इटहरीले जित्यो प्रथम जेफाले खुला नकआउट भलिबल प्रतियोगिताको उपाधी

  • ४ बैशाख २०७८, शनिबार

मोरङको केराबारी २ सिंहदेवीमा आयोजित प्रथम जेफाले प्रदेश नम्बर १ नगरपालिका स्तरीय खुला नकआउट भलिबल प्रतियोगिताको उपाधी इटहरीले हात पारेको छ ।

शनिबार भएको फाइनल खेलको टप फाइभ मध्ये पहिलो खेलमा इटहरीलाई २५-२१ ले पराजित गर्दै  नतिजा १-० बनाएको थियो । अर्को खेलमा इटहरीले दमकलाइ २५- २१ ले जित्दै नतिजा १-१ को बराबरीमा पुर्याएको थियो । फाइनलको तेस्रो खेलमा इटहरीलाई २५-२२ ले पराजित गर्दै  दमकले नतिजा २-१ मा पुर्याएको थियो । चौथो खेल २५-२३ मा इटहरीले जित्दै नतिजा बराबरी पारेपछि खेल थप रोमाञ्चक भएको थियो । १५  अंकमा खेलाइएको टप फाइभको अन्तिम तथा निर्णायक खेलमा इटहरीले १५-१३ को नतिजा निकाल्दै उपाधी चुमेको थियो ।
जितसँगै बिजेता इटहरीले नगद ७५ हजार नगदसँगै ट्रफी र मेडल हात पारेको छ भने उपबिजेता दमकले नगद ५० हजार,  ट्रफी र मेडल हात पारेको छ ।

फाइनल खेलमा लेटाङ नगरपालिकाका अध्यक्ष शंकर राई, केराबारी गाउँपालिका उपाध्यक्ष शान्ति कुमारी लिम्बू लगायतका जनप्रतिनिधि तथा विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति थियो ।

यस अघि शनिबार भएको दोस्रो
सेमिफाइनल खेलमा बेलबारीलाइ  ३-० को सोझो सेटमा पराजित गर्दै  इटहरी फाइनलमा पुगेको थियो  ।