निरौला वन्धू सेवा मोरङको अधिवेशनबाट १५ सदस्यीय समिति 

  • १६ जेष्ठ २०८०, मंगलवार

बेलबारीमा शनिबार भएको अधिवेशनले सो समिति चयन गरेको हो । नवगठित समितिको उपाध्यक्षमा बेलबारीकी रमादेवी निरौला, सचिवमा लेटाङका रेवती रमण निरौला, सहसचिवमा पथरीशनिश्चरेका डम्बर प्रसाद निरौला र कोषाध्यक्षमा विराटनगरका नेत्र प्रसाद निरौला चयन भएका छन् ।

यस्तै सदस्यहरुमा यामनाथ निरौला, केदार निरौला, हिरण्य निरौला, अम्विका भण्डारी (निरौला), लक्ष्मी प्रसाद निरौला, मातृका निरौला, इश्वर निरौला, योगेन्द्र निरौला, प्रशान्त निरौला र राम प्रसाद निरौल चयन भएका छन् ।

जिल्ला कार्य समिति १९ सदस्यीय रहनेमा बाँकी ४ जना सदस्य नवनिर्वाचित कार्य समितिले चयन गर्नेछ । निरौला बन्धू सेवा समाजका केन्द्रीय अध्यक्ष हरि प्रसाद निरौलाको प्रमुख आतिथ्यतामा भएको अधिवेशनमा लेटाङ नगरपालिका उपप्रमुख कृष्ण कुमारी निरौला, निरौला बन्धू सेवा समाजका केन्द्रीय महासचिव इन्द्र प्रसाद निरौला, सचिव बालकृष्ण निरौला र ओम प्रसाद निरौला, कोशी प्रदेश अध्यक्ष निलम निरौला लगायत अतिथि थिए ।

अधिवेशनमा मोरङका विभिन्न पालिकाबाट एकसय जनाभन्दा बढी निरौला बन्धूहरुको सहभागिता थियो ।