मानवसेवा आश्रम बिराटनगरले सडकपेटीमा बस्ने ५ जनाको गर्यो उद्वार

  • १० चैत्र २०७७, मंगलवार

सडकपेटी र सार्वजनिक स्थलमा कष्टकर जीवनयापन गर्दै आएका‍‍ ५ जनालाई मानवसेवा आश्रमले पारिवारिक पुनर्मिलन गराएको छ ।

सडकपेटी र सार्वजनिक स्थलबाट उद्वार गरिएका मानिसहरुले स्वस्थ भई आफ्नो परिचय सहित परिवारको विवरण र ठेगाना बताउन सक्ने भएपछि पारिवारिक पुनर्मिलन गराइएको हो ।

चैत्रको पहिलो साता मानवसेवा आश्रममा रहेका दुई जनालाइ परिवारका सदस्यले जिम्मेवारी सहित लिएर गएका थिए । आश्रममा नै परिवार लिन आएर घर जानेमा बिराटनगर आसपासका सकुन्तला मण्डल र देवकी सहानी छन्  ।

अन्य तीन जनालाई उनीहरुले देखाएको बाटोको आधारमा परिवारसम्म पुगेको र  तिनै जनालाई परिवारले सहर्ष स्वीकार गरेको संस्थाले जनाएको छ ।

पारिवारिक पुनर्मिलन गराएका मध्ये भारतको फार्बिसगंजका राजु मण्डल, सप्तरीको कन्चनरूप नगरपालिका ससुराल भएका बब्लु चौधरी, सुनसरीको धरान उपमहानगरपालिका घर भएका मोति बहादुर बुढाथोकी छन् ।