मदन भण्डारीको ७२ औं जन्म जयन्तीमा लालभित्ति रक्तदान, ५५ प्रिन्ट रगत संकलन

  • १६ असार २०८०, शनिबार

जननेता मदन भण्डारीको ७२ औं जन्म जयन्तीको अवसरमा बेलबारी २ स्थित लालभित्ति चोकमा आयोजित रक्तदान कार्यक्रममा ५५ प्रिन्ट रगत संकलन भएको छ ।नेकपा एमाले बेलबारी २ वडा कमिटीले आयोजना र नेपाल रेडक्रस सोसाइटी धरान शाखाको प्राबिधिक सहयोगमा बिहीबार भएको रक्तदान कार्यक्रममा ५५ प्रिन्ट रगत संकलन भएको हो ।

कार्यक्रममा प्रदेश कमिटी सचिवालय सदस्य तथा बेलबारी नगर प्रमुख दिल प्रसाड राइ प्रमुख अतिथि थिए ।रक्तदान कार्यक्रममा प्रदेश कमिटी सदस्य नरेन्द्र बराल, संबिधानसभा सदस्य मधु गुरुङ,पार्टी नगर कमिटी अध्यक्ष इरान राइ, नगर उपाध्यक्ष तथा बेलबारी २ का वडाध्यक्ष कृष्ण गुरुङ, नगर पार्टी सचिव शंकर गुरुङ, राष्ट्रिय जन सांस्कृतिक महासंघ कोशी प्रदेश अध्यक्ष जे.बि. थुलुङ, भुमिहीन सुकुम्बासी श्रमिक संगठन मोरङ जिल्ला अध्यक्ष निशाकिरण राई, अनेमसंघ बेलबारी अध्यक्ष बिन्दुकला गुरुङ, २ नम्बर वडा सदस्य माधवराज निरौला, मन्जु रिजाल र ३ नम्बर वडा सदस्य भोगेन्द्र राई लगायतको उपस्थिति थियो ।

कार्यक्रमको सभापतित्व वडापार्टी इन्चार्ज सीताराम नेउपानेले गरेका थिए भने कार्यक्रम वडा पार्टी अध्यक्ष राजु परियारले संचालन गरेका थिए ।