धनकुटाको छथर जोरपाटीका दर्जनभन्दा बढी अपांगले पाए सहायक सामाग्री

नारायण कुमार राई

  • २ बैशाख २०७८, बिहीबार

 धनकुटाको छथर जोरपाटी गाउँपालिका धनकुटाले १३ जना अपांगता भएका ब्यक्तिहरुलाई सहायक सामाग्री वितरण गरेको छ ।

अपांगता रोकथाम तथा पुनःस्थापना कार्यक्रम अन्तरगत गाउँपालिकाले ती सामग्री बितरण गरेको हो ।

अध्यक्ष शेरबहादुर लिम्बू र उपाध्यक्ष भीमकला श्रेष्ठको उपस्थितिमा एक कार्यक्रम गरेर उक्त सामग्रीहरु हस्तान्तरण गरिएको हो ।

पहिलो चरण अन्तर्गत ४९ जनालाई सहायक सामग्री बितरण गर्ने कार्यक्रम अन्तर्गत उक्त सामग्री बितरण गरिएको पुनःस्थापना कार्यक्रमका सि.बि.आर. सहजकर्ता प्रदिप ओझाले जानकारी दिए ।

कार्यक्रममा उपाध्यक्ष श्रेष्ठ र कार्यक्रमका प्रमुख अतिथी तथा पालिका अध्यक्ष शेरबहादुर लिम्बूले ९ जनालाई ट्रिपोट स्टिक,२ जनालाई एङ्कल बाईन्डर,१ जनालाई वाकर र १ जनालाई ह्वाईट स्टिक प्रदान गरेका थिए ।

बि. सं. २०७६ बाट शुुरु भई ३ बर्षसम्म चल्ने अपांगता रोकथाम तथा पुनःस्थापना कार्यक्रम सामाजिक बिकास प्रदेश मन्त्रालय, गाउँपालिका र करुणा फाउण्डेशनको त्रिपक्षिय साझेदारीमा सन्चालन भइ रहेको छ ।

चालु आर्थिक बर्षमा कार्यक्रमका लागि ५१ लाख खर्च गरिने महिला तथा बालबालिका शाखाकी प्रमुख एलिना निरौलाले जानकारी दिइन्  ।
हाल छथर जोरपाटी गाउँपालिकामा परिचय–पत्र बितरण गरिएका ३१० जना अपांगता भएका ब्यक्तिहरु रहेका छन् ।