गाउँ/समाज
तीनवटा संस्थाको आयोजनामा केराबारीमा रक्तदान कार्यक्रम, ८१ प्रिन्ट रगत संकलन
- 3 महिना, 6 दिन अगाडि
- ६ कार्तिक २०८१, मंगलवार
चाडपर्वसंगै रगतको चरम अभाव भइरहेको बेला मोरङ केराबारीमा भएको रक्तदान कार्यक्रमबाट ८१ प्रिण्ट रगत संकलन भएको छ । केराबारीस्थित शुभ खानेपानी उपभोक्ता तथा सरसफाइ समिति, खदम हिल बचत तथा ऋण सहकारी संस्था लि. र र सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि. को संयुक्त आयोजना, केराबारी गाउँपालिका र निड फर... पुरा पढ्नुहोस
बेलबारी गोल्डकप : चित्लाङको जितसँगै बाहिरियो आयोजक एलएक्ससिटी
- 3 महिना, 9 दिन अगाडि
- ३ कार्तिक २०८१, शनिबार
बेलबारीमा जारी आरजु राइस सातौं अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताबाट आयोजक एलएक्ससिटी फुटबल क्लब बाहिरिएको छ । शनिबार भएको खेलमा चित्लाङ फुटबल क्लव काठमाडौंसँग ३–२ गोलले पराजित हुँदै आयोजक एलएक्स सिटी फुटबल क्लव बेलबारी ११, बेलबारी गोल्डकप फुटबल प्रतियोगिताको पहिलो चरणबाटै बाहिरिएको हो । १४ औं मिनेटमा सुशील राईको गोलबाट... पुरा पढ्नुहोस
सिलिगुडीलाई ५–१ गोलले हराउँदै झापा ११ बेलबारी गोल्डकपको क्वाटरफाइनल
- 3 महिना, 10 दिन अगाडि
- २ कार्तिक २०८१, शुक्रबार
उद्घाटन खेलमा भारतको कन्चनजंघा फुटबल क्लब सिलिगुडीलाई ५–१ गोलले हराउँदै झापा ११ फुटबल क्लब अन्तर्राष्ट्रिय आमन्त्रण सातौं आरजु राइस बेलबारी गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । शुक्रबार बेलबारी ११ को लक्ष्मी खेलमैदानमा भएको उद्घाटन खेलको नवौं मिनेटमा कन्चनजंघा फुटबल क्लब सिलिगुडीका प्रनेश प्रधानले वान भर्सेज वानमा उत्कृष्ट गोल... पुरा पढ्नुहोस
देवीझोडा सामुदायिक वन उपभोक्ता समुहको २५ औं साधारण सभा सम्पन्न
- 4 महिना, 3 दिन अगाडि
- ९ आश्विन २०८१, बुधबार
.मोरङ केराबारी ९ देवीझोडास्थित देवीझोडा सामुदायिक वन उपभोक्ता समुहको २५ औं साधारण सभा विभिन्न कार्यक्रमका साथ सम्पन्न भएको छ ।शनिबार आफ्नै नवनिर्मित कार्यालय भवन परिसरमा वनले विभिन्न कार्यक्रमसहित साधारणसभा गरेको हो । साधारणसभा कार्यक्रममा केराबारी ९ का वडाध्यक्ष गोपाल याक्खा प्रमुख अतिथि थिए भने स्थानीय विभिन्न संघसंस्थाका प्रतिनिधिहरु अतिथि थिए... पुरा पढ्नुहोस
यही असोज ५ गतेदेखि हुनेभो प्रथम पथरी शनिश्चरे गोल्डकप
- 4 महिना, 11 दिन अगाडि
- १ आश्विन २०८१, मंगलवार
पथरीशनिश्चरे समाचारदाता / यही असोज ५ देखि १६ गतेसम्म प्रथम पथरीशनिश्चरे गोल्डकप २०८१ संचालन हुने भएको छ । माेरङ पथरी शनिश्चरे–१, जाँते मोडमा रहेको प्रस्तावित रंगशालामा खेल संचालन गरिने असोज १२ गतेसम्म प्रतियोगिता हुने आयोजकले जानकारी पत्रकार सम्मेलनमा गराएका छन् । खेल संयोजक जितन राईका अनुसार' प्रतियोगितामा ए' डिभिजनका राष्ट्रिय... पुरा पढ्नुहोस
सुकुना क्याम्पसमा जीवनदृष्टि एवम् जीवनशैली बारे कार्यशाला सम्पन्न
- 4 महिना, 13 दिन अगाडि
- ३० भाद्र २०८१, आईतवार
नेपालमै सुपरिचित एवम् स्थापित लोकप्रिय सामुदायिक सुकुना बहुमुखी क्याम्पसले शनिबार जीवनदृष्टि एवम् जीवनशैली विषयमा एक दिवशीय कार्यशाला आयोजना गरी सम्पन्न गरेको छ । शिक्षक, कर्मचारी, सञ्चालक समिति, लेखा समिति, पुनरावेदन समिति, सल्लाहकार समिति, विद्यालयका प्रधानाध्यापकहरू र सङ्घ/संस्थाका प्रतिनिधिहरूका लागि क्याम्पस परिसरमा कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा जीवनशैली, वैज्ञानिक अध्यात्म... पुरा पढ्नुहोस
ईलाका प्रहरी कार्यालय बेलबारीमा नयाँ ईन्स्पेक्टर
- 4 महिना, 15 दिन अगाडि
- २८ भाद्र २०८१, शुक्रबार
ईलाका प्रहरी कार्यलय बेलबारीको नेतृत्व सम्हाल्न प्रहरी निरिक्षक (ईन्स्पेक्टर) कृष्णबहादुर खत्री आएका छन । यसअघिका ईन्स्पेक्टर तेजबहादुर दाहाल आफनो कार्यकाल पुरा गरी बिदा भएका छन । नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग कर्मचारी प्रशासन शाखा नक्साल काठमाण्डौंले भदौ १७ गते ईन्स्पेक्टर दाहालको सरुवा गर्दै उनको ठाँउमा खत्रीलाई कार्यलय प्रमुखका... पुरा पढ्नुहोस
वक्तृत्व कला प्रतियोगितामा सिंहबाहिनी मावि प्रथम
- 4 महिना, 17 दिन अगाडि
- २६ भाद्र २०८१, बुधबार
पढाइमा समाजिक सञ्जालको प्रयोग र प्रभाव बिषयक वक्तृत्वकला प्रतियोगितामा मोरङको पथरीशनिश्चरे -९ स्थित सिंहबाहिनी मावि प्रथम भएको छ । बाल दिवसको अवसरमा पथरीशनिश्चरे—१, स्थित सुनाखरी माविले आयोजना गरेको प्रतियोगितामा सिंहबाहिनी माविको सरु आचार्य प्रथम भएकी छन् । वक्तृत्वकलामा चन्द्र किरातेश्वर माविकी अंकिता तामाङ दोस्रो, भागिरथ माविकी प्रतिमा चेम्जोङ लिम्बू तेस्रो... पुरा पढ्नुहोस
जिरिखिम्ती खण्डमा राजमार्ग विस्तार गर्दा बस्ती नै प्रभावित हुने
- 4 महिना, 17 दिन अगाडि
- २६ भाद्र २०८१, बुधबार
पूर्व पश्चिम राजमार्ग अन्तर्गत पथरी शनिश्चरे नगरपालिकाको जिरिखिम्ती खण्डमा राजमार्ग विस्तार सम्वन्धमा भएको छलफलबाट विभिन्न निर्णयहरु गरिएको छ । पथरी शनिश्चरे नगरपालिकाको प्रमुख मोहन प्रसाद तुम्वापोको अध्यक्षतामा नगरपालिकाको सभाहलमा भएको छलफलमा वडा नं. १० स्थित जिरिखिम्ती खण्डमा हाल बिस्तार भैरहेको पूर्व पश्चिम सडक व्यक्तिको नाममा स्रेस्ता रहेको र सडक विस्तार... पुरा पढ्नुहोस
शान्तिपथ सिंचाई जल उपभोक्ता संस्थाको छैठौं वार्षिक साधारण सभा सम्पन्न
- 4 महिना, 19 दिन अगाडि
- २४ भाद्र २०८१, सोमबार
पथरी शनिश्चरे समाचारदाता / मोरङको पथरीशनिश्चरे वडा नं. ९, ७ र ४ मा सिंचाई गर्दै आएको शान्तिपथ सिंचाई जल उपभोक्ता संस्थाको छैठौ साधारण सभा शनिबार समापन भएको छ । पथरीशनिश्चरे—७, बकैनाडाँडा स्थित जनप्रिय टोलमा भएको साधारण सभाले संस्थाको आर्थिक वर्ष २०८०/०८१ को कार्यप्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन, संस्था नवीकरण, लेखा परीक्षण... पुरा पढ्नुहोस