अशोक दर्जी र भुइँकटहरेको घर बनाइदिने पुर्ण वाइवा मोरङ १ ख वाट प्रदेशसभा उम्मेदवार बन्दै

  • २६ भाद्र २०७९, आईतवार

मंसिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा मोरङको उर्लाबारीका सामाजिक ब्यक्तित्व पूर्ण वाइबा प्रदेशसभाका लागि उम्मेदवार बन्ने भएका छन् ।

‌सामाजिक क्षेत्रमा उचो छवि बनाएका वाइबा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट मोरङ क्षेत्र नं. १ (क) को प्रदेशसभा सदस्यको उम्मेद्वार बन्ने तरखरमा छन् ।
राप्रपाको प्रदेश नं. १ को सदस्यसमेत रहेका वाइबाको नेतृत्वमा चर्चित बाल गायक अशोक दर्जीको घर निर्माण भएको थियो । जग्गा खरिद गरी गायक दर्जीको घर बनाउन दिनरात वाइबा खटेका थिए । यतिमात्र होइन, अशोककै साथी टिकाराम धिमाल भुईकटरेको घर पनि वाइबाको नेतृत्वमा बनेको थियो । आफ्नै निजी पैसाबाट घर निर्माण थाल्नु भएका वाइबाले देशविदेशबाट रकम संकलन गरेर घर बनाई सकेका थिए ।

वाइवाले भूकम्प, नाकाबन्दी, कोरोनाकाल, बाढिपहिरो, विभिन्न दुर्घटना, बिरामीलगायतका विभिन्न विपत्ति एवं घटनाहरु हुँदा तत्काल आवश्यक सहयोग गर्दै आएका छन् । रोजगारीको शिलशिलामा हङकङमा हुँदासमेत उनले धेरैलाई सहयोग गरेका थिए । उर्लाबारी परिवार हङकङको स्थापना गरेर उहाँले त्यहाँ रहेका नेपाली साथै नेपालका विभिन्न भागमा विपत्ति तथा बिरामीहरुको उपचारमा सहयोग गरेका थिए ।
वाइबाकै नेतृत्वमा उर्लाबारी–५  न्यूरोडमा पेबल सडक निर्माण भयो भने उनकै नेतृत्वमा रहेको उपभोक्ता समितिले भुकुटी मार्ग सडक कालोपत्रेको काम गरायो ।
यी यस्ता धेरै काम गरिसकेका वाइबाले प्रदेशसभा सदस्य भएर थप जनहितमा काम गर्ने चाहना राखेका छन् । मिलनसार स्वभावका वाइबा सबैको साथ र सहयोगबाट यस पटक प्रदेश सभा सदस्यमा विजयी हुने दाबी गर्छन् । ‘हिजो पनि जनहितमै काम गर्न खटिए’ उनले भने–‘प्रदेशसभा सदस्य हुँदा पनि मेरो काम त्यही हो ।’