मोरङका सबै स्थानीय तहलाइ आधिकारीक ट्रेड युनियनले बाँड्यो स्वास्थ्य सामग्री 

  • १८ असार २०७८, शुक्रबार

    आधिकारीक ट्रेड युनियन मोरङले कोरोना रोग रोकथामका लागि स्थानियतहरुमा स्वास्थ्य सामग्री बितरण गरेको छ ।

मोरङका १७ वटै स्थानिय तहमा मास्क सेनिटाइजर लागयतका सामग्री बितरण गरीएको आधिकारीक ट्रेडयुनियन मोरङका अध्यक्ष फडिन्द्र अधिकारीले बताए ।

कोरोना रोग रोगथाम गर्न सहयोग पुगोस भन्ने उदेश्यका साथ मोरङका सबै स्थानियतहमा मास्क तथा सेनिटाइजर लगायतका स्वास्थ्य सामग्रीहरु बितरण गरिएको युनियनका केन्द्रिय सदस्य जिवन काफ्लेले जानकारी दिए ।

स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा नेपाल निजामति कर्मचारी संगठन मोरङका सहसचिव सालिग्राम कोइराला लगायतका नेताहरुको समेत सहभागिता थियो ।