सिंहदेवीको खुला नकआउट भलिबल: दमक फाइनलमा, बेलबारी र इटहरी सेमीमा

  • ४ बैशाख २०७८, शनिबार

‍‍मोरङको केराबारी २ सिंहदेवीमा आयोजित प्रथम जेफाले प्रदेश नम्बर १ नगरपालिका स्तरीय खुला नकआउट भलिबल प्रतियोगितामा आयोजक केराबारीलाइ ३-० ले पराजित गर्दै दमक फाइनलमा पुगेको छ ।

शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा आयोजक केराबारीलाइ ३-० को सोझो सेटमा पराजित गर्दै दमक फाइनलमा पुगेको हो । खेलमा दमकले २५-११, २५-१४ र २५-११ को नतिजा निकालेको थियो ।

त्यसैगरी शुक्रबार भएको अन्तिम क्वाटर फाइनल खेलमा लेटाङलाई ३-२ ले पराजित गर्दै इटहरी सेमिफाइनलमा पुगेको छ ।

निकै प्रतिस्पर्धात्मक खेलमा पाँच खेल मध्ये चार खेलमा दुवै टीमले  दुई दुई खेल जित्दै बराबरी नतिजा निकालेका थिए । लेटाङले पहिलो र तेस्रो खेल २५-२० र २७-२४ ले जितेको थियो भने इटहरीले दोस्रो र चौथो खेल २५-२० र २५-२० ले जितेको थियो । अन्तिम खेलमा लेटाङलाई १०-१५ ले पराजित गरेपछि इटहरी सेमिफाइनलमा पुग्यो ।
शनिबार दोस्रो सेमिफाइनल खेलमा बेलबारी र इटहरी भिड्नेछन् । शनिबार नै हुने फाइनलमा दमकसँग बेलबारी र इटहरी मध्ये बिजेता टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।                    नयाँ वर्षको अवसरमा केराबारी गाउँपालिका वडा नं. २ को आयोजना तथा जेफाले सिर्जना डबलीको संयोजन तथा व्यवस्थापनमा सिर्जना उत्सव सम्पन्न भइसकेको छ ।