विश्वकपको छनौट खेलमा चिनलाई २ -0 ले हराउँदै नेपाल बिजयी

  • २० जेष्ठ २०७८, बिहीबार

‍विश्वकप २०२२ र एशियाकप २०२३ को छनोट खेलमा नेपालले चिनको ताइपेईलाई २/ ० ले पराजित गरेको छ ।

नवयुग श्रेष्ठ र अञ्जन विष्टको एक/एक गोलको मद्दतले नेपालले जाइनिज ताइपेईलाई हराएको हो ।

यसअघि अञ्जनले खेलको चौथो मिनेटमै पेनाल्टीमार्फत नेपाललाई १-० को अग्रता दिलाएका थिए । खेलको तेश्रो मिनेटमा सन्तोष तामाङको फ्रिकिकमा विपक्षी खेलाडीले पेनाल्टी क्षेत्रभित्र ह्यान्ड गरेपछि नेपालले पेनाल्टी पाएको थियो । खेलको ८० मिनेटमा नवयुगले गोल गर्दै नेपाललाई २-० अग्रता दिलाए । उनी दोस्रो हाफमा मैदान प्रवेश गरे ।

खेल जितेर नेपाल आफ्नो समूहको चौथो स्थानमा रहेर एसियन कपको तेस्रो चरणमा प्रवेश गरेको छ ।