गाउँ/समाज

पथरीमा निशुल्क आँखा शिविर, १ सय ४७ जना विद्यार्थीको आँखा जाँच तथा उपचार

पथरी समाचारदाता । लायन्स क्लव, पथरी, लायन्स क्लव अफ पथरी योङहर्ट, लायन्स क्लव अफ क्रीएटिभ लेडी, लायन्स क्लव अफ पथरीशनिश्चरे र लियो पथरीको संयुुक्त आयोजनामा पथरी शनिश्चरे नगरपालिका वडा न. -७ मा रहेको दुर्गा माविमा १ दिने आँखा शिविर कार्यक्रम सम्पन्न भएको छ । विराटनगर आँखा अस्पताल विराटनगरको प्राविधिक सहयोगमा... पुरा पढ्नुहोस

दुर्घटनामा बेलबारी फुटबल क्लबकी खेलाडीको मृत्यु, बुवा र आमा घाइते

माेरङकाे मिक्लाजुङमा भएको सवारी दुर्घटनामा बेलबारी फुटबल क्लबकी खेलाडी समेत रहेकी एक युवतीको को मृत्यु भएको छ भने उनकै आमा-बाबू घाइते भएका छन् । मिक्लाजुङ गाउंपालिका वडा नम्बर १ झण्डे डाडाको घुमाउरोमा बा २७ प १८३५ नम्बरको मोटरसाईकल अनियन्त्रीत भई दुर्घटना हुँदा बेलबारी नगरपालिका वडा नम्बर १ का ३७ वर्षिय... पुरा पढ्नुहोस

कोशी टप्पु जग्गा सट्टाभर्ना समस्याबारे पथरीमा छलफल

पथरी शनिश्चरेमा कोशी टप्पु जग्गा सट्टाभर्ना समस्या सम्वन्धमा छलफल कार्यक्रम भएको छ । पथरीशनिश्चरे नगरपालिकाको सभाहलमा नगर प्रमुख मोहन प्रसाद तुम्वापोको अध्यक्षतामा भएको सो कार्यक्रममा समस्या र समाधानका बारेमा जनप्रतिनिधि तथा राजनैतिक दलका प्रतिनिधिहरुसँग अन्तरक्रिया भएको हो । कार्यक्रमको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई, कोशी टप्पु जग्गा सट्टाभर्ना उस समितिका... पुरा पढ्नुहोस

धिमाल पोषाक प्रबर्द्धनका लागि बेलबारी नगरपालिकाले दियो तान बुन्ने मेसिन

बेलबारी नगरपालिकाले धिमाल समुदायहरूको परम्परागत पोसाक सिलाई बुनाइ गर्न तान बुन्ने मेसिन प्रदान गरेको छ । धिमाल प्रथम जाति व्यवस्थापन समिति मार्फत नगरपालिकाले साढे ३ लाख भन्दा बढी मुल्य पर्ने दुइवटा तानबुन्ने मेसिन हस्तान्तरण तथा उद्घाटन गरिएको हो । बेलबारी २ स्थित तिधारेमा तानबुन्ने  मेसिनको बेलबारी नगरपालिकाकी उपप्रमुख नितु थापा... पुरा पढ्नुहोस

ओछ्यानमा लुकेको सर्पको टोकाइबाट बालिकाको मृत्यु , होशियार बनौं है

सर्पको टोकाइबाट मोरङ बेलबारी नगरपालिका वडा नं.४ की एक बालिकाको मृत्यु भएको छ । प्रहरीका अनुसार बेलबारी ४  र ५ को सिमा क्षेत्रमा पर्ने लिम्बु चोक निवासी वर्ष १० की भूमिका कार्कीको सर्पको टोकाइबाट मृत्यु भएको हो ।आइतबार बिहान करिब ७ बजे ओछ्यानमा कपडा मिलाउने क्रममा अचानक केहीले ठुँगेपछि वालिका... पुरा पढ्नुहोस

बाणिज्य बैँक कर्मचारी संघद्वारा श्री आधारभूत विद्यालयलाई ५० हजारको शैक्षिक सामग्री बितरण

 राष्ट्रिय वाणिज्य बैँक कर्मचारी संघ नेपाल, कोशी प्रदेशले बेलबारी नगरपालिका वडा नं.३ मा रहेको श्री आधारभूत विद्यालयलाई ५० हजार बराबरको शैक्षिक सामग्री सहयोग गरेको छ । संघको ३५ औँ वार्षिकोत्सवको अबसर पारेर आइतबार विद्यालयलाई शैक्षिक सामाग्री सहयोग गरेको हो । ८० थान स्कुल ब्याक, कपीकलम लगायतको ५० हजार बराबरको शैक्षिक... पुरा पढ्नुहोस

बिपन्न उपभोक्ता तथा विभिन्न संघ संस्थालाई जनचाहना सा.ब. ले दियो फर्निचर सामग्री

जनचाहना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२  ले उपभोक्ता तथा गैर उपभोक्तालाई फर्निचर सामग्री बितरण गरेको छ। सामाजिक बिकास कार्यक्रम अन्तर्गत सामुदायिक वनले बिपन्न १८ घरधुरी परिवारलाई लक्षित गरी खाट तथा ब्रेन्च बितरण गरेको हो। डिभिजन वन कार्यालय मोरङका प्रमुख बिष्णु लाल घिमिरे र सामुदायिक बन महासंघका प्रदेश सदस्य अग्नि पौड्याल... पुरा पढ्नुहोस

काजु खेती तथा बिरुवा उत्पादनबाट प्रसस्त आम्दानी गर्दै पथरीका एक कृषक

मोरङ पथरी शनिश्चरे–३ का भुवनेश्वर पोख्रेलले काजु खेती गरी प्रशस्त बिरुवा समेत उत्पादन गर्न थालेका छन् । केही बर्षअघि भारतबाट बिरुवा ल्याएर काजु खेती गर्न थालेका पोख्रेलको खेतीमा तीन वर्षअघि काजु फल्न फल्न सुरु गरेको थियो । अहिले आम्दानीको हिसावले पनि राम्रै गरिरहेको पोख्रेलले बताएका छन् । पूर्वशिक्षक समेत रहेका... पुरा पढ्नुहोस

करिब ४९ लाख लागतमा सृजना सामुदायिक वनले बनाउन थाल्यो भवन

बेलबारी नगरपालिका वडा नं. १० मा रहेको सृजना सामुदायिक वन उपभोक्ता समुहले करिब ४९ लाख लागतमा निर्माण हुने भवन शिलान्यास तथा बृक्षारोपण कार्यक्रम गरेको छ । बेलबारी नगरपालिकाका मेयर दिलप्रसाद राईको प्रमुख आतिथ्यतामा आइतबार भवन निर्माणको शिलान्यास तथा बृक्षारोपण गरिएको हो । तिनवटा कोठा र एउटा हलसहित १८ फुट चौडाइ... पुरा पढ्नुहोस

वाल्मीकी स्कुलद्वारा एसईईको २३ औं व्याचका ७४ जना विद्यार्थीलाई शुभकामना सहित विदाई

पथरी समाचारदाता ।  वाल्मीकी मेमोरियल आवासीय माध्यामिक विद्यालयले एसईई व्याच २०८० अर्थात  ३२ औं व्याचका एसईई ग्रयाजुएट  विद्यार्थीहरूलाई बधाई तथा शुभकामना कार्यक्रम गरी विदाई गरेको छ। सिन भिलेज पार्टी प्यालेसमा सोमबार आयोजित कार्यक्रममार्फत स्कुलले ती विद्यार्थीहरूलाई बधाई सहित विदाई गरेको हो। अभिभावक संघका अध्यक्ष नेत्र प्रसाद न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा... पुरा पढ्नुहोस