सुकुना माध्यमिक विद्यालयमा रक्तदान कार्यक्रम, ८२ प्रिण्ट रगत संकलन

  • २ पुष २०८०, सोमबार

मोरङको सुन्दरहरैंचामा अबस्थित सुकुना माध्यमिक विद्यालयले आयोजना गरेको रक्तदान कार्यक्रममा ८२ जनाले रक्तदान गरेका छन् ।
विद्यालयको ५२ औं बार्षिकोत्सव तथा अभिभावक दिवसको अबसरमा आइतबार बिहान गरिएको रक्तदान कार्यक्रममा ८२ प्रिण्ट रगत संकलन भएको हो ।

नेपाल रेडक्रस सोसाइटी मोरङ र रक्तसञ्चार केन्द्र कोशी प्रदेशको प्राबिधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा शिक्षक, विद्यार्थी र अभिभावक गरी ८२ जनाले रक्तदान गरेका थिए ।

रगतको अभाव परिपुर्ति गर्ने उद्देश्यले विद्यालयकोको इतिहासमा पहिलोपटक आयोजित रक्तदान कार्यक्रममा शिक्षक, विद्यार्थी र अभिभावकहरुको उत्साहजनक सहभागिता रहेकोे विद्यालयका प्रधानाध्यापक हिक्मत बहादुर बस्नेतले बताउनुभयो ।