खबर

वडा कार्यालयद्वारा दलित तथा विपन्न छात्र छात्रालाई पाेशाक र शैक्षिक सामग्री वितरण

बेलबारी, माेरङ/ बेलबारी नगरपालिकाले वार्ड नं २ ले  वडामा रहेका दलित तथा विपन्न छात्र छात्रालाई  पाेशाक तथा शैक्षिक सामग्री वितरण गरेकाे छ । बेलबारी नगरपालिका वार्ड नं २ लालभित्तीकाे कविर माविका ३० र सिंहदेवि अाधारभूत विद्यालयका २० जना गरि जम्मा ५० विद्यार्थीहरुलाई अाईतबार पाेशाक तथा शैक्षिक सामग्री वितरण गरिएकाे हो... पुरा पढ्नुहोस

साना किसान सहकारीको १२ अाैं साधारणसभा सम्पन्न

अनिल बराल, बेलबारी, माेरङ / साना किसान कृषि सहकारीले अाफ्नाे अाफ्नाे बाह्राै साधारणसभा सम्पन्न गरेकाे छ । बेलबारी नगरपालिका वार्ड नं १ मा रहेकाे बाैद्ध गुम्बाकाे सभाहलमा संचालन भएकाे साधारणसभाकाे उद्घाटन नेपाल कृषि सहकारी संघका केन्द्रीय उपाध्यक्ष मदनकुमार दाहालले गरेका थिए । उक्त कार्यक्रममा कृषि सहकारीका प्रदेश समितिका अध्यक्ष खगेन्द्रराज... पुरा पढ्नुहोस

बेलबारी बहुउद्देश्यीय सहकारीकाे १७ अाैं साधारणसभा सम्पन्न

बेलबारी, माेरङ/ बेलबारी बहुउद्देश्यीय सहकारीले विवध कार्यक्रमका साथ अाज अाफ्नाे १७ अाैं साधारणसभा सम्पन्न गरेकाे छ । बेलबारी नगरपालिका वार्ड नं १ काे सांसकृतिक हलमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीले गमलामा राेपिएका विरुवामा पानीहाले कार्यक्रमकाे उद्घाटन गरेका थिए । साे कार्यक्रममा जिल्ला सहकारी माेरङका अध्यक्ष हरि... पुरा पढ्नुहोस

हिमालय साकाेसकाे साधारणसभा तथा रक्तदान कार्यक्रम सम्पन्न

केरीबारी, माेरङ/ श्री हिमालय वचत तथा ऋण सहकारी संस्था केरावारीले अाज २३ अाैं वार्षिक साधारणसभाकाे दिन पारेर रक्तदान कार्यक्रमकाे अायाेजना गरेकाे छ । केरावारी गाउँपालिका वार्ड नं ९ काे बुद्ध माविकाे प्राङ्गणमा अायाेजना गरेकाे रक्तदान कार्यक्रममा स्थानीयहरुकाे उल्लेख्य मात्रामा सहभागिता रहेकाे थियाे । नेपाल रेडक्रस साेसाईटी धरानकाे प्राविधिक सहयाेगमा संचालन... पुरा पढ्नुहोस

समाजसेवामा जुट्दै नारी जागरण समूह

केशु विरही, बेलबारी, माेरङ/ विगत लामाे समयदेखि महिला सशक्तिकरणकाे अान्दाेलनमा सक्रिय भूमिका निभाउँदै अाएकाे नारी जागरण समूह, बेलबारीले अाफ्नाे पाँचाैं वार्षिक साधारणसभाकाे अवसर पारेर शनिबार सुक्रपथ सडककाे सरसफाई कार्यक्रम संचालन गरेकाे छ । बेलबारी नगरपालिका वार्ड नं २ कार्यलय रहे पनि सुन्दरहरैचामा समेत कार्यक्षेत्र रहेकाे यस संस्थाले पूर्वपश्चिम लाेकमार्गकाे लालभित्ती... पुरा पढ्नुहोस

वार्षिक साधारणसभाकाे अवसरमा लालभित्ति साकोसले आयोजना गर्यो रक्तदान, ४० प्रिन्ट रगत संकलन

बेलबारी, माेरङ/ बेलबारीमा रहेकाे लालभित्ती वचत तथा ऋण सहकारी संस्थाले ले अाफ्नाे १२ अाैं वार्षिक साधारणसभाकाे अवसर पारेर संचालन गरेकाे रक्तदान कार्यक्रम संचालन गरेकाे छ । बेलबारी नगरपालिका वार्ड नं २ लालभित्ती चाेकमा बिहान ८ वजे देखि १० वजेसम्म संचालन गरिएकाे उक्त रक्तदान कार्यक्रममा ४० प्रिन्ट रगत जम्मा भएकाे लालभित्ति... पुरा पढ्नुहोस

देवीझोडामा जंगली हात्तीको उपद्रो, हात्तीकै त्रासले रातभर जाग्राम बस्दै स्थानीयबासी

मोरङको केराबारी ९ देवीझोडामा शनिबार  राती जंगली हात्तिले गाउँ पसेर उपद्रो मच्चाएका छन्  । शनिबार मध्यराति देवीझोडास्थित खोरि गौंडाबाट गाउँ छिरेका हात्तिले दर्जनौं किसानको धानवाली बिगारेको छ । त्यसैगरी किसानको खेतमा लगाएका केरामा पनि निकै क्षति पुर्याएको छ । स्थानीय बासिन्दाका अनुसार राति पाँच वटा जंगली हात्ती एकसाथ गाउँ छिरेका... पुरा पढ्नुहोस

वडा कार्यालयमा सेवाग्राहीबाट मनपरी पैसा असुल्दैै बिचौलिया, जनप्रतिनिधिहरुको बेवास्ता

नगरपालिकाले जनप्रतिनिधिको हेल्प डेक्स नै राखेर सेवा दिने नीति लिइरहेको बेला बेलबारीको एउटा वडा कार्यालयमा भने बिचौलियाहरुले सेवाग्राहीबाट मनपरी ढंगले पैसा असुल्ने गरेको पाइएको छ । बेलबारी नगरपालिकाको २ नम्बर वडा कार्यालय लालभित्तिमा नागरिकता लगायतको सिफारिस फारम भर्दा जनप्रतिनिधिको संरक्षणमा वडा कार्यालय परिसरमा बसेका बिचौलियाहरुले सेवाग्राहीहरुबाट चर्को शुल्क असुल्ने गरेको... पुरा पढ्नुहोस

सफारी चलाएर पढाइ खर्च जुटाउँदै अाएकी बालिकाकाे लागि सहयोग जुट्दै 

केशु विरही, बेलबारी, माेरङ/ बेलबारी अार्थिक अवस्था कमजाेर भएपछि सफारी चलाएर अाफ्नाे पढाइ खर्च जुटाउँदै अाएकी बेलबारी नगरपालिका वार्ड नं ११ निवासी १४ वर्षीय रीता कार्कीकाे पढाईकाे लागि खर्च जुट्दै गएकाे छ । अार्थिक अवस्था कमजाेर भएकाे, बाबुले पनि घरकाे अार्थिक अवस्थालाई नहेरे पछि १४ वर्षीय बालिका अाफै सफारी चलाएर... पुरा पढ्नुहोस

दुवै मृगौला फेल भएका केराबारीका दुर्गा मगरको उपचारमा आर्थिक समस्या, सहयोगको अपील

मोरङको केरावारी गाउँपालिका वडा नं ५ निवासी श्री दुर्गा कुमार मगरको दुवै मृगौला फेल भएकोले सहयोगको लागि परिवारले याचना गरेका छन् । हाल काठमाडौ पुल्चोक स्थित निदान अस्पतालमा उपचार भइरहेको र डाइलोसिस गर्ने खर्चको समेत  अभाव भइरहेकोले सहयोगको याचना  गरिएको हो । उनको थप उपचार तथा मृगौला प्रत्यारोपण गर्न समेतको... पुरा पढ्नुहोस