गाउँ/समाज

बेलबारी नगरपालिका का एक सय ७० जना विद्यार्थीलाई छात्रवृत्ति

बेलबारी नगरपालिकाले नगरपालिका भित्र रहेको सामुदायिक विद्यालयमा अध्ययन गर्ने  एक सय ७० जना विद्यार्थीहरूलाई रु.१४ लाख ३४ हजार ८ सय बराबरको छात्रवृत्ति प्रदान गरेको छ । शिक्षाबाट वञ्चित नहुन भन्ने उद्देश्यले बेलबारी नगरपालिकाभित्र माध्यमिक तह कक्षा ११ र १२ सञ्चालित विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरेको हो  ।  यस आर्थिक... पुरा पढ्नुहोस

प्रभात एफ.सी. र देवीगन्ज एफ.सी. पथरी अन्तर क्लब फुटबलको फाइनलमा

पथरी शनिश्चरेमा जारी नगर स्तरीय अन्तर क्लब फुटबल प्रतियोगिता अन्तर्गत शनिबार भएको खेलमा देवीगञ्ज  फुटबल क्लब विजयी हुँदै फाइनलको यात्रा तय गरेको छ । दोस्रो सेमिफाइनलमा सुनौलो कल्याण एफ.सी.लाई ५–० को विशाल अन्तरले पराजित गर्दै देवीगञ्जले फाईनल यात्रा तय गर्दै प्रभात एफ.सी. सँगको भेट पक्का गरेको हो । पहिलो हाफसम्म... पुरा पढ्नुहोस

पथरी शनिश्चरेमा दाेस्राे नगर खेलकुद महाेत्सव  २० ८२ हुँदै 

मोरङको पथरी शनिश्चरे नगरपालिकाको आयोजनामा दोस्रो नगर खेलकुद महोत्सव २०८२ यही बैशाख २० गतेदेखि सञ्चालन हुने भएकाे छ।पथरी शनिश्चरे वडा नं १ जाँते रोडस्थित प्रस्तावित रङ्गशालामा पथरी शनिश्चरे नगर खेलकुद महोत्सवका संयोजक दीपक राईले आयोजित एक पत्रकार सम्मेलनमार्फत जानकारी दिनुभएको हो।आगामी बैशाख ३० गते सम्म सञ्चालन हुने "खेलकुद राष्ट्रकाे सान,... पुरा पढ्नुहोस

पथरी शनिश्चरेमा खुला सिङ्गिङ र डान्सिङ आईडल २०८२ को तयारी 

मोरङको पथरी शनिश्चरेमा खुल्ला सिङ्गिङ र डान्सिङ आइडल प्रतियोगिता-२०८२ हुने भएको छ। मनोहर होटल एण्ड पार्कमा आयोजित पत्रकार सम्मेलन मार्फत साहित्य प्रवर्धन समिति पथरी शनिश्चरेले मंगलबार सोको जानकारी दिएको हो। नगर क्षेत्रभित्र साहित्य, कला, संगीत, नृत्य, चित्रकला, मूर्तिकला, तथा अन्य सृजनात्मक विधामा प्रतिभा भएका व्यक्तिहरूको पहिचान तथा प्रोत्साहन गर्ने उद्देश्यले... पुरा पढ्नुहोस

विद्यार्थी अभावले पथरी शनिश्चरेका तीन विद्यालयको घटुवा, एउटालाइ मर्ज गरिदै

पथरी शनिश्चरे नगरपालिका अन्तरगत शिक्षा समितिको बैठकले विद्यार्थी संख्या कम भएका केही विद्यालयहरुको कक्षा घटुवा गर्ने र एउटा विद्यालयलाइ बन्द गरी मर्ज गर्ने निर्णय गरेको छ । बैठकले विद्यार्थी संख्या कम भएको वडा नं. ४ को सिद्धार्थ आधारभूत विद्यालयलाई बन्द गरी मर्च गर्ने, सामाजिक आधारभूत विद्यालय वडा नं. ३ लाई... पुरा पढ्नुहोस

राजारानीमा धिमाल समुदायको जात्री पर्व सुरु

मोरङको लेटाङ नगरपालिका–१ मा अवस्थित 'सुनाखरीको राजधानी' का रूपमा परिचित राजारानी क्षेत्रमा प्राकृतिक सौन्दर्य, धार्मिक महत्त्व र जैविक विविधताले भरिपूर्ण हरेक वर्ष वैशाख २ गतेदेखि हुने धिमाल समुदायको ऐतिहासिक जात्री पर्व सुरु भएको छ। राजारानीमा रहेको ग्रामथानमा विशेष पूजाआजासहित जात्री पर्व विधिपूर्वक सुरु गरिएको हो। यो पर्व मोरङ, झापा र... पुरा पढ्नुहोस

लामाटोलीमा सार्वजनिक सुनुवाई कार्यक्रम

पथरी शनिश्चरे वडा नं. ७ को लामाटोलीमा सार्वजानिक सुुनुवाई कार्यक्रम सम्पन्न भएको छ । आज वडा नं. ७ को लामाटोलीमा अवस्थित दुर्गा माध्यमिक विद्यालयमा आयोजना गरिएको सार्वजानिक सुनुवाई कार्यक्रममा विशेषतः नगरको विकास निर्माण, स्वास्थ्य, शिक्षा र कृषिसँग सम्वन्धित सवालहरु उठेका थिए । नगर प्रमुख मोहनप्रसाद तुम्वापोको अध्यक्षतामा भएको सो कार्यक्रममा... पुरा पढ्नुहोस

नगरकै उत्कृष्ट बोर्डिङको रूपमा स्थापित हुँदै हसन्दह डनबस्को

रामकुमार परियार पथरी शनिश्चरे नगरपालिका वडा नं ६ , हसन्दहमा अवस्थित हसन्दह डनबस्को अंग्रेजी स्कुल नगरकै उत्कृष्ट विद्यालयको रूपमा स्थापित भएको छ । हालै सम्पन्न कक्षा ८ को नगरस्तरिय परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्दै उक्त विद्यालयले सबै विद्यालयलाई उछिनेको हो । नगरपालिकाले सार्वजनिक गरेको नतिजा अनुसार नगर क्षेत्र भित्रका ४१... पुरा पढ्नुहोस

सुकुना माविका प्रध्यानाध्यापक विश्व शिक्षक महासंघको सचिवालय सदस्यमा निर्वाचित

मोरङ सुन्दरहरैंचा वडा -१० मा अबस्थित सुकुना माध्यमिक विद्यालयका प्रध्यानाध्यापक हिक्मत बहादुर बस्नेत विश्व शिक्षक महासंघको सचिवालय सदस्यमा निर्वाचित भएका छन् । हालै सम्पन्न विश्व शिक्षक महासंघ अन्तर्गत फेडेरेसन अफ टीचर्स युनियन को २० औँ अन्तर्राष्ट्रिय महाधिवेशनबाट बस्नेत सचिवालय सदस्यको रूपमा निर्वाचित भएका हुन् । मोरक्कोको राजधानी रबातमा आयोजित महाधिवेशनमा... पुरा पढ्नुहोस

पथरी शनिश्चरेमा चौथो राष्ट्रव्यापी बुद्धिचाल  तथा ५ औं  चेस टुर्नामेन्ट हुँदै

मोरङकाे पथरी शनिश्चरेमा सहिद रत्न कुमार बान्तवा चौथो राष्ट्रव्यापी रेटिङ बुद्धिचाल प्रतियोगिता २०८१ तथा पाँचौं मिस्टर काठमाडौँ प्रकाश राई मेमोरियल फिडे ब्लिच रेटिङ चेस्ट टुर्नामेन्ट २०८१ हुने भएको छ। सिनभिलेज पार्टी प्यालेसमा म‌गलबार आयोजित एक पत्रकार सम्मेलनमार्फत सो कुरा जानकारी गराईएको हो। यही चैत्र २७ गतेदेखि ४ दिन हुने प्रतियोगिता... पुरा पढ्नुहोस