पूर्वी नेपाल

धनकुटामा रोकिएन दुई तीन हप्तादेखिको आन्दोलन, झुठा मुद्दा फिर्ता गर्न माग

 धनकुटामा विपक्षी चार दलीय गठबन्धनद्धारा आव्हान गरिएको आन्दोलन झन् झन् चर्कदै गएको छ । पाख्रिवासका ओली पक्षिय जनप्रतिनिधिहरुले नगरसभामा बिरोध गर्नेलाई हातपात गरेपछि आन्दोलन शुरु भएको थियो । नगरसभापछि एक वडाध्यक्ष सहित १५ जनालाई पक्राउ पुर्जी जारी गर्दै मुद्दा लगाइएपछि आन्दोलन झन् चर्किएको हो । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र,... पुरा पढ्नुहोस

नोबेल अस्पतालमा सुचारु भो निःशुल्क प्रसुती सेवा, यातायात खर्च पनि दिइने

विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा निःशुल्क प्रसुती सेवा सुरु भएको छ । सरकारको आमा सुरक्षा कार्यक्रम अन्तर्गत नोबेलमा निःशुल्क प्रसुती गराउन थालिएको हो । सरकारी निकायसँगको सम्झौता अनुसार नोबेलले २०६७ फागुन २३ गतेदेखि नै निःशुल्क प्रसुती गराउँदै आएको भएपनि स्तरोन्नतीका लागि गत भदौ महिनाबाट यो सेवा स्थगित गरिएको थियो । त्यसपछि... पुरा पढ्नुहोस

कोरोना संक्रमितलाई निःशुल्क खाना खुवाउँदै नोबेल अस्पताल संचालक शर्मा 

नोबेल शिक्षण अस्पतालका सञ्चालक डा. सुनिल शर्माले कोरोना संक्रमितहरुलाई निःशुल्क खाना खुवाउन थालेका छन् । नोबेल अस्पतालमा उपचाररत कोरोना संक्रमितहरुलाई डा. शर्माले आफ्नै खर्चमा मंगलबारबाट निःशुल्क खाना खुवाउन थालेका हुन् । नोबेल अस्पतालमा भर्ना भएका सबै कोरोना संक्रमितलाई विहान–वेलुकाको खाना निःशुल्क खुवाउने घोषणा गरेर डा.शर्माले खाना वितरण थालेका हुन् ।... पुरा पढ्नुहोस

मोरङसुनसरी समाजद्वारा विभिन्न पालिकाहरुलाइ ७८ वटा अक्सिजन सिलिन्डर सहयोग

मोरङ सुनसरी सेवा समाज नेपालले मोरङ र सुनसरी जिल्लाका विभिन्न पालिका तथा स्वास्थ्य संस्थाहरुलाइ करिब १५ लाख बराबरका ७८ थान अक्सिजन सिलिन्डर वितरण गरेको छ । विभिन्न सामाजिक सेवादेखि मातृभुमीमा आईपर्ने प्राकृतिक प्रकोप, महामारी जस्ता बिपत्तिमा स्थानिय निकायहरुसँग साझेदारी गर्दै सहयोगी भुमिका निर्वाह गर्दै आएको मोरङ सुनसरी सेवा समाजले  बिदेशमा... पुरा पढ्नुहोस

‍पत्रकार महासंघ र प्रेस युनियनले धनकुटाका संचारकर्मीलाई दिए स्वास्थ्य सामग्री

नेपाल पत्रकार महासंघ प्रदेश समिति र नेपाल प्रेस युनियनले धनकुटाका संचारकर्मीहरुलाई  स्वास्थ्य सामग्रीहरु प्रदान गरेका छन् । नेपाल पत्रकार महासंघका प्रदेश नम्वर १ का महिला उपाध्यक्ष हिमा कुमारी चेम्जोङ्गले नेपाल पत्रकार महासंघ धनकुटा शाखाका अध्यक्ष नगेन्द्र राई, उपाध्यक्ष देवकला कार्की, सचिव हरी लम्जेलमार्फत  धनकुटाका संचारकर्मीहरुका लागि  मास्क र सेनिटाईजरहरु प्रदान... पुरा पढ्नुहोस

प्रभावकारी बन्दै धनकुटाको कोभिड अस्पताल, आकस्मिक कक्ष पनि संचालन

तिन हप्ताअघि स्थापना भएको धनकुटा कोभिड अस्पताल र धनकुटा अस्पतालमा स्थापना भएको कोभिड आकस्मिक कक्ष प्रभावकारी भएको छ । धनकुटा अस्पताल प्रमुख डा. पुजन विश्वकर्माका अनुसार हाल धनकुटा कोभिड अस्पतालबाट ५० जना कोरोना संक्रमितहरु निको भई घर फर्केका छन् । कोभिड अस्पतालमा १० जना र धनकुटा अस्पतालको कोभिड आकस्मिक कक्षमा... पुरा पढ्नुहोस

चिरफार नगरी दुरबिनको माध्यमबाट नोबेलमा गरियो मस्तिष्कको शल्यक्रिया

‍नोबेल शिक्षण अस्पतालमा चिरफार र घाउ नबनाई दुरबिनको माध्यमबाट मस्तिष्क भित्रको ट्यूमरको सफल शल्यक्रिया गरिएको छ । झापाको शिवसताक्षी नगरपालिका–११ की ३५ बर्षीया देवी राना मगरको नाकबाट इण्डोस्कोप छिराएर दुरविनको माध्यमबाट मस्तिष्कको शल्यक्रिया गरिएको हो । नोबेलका बरिष्ठ न्यूरो सर्जन डा.प्रकाश काफ्ले नेतृत्वको चिकित्सकहरुको टोलीले मगरको सफल शल्यक्रिया गरेको हो... पुरा पढ्नुहोस

पूर्वी पहाडी जिल्लाका लागि बरदान साबित हुँदै धनकुटामा स्थापित अक्सिजन प्लान्ट

‍  दुई बर्षअघि धनकुटा अस्पतालमा स्थापना गरिएको अक्सिजन प्लान्ट पूर्वी पहाडी जिल्लाका जनताको लागि हाल  बरदान सावित भएको छ । धनकुटा अस्पताल बिकास  समितिका तत्कालिन अध्यक्ष सुनिल कुमार डंगोलको अनुरोध र तत्कालिन मन्त्री सुनिल वहादुर थापाको पहलबाट जापान सरकारका सहयोगमा धनकुटामा दुई बर्ष अघि स्थापना भएको अक्सिन प्लान्ट पूर्व पहाडी... पुरा पढ्नुहोस

प्रदेश १ मा ४८ हजारलाइ लागिसक्यो कोरोना, सात सयभन्दा बढीको मृत्यु

कोरोनाको दोस्रो लहरपछि प्रदेश १ मा ४७ हजार ८ सय ६८ कोरोना संक्रमितको संख्या पुगेको छ । संक्रमित मध्ये ३१ हजार ५ सय ७३ संक्रमणमुक्त भएका छन् । हाल सक्रिय संक्रमितको संख्या १५ हजार ५ सय ९० छ । प्रदेश १ मा हालसम्म ७ सय ५ जनाको मृत्यु भएको सामाजिक विकास... पुरा पढ्नुहोस

कोरोना जाँच तथा उपचारका लागि नोबेलमा छुट्टै ओपीडी

नोबेल शिक्षण अस्पतालले कोरोना ओपीडी सेवा सञ्चालन गरेको छ । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका व्यक्ति र होम आइसोलेशनमा बसेका संक्रमितको परीक्षणका लागि नोबेलले  निःशुल्क कोरोना ओपीडी सेवा सञ्चालन गरेको हो । पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजिटिभ देखिएमा संक्रमित व्यक्ति होम आइसोलेशनमा बस्ने गर्छन् । स्वास्थ्यमा समस्या बढेमा कोभिड अस्पतालमा भर्ना... पुरा पढ्नुहोस