गाउँ/समाज

पथरी शनिश्चरे वडा नं. ८ द्वारा खुल्ला व्यायामशाला निर्माण

पथरी शनिश्चरे नगरपालिका वडा नं. ८ ले वडावासीहरुको लागि खुल्ला व्यायमशाला निर्माण गरेको छ । वडाको वार्षिक कार्यक्रम अनुसार वडावासीहरुलाई दैनिक व्यायामको माध्यमबाट निरोगी बनाउनको लागि सो खुल्ला व्यायमशाला निर्माण गरिएको वडाध्यक्ष नवीन कार्कीले जानकारी दिनुभयो । वडाको सोमबारेस्थित बुद्ध माविको कम्पाउण्डमा निर्माण भएको व्यायामशाला बुधबारदेखि सञ्चालन हुने बताइएको छ... पुरा पढ्नुहोस

लोकसागर साम्बाले जिते पोएट आइडल पथरीशनिश्चरेको उपाधि

लोकसागर सम्बा मोरङको पथरीशनिश्चरे नगर स्तरीय पोएट आइडल घोषित भएका छन् । पथरीशनिश्चरे कला साहित्य प्रबद्र्धन समितिले एभरेष्ट बोर्डिङ स्कुलको सभा हलमा आयोजना गरेको कविता प्रतियोगिताको शनिबार भएको फाइनलमा लोकसागार साम्बा आइडल घोषित भएका हुन् । विजेता साम्बालाई नगद १५ हजार, प्रमाण पत्र लगायतको पुरस्कार प्रदान गरिएको छ । साम्बा... पुरा पढ्नुहोस

नगर स्तरीय खुल्ला कविता प्रतियोगिताको पहिलो एडिसन सम्पन्न

पथरी समाचारदाता मोरङको पथरी शनिश्चरेमा नगर स्तरीय खुल्ला कविता प्रतियोगिता -२०८१ को पहिलो एडिसन सम्पन्न भएको छ। आज शनिबार पथरी शनिश्चरे नगरपालिकाको सहयोगमा कला साहित्य प्रवर्द्धन समितिको आयोजनामा सो प्रतियोगिता भएको हो। कला साहित्य प्रवर्द्धन समितिका संयोजक लक्ष्मीप्रसाद फुयालले प्रतियोगिताको पहिलो चरणाबाट १० जना प्रतियोगी कविहरू छनौट हुनु भएको जानकारी... पुरा पढ्नुहोस

गुरुकुल पाठशालामा यसै शैक्षिक सत्रदेखि शुरु हुनेभो प्लस टु को पढाई 

मोरङको बेलबारी ३ मा रहेको गुरुकुल पाठशालामा यसै शैक्षिक सत्रदेखि कक्षा ११ को पढाई हुने भएको छ । यसै शैक्षिक शत्रदेखि विज्ञान र व्यवस्थापन सङ्कायमा कक्षा संचालन गर्न लागिएको विद्यालयका प्रिन्सिपल कुमार खुलालले जानकारी दिए । उनका अनुसार व्यवस्थापन सङ्काय अध्ययन गर्ने विद्यार्थीले पनि कम्प्युटर विज्ञान विषय वैकल्पिक विषयका रूपमा... पुरा पढ्नुहोस

पथरीशनिश्चरे नगरस्तरीय खुला कविता प्रतियोगिता हुँदै

मोरङको पथरी शनिश्चरेमा नगरस्तरीय खुला कविता प्रतियोगिता - २०८१ हुने भएको छ। कला साहित्य प्रवर्द्धन समिति, पथरी शनिश्चरेद्वारा नगरस्तरीय खुला कविता प्रतियोगिताको आयोजना हुन लागेको हो। यही असार ०८ गते शनिवार सो प्रतियोगिताको प्रथम चरणका लागि छनौटमा परेका उत्कृष्ट २० कविहरूले आ आफ्ना कविताहरू वाचन गरी प्रतियोगितामा सहभागिता जनाउने छन्।... पुरा पढ्नुहोस

मोरङ प्याब्सनद्वारा  जिल्ला स्तरीय चित्रकला प्रतियोगिता, ४९ स्कुलका ८४ जना विद्यार्थी सहभागी

✍️भूमिप्रसाद पाठक मोरङको पथरी शनिश्चरेमा जिल्ला स्तरीय चित्रकला प्रतियोगिता सम्पन्न भएको छ। सोमबार पथरीशनिश्चरे - २ को सिन भिलेज पार्टी प्यालेसमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) मोरङ जिल्ला कार्य समितिले सो प्रतियोगिता आयोजना गरेको हो। प्याब्सन पथरीशनिश्चरेले आतिथ्यता गरेकाे साे प्रतियोगितामा कूल ४९ वटा विद्यालयका ८४ जना विद्यार्थीहरूले... पुरा पढ्नुहोस

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको कोशी प्रदेश तदर्थ समिति गठन

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको प्रदेशस्तरीय भेलाले कोशी प्रदेश तदर्थ समिति गठन गरेको छ । इटहरीमा बिहीबार भएको भेलाले रोम घिमिरेको संयोजकत्वमा १७ सदस्यीय तदर्थ समिति गठन गरेको हो । प्रतिष्ठानका केन्द्रिय अध्यक्ष लोक गायिका रिता थापा मगर, वरिष्ठ उपाध्यक्ष गायक पशुपति शर्मा, प्रशासनिक उपाध्यक्ष दिपक खड्का, सांगठनिक... पुरा पढ्नुहोस

विद्यार्थीहरुलाइ डोको मान्द्रोदेखि टपरी बनाउनेसम्मका सीप सिकाउँदै अन्नपुर्ण मावि

मोरङको पथरी शनिश्चरे - १ मा रहेको अन्नपूर्ण माध्यमिक विद्यालयले हरेक शुक्रबार 'बुक फ्रि डे' को रुपमा विभिन्न परम्परागत सीप सिकाउन थालेको छ। पछिल्लो समयमा यस विद्यालयले हरेक शुक्रबार 'बुक फ्रि 'शिक्षासंग सीपमूलक कार्यक्रम गर्न थालेको हो । विद्यालयमा हप्तैपिच्छे फरक नयाँ नयाँ सीपमूलक सिकाइ उपलब्ध गराई रहेको छ। जसमा... पुरा पढ्नुहोस

पथरीशनिश्चरे वडा नं. १ मा रोपिए करिब पांच सय बिरुवा

मोरङको पथरीशनिश्चरे वडा नं. १ कार्यालयको आयोजनामा करिब पाँच सय बिरुवा रोपिएको छ । वन तथा वातावरण संरक्षणमा सघाउ पुर्याउने उदेश्यले पथरीको यलम्बर, रत्न चोक, बुद्ध चोक र पथरी बहुमुखी क्याम्पस वीचको खाली जग्गामा पाँच सयभन्दा बढी वृक्षरोपन भएको हो । वृक्षारोपण अन्तरगत आप, लिची, मसला, सिरिस लगायत विभिन्न प्रजातिका... पुरा पढ्नुहोस

तेक्वान्दो डोजाङद्वारा पथरीमा लागु औषध विरूद्ध अभियान संचालन

मोरङको पथरीशनिश्चरे तेक्वान्दो डोजाङले लागु औषध विरूद्ध अभियान संचालन गरेको छ। शनिबार "से नो टु ड्रग्स " भन्ने मुख्य नाराका साथ पछिल्लो समय बढ्दो रूपमा रहेको लागु औषध दुर्व्यवसनी विरूद्ध डोजाङले सो अभियान संचालन गरेको हो। पथरीशनिश्चरे डोजाङका प्रमुख कैलाश राईले अहिलेको समयमा युवा वर्गहरूमा बढ्दै गएको लागू औषध दुर्व्यवसनी... पुरा पढ्नुहोस