

‍‍‍‍मोरङको बेलबारीमा आयोजित  प्रदेशस्तरीय टी टवान्टी क्रिकेट प्रतियोगिताको फाईनल खेलमा इटहरी क्रिकेट एकेडेमी सुनसरी च्याम्पियन बनेको छ ।

पथरी शनिश्चरे क्रीकेट क्लबलाई पराजित गर्दै सुनसरी च्याम्यिन बनेको हो । इटहरीले नगद ३० हजार सहित ट्रफी हात पारेको छ भने पथरीले नगद २० हजार र ट्रफीमा चित्त बुझाउनु परेको छ ।

एम्ब्रीयो क्रीकेट क्लबलाई हराउँदै इटहरी क्रिकेट एकेडमी सुनसरी फाईनलमा पुगेको थियो ।
संयुक्त खस क्षेत्री समाज बेलबारी १० को आयोजनामा फागुन २० देखि बेलबारी ८ को एम्ब्रियो क्लबको खेलमैदानमा प्रतियोगिता सञ्चालन भएको थियो । फाईनल खेलको उदघाटन बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले ब्याटिङ र उपमेयर ढाकाकुमारी पराजुलीले बलिङ गरेर गरेका थिए । सांगीतिक कार्यक्रम सहित भब्य रुपमा प्रतियोगिता सम्पन्न भएको आयोजक संस्थाका अध्यक्ष ईन्द्रबहादुर बस्नेतले जानकारी दिएका छन ।