संक्रमितको घर घरमा औषधि पुयाउँदै बेलबारीका स्वास्थ्यकर्मी

  • १४ जेष्ठ २०७८, शुक्रबार

दास्रो चरणको कोरोना भाइरसको प्रकोप बढेसँगै बेलबारी नगरपालिकाले संक्रमितहरुको घर घरमा स्वास्थ्यकर्मी सहित आयुर्वेदिक औषधी बितरण गरेको छ ।

नगरभित्रका संङ्क्रमितहरुलाई घरघरमा पुगेर औषधि सहित उनिहरुको स्वास्थ्य अबस्था बुझ्ने काम भइरहेको छ । आयुर्वेद औषधालयद्वारा कोरोना सङ्क्रमितहरुलाई रोग प्रतिरोधक क्षमता अभिवृद्धि तथा सामान्य लक्षणहरु न्यूनीकरणका लागि अश्वगन्धा चूर्ण, गर्जाेचूर्ण, सितोपलादी, यष्ठीमधू, त्रिकटु चूर्ण आदि औसधि वितरण गरिएको बेलबारी आयुर्वेद शाखा प्रमुख कुलानन्द यादवले बताए ।

औषधीसगै स्वास्थ्यकर्मीहरुले सक्रमित ब्यक्तिहरुलाई कोरोना रोकथाम तथा नियन्त्रण सम्बन्धि जानकारी गराएका छन् ।

बितरण गरीएका औषधीहरुले रोग प्रतिरोधात्मक क्षमता बढाउने काम गर्ने स्वास्थ्यकर्मीहरुको भनाइ छ ।

नगरवासीको जीवन बचाउनका लागि कुनै पनि कसर बाँकी नराखी काम गरीरहेको नगर प्रमुख ज्ञानेन्द्र सुबेदीले बताए । “हामीले कोरोनालाई नै लक्षित गरेर अक्सिजन सहितको आइसोलेसन निर्माण गरेका छौं”, सुबेदीले भने “अस्पतालसम्म लैजानु परे निशुल्क एम्बुलेन्सको ब्यबस्थान गरेका छौं ।” आइसोलेनमा बस्दा लागेको सम्पुर्ण खर्च नगरपालिकाले नै ब्यहोर्ने मेयर सुवेदीले बताए ।