गाउँ/समाज

काजु खेती तथा बिरुवा उत्पादनबाट प्रसस्त आम्दानी गर्दै पथरीका एक कृषक

मोरङ पथरी शनिश्चरे–३ का भुवनेश्वर पोख्रेलले काजु खेती गरी प्रशस्त बिरुवा समेत उत्पादन गर्न थालेका छन् । केही बर्षअघि भारतबाट बिरुवा ल्याएर काजु खेती गर्न थालेका पोख्रेलको खेतीमा तीन वर्षअघि काजु फल्न फल्न सुरु गरेको थियो । अहिले आम्दानीको हिसावले पनि राम्रै गरिरहेको पोख्रेलले बताएका छन् । पूर्वशिक्षक समेत रहेका... पुरा पढ्नुहोस

करिब ४९ लाख लागतमा सृजना सामुदायिक वनले बनाउन थाल्यो भवन

बेलबारी नगरपालिका वडा नं. १० मा रहेको सृजना सामुदायिक वन उपभोक्ता समुहले करिब ४९ लाख लागतमा निर्माण हुने भवन शिलान्यास तथा बृक्षारोपण कार्यक्रम गरेको छ । बेलबारी नगरपालिकाका मेयर दिलप्रसाद राईको प्रमुख आतिथ्यतामा आइतबार भवन निर्माणको शिलान्यास तथा बृक्षारोपण गरिएको हो । तिनवटा कोठा र एउटा हलसहित १८ फुट चौडाइ... पुरा पढ्नुहोस

वाल्मीकी स्कुलद्वारा एसईईको २३ औं व्याचका ७४ जना विद्यार्थीलाई शुभकामना सहित विदाई

पथरी समाचारदाता ।  वाल्मीकी मेमोरियल आवासीय माध्यामिक विद्यालयले एसईई व्याच २०८० अर्थात  ३२ औं व्याचका एसईई ग्रयाजुएट  विद्यार्थीहरूलाई बधाई तथा शुभकामना कार्यक्रम गरी विदाई गरेको छ। सिन भिलेज पार्टी प्यालेसमा सोमबार आयोजित कार्यक्रममार्फत स्कुलले ती विद्यार्थीहरूलाई बधाई सहित विदाई गरेको हो। अभिभावक संघका अध्यक्ष नेत्र प्रसाद न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा... पुरा पढ्नुहोस

केराबारीमा खानेपानी आयोजनाका लागि एडिबीले दिनेभो एक अर्ब बजेट

साना शहरी खानेपानी आयोजना संञ्चालन गर्न एक अर्ब बजेट दिने भएको छ । वर्षौदेखि पिउने पानीको अभाव झेल्दै आएका केराबारीवासीहरुको खानेपानी समस्या समाधान गर्न एडिबीले नेपाल सरकार मार्फत १ अर्ब बजेट दिने भएको हो । खानेपानीको अभावमा काकाकुलको नियती भोग्दै आएका केराबारीवासीमा शहरी खानेपानी आयोजना संचालन हुने खबर आएसँगै खुशीयाली... पुरा पढ्नुहोस

पथरीमा गरियो श्रमिकहरूको परिचयपत्र तथा सदस्यता वितरण कार्यक्रम

अनौपचारिक श्रमिक हित व्यवस्थापन समिति पथरी शनिश्चरे नगरको आयोजनामा श्रमिकहरुको परिचयपत्र तथा सदस्यता –पत्र वितरण कार्यक्रम  गरिएको छ । कार्यक्रममा नगरपालिकाका १ सय ५१ जना श्रमिकहरुलाई परिचयपत्र तथा सदस्यता प्रमाण–पत्र वितरण गरिएको थियो । सो कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख मोहन प्रसाद तुम्वापो र विशिष्ट अतिथि उप–प्रमुख देविमाया काफ्लेले परिचयपत्र... पुरा पढ्नुहोस

रोजगार सेवा केन्द्र पथरीद्वारा ३६ वटा योजना संचालन, तीन सय बढीले पाए रोजगारी

पथरी शनिश्चरे नगरपालिका रोजगार सेवा केन्द्रले आर्थिक वर्ष २०८०/८१ मा ३६ वटा कार्यक्रम तथा आयोजना सम्पन्न गरेको छ । रोजगार सृजना (आई.डी.ए.) प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत २७ वटा र रोजगारी सृजना (नेपाल सरकार) प्रधानमन्त्री रोजगार अन्तर्गत जम्मा ३६ वटा कार्यक्रम तथा आयोजना सम्पन्न गरिएको रोजगार सेवा केन्द्रका प्रमुख हिमाल राईले... पुरा पढ्नुहोस

बेलबारी नगरपालिकाको १५ ओेै नगरसभा अधिवेशन समापन

बेलबारी नगरपालिकाको १५ ओेै नगरसभा अधिवेशन समापन भएको छ । नगरसभा अधिवेशनले न्यायिक समितिको बजेट र कर्मचारीको तलव प्रतिवेदन २०८०/०८१ समेत पास गरेको छ। लोहन्द्वा र चिसागले कटान गरेको सम्पूर्ण स्थानहरुमा चाडै तटबन्धको ब्यबस्था गरिने र सो कामको लागि बजेट समेत पास गरेको नगरपालिकाले जनाएको छ । अघिल्लो बर्ष लिदै... पुरा पढ्नुहोस

पथरीशनिश्चरे नगरपालिकाद्वारा विपन्न विद्यार्थीलाई साइकल वितरण

पथरी शनिश्चरे नगरपालिकाको आर्थिक वर्ष २०८०/८१ को स्वीकृत कार्यक्रम विपन्न नागरिकसँग उपमेयर कार्यक्रम अन्तर्गत विपन्न छात्र -छात्राहरुलाई साइकल वितरण गरिएको छ । आज नगरपालिकाको सभाहलमा छोटो औपचारिक कार्यक्रम पश्चात् नगर उप–प्रमुख देविमाया काफ्लेले साइकल वितरण गरेकी हुन । नगरपालिकाको ६ ओटा माध्यमिक विद्यालयका कक्षा ११ र १२ का विपन्न छात्र... पुरा पढ्नुहोस

दुर्गा माविमा बृक्षारोपण तथा सरसफाइ कार्यक्रम सम्पन्न

दुर्गा माध्यमिक विद्यालय परिसरमा  सरसफाइ कार्यक्रम सम्पन्न भएको छ । पथरी शनिश्चरे ७ लामाटोलीमा रहेको यस विद्यालयका प्रधानाध्यापक यादव घिमिरे, विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष तथा वडा नं. ७ का वडा अध्यक्ष उद्धवराज बस्नेत, शिक्षक, शिक्षका, कर्मचारी, अभिभावक, अस्थाई प्रहरी चौकी किर्तिपुर र स्थानियहरुको सहभागितामा सरसफाइ कार्यक्रम सम्पन्न भएको हो ।... पुरा पढ्नुहोस

पथरी शनिश्चरे वडा नं. ८ द्वारा खुल्ला व्यायामशाला निर्माण

पथरी शनिश्चरे नगरपालिका वडा नं. ८ ले वडावासीहरुको लागि खुल्ला व्यायमशाला निर्माण गरेको छ । वडाको वार्षिक कार्यक्रम अनुसार वडावासीहरुलाई दैनिक व्यायामको माध्यमबाट निरोगी बनाउनको लागि सो खुल्ला व्यायमशाला निर्माण गरिएको वडाध्यक्ष नवीन कार्कीले जानकारी दिनुभयो । वडाको सोमबारेस्थित बुद्ध माविको कम्पाउण्डमा निर्माण भएको व्यायामशाला बुधबारदेखि सञ्चालन हुने बताइएको छ... पुरा पढ्नुहोस