गाउँ/समाज

तेक्वान्दो डोजाङद्वारा पथरीमा लागु औषध विरूद्ध अभियान संचालन

मोरङको पथरीशनिश्चरे तेक्वान्दो डोजाङले लागु औषध विरूद्ध अभियान संचालन गरेको छ। शनिबार "से नो टु ड्रग्स " भन्ने मुख्य नाराका साथ पछिल्लो समय बढ्दो रूपमा रहेको लागु औषध दुर्व्यवसनी विरूद्ध डोजाङले सो अभियान संचालन गरेको हो। पथरीशनिश्चरे डोजाङका प्रमुख कैलाश राईले अहिलेको समयमा युवा वर्गहरूमा बढ्दै गएको लागू औषध दुर्व्यवसनी... पुरा पढ्नुहोस

नक्साल सामुदायिक वनको नयाँ भवन उद्घाटन, डेढ हेक्टर जमीनमा गरियो बृक्षारोपण

मोरङको बेलबारी स्थित नक्सल सामुदायिक वनको भवन उद्घाटन भएको छ ।करिब ३३ लाखको लागतमा बनेको पक्की भवनको उद्घाटन कार्यक्रममा उपभोक्ता तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरु सहित सय जनाभन्दा बढीको उपस्थिति थियो । बिक्रम सम्बत २०५६ सालमा स्थापित यस सामुदायिक वनले वन संरक्षण, फोहोर मैला ब्यबस्थापन तथा गरिबी निवारण जस्ता क्षेत्रमा उल्लेख्य... पुरा पढ्नुहोस

पञ्चायत माविका विद्यार्थीले स्कुल परिसरमै रोपे सयभन्दा बढी बिरुवा

हाम्रो भूमि : हाम्रो भविष्य मूल उद्घोषका साथ पथरी अवस्थित श्री पञ्चायत माविले विश्व वातावरण दिवस भव्य रूपमा मनाएको छ । साढे ४ हजार विद्यार्थी अध्ययनरत प्रदेशको नमुना मानिएको यो माविमा गत वर्षयता रोपिएका कैयौं वृक्षहरूको मलजल र संरक्षण गर्दै यसपटक सयभन्दा बढी नयाँ प्रजातिका विरुवाहरू रोपेर मानिएको प्रधानाध्यापक अर्जुनकुमार... पुरा पढ्नुहोस

जिल्ला स्तरीय अन्डर फिप्टिन बुद्धिचाल प्रतियोगितामा सेम्रिल राई प्रथम

जिल्ला स्तरीय अन्डर फिप्टिन बुद्धिचाल प्रतियोगिता २०८१’ मा छात्रातर्फ मोरङको पथरीशनिश्चरेकी सेम्रिल राई मोरङ जिल्ला प्रथम भएकी छन् । मोरङ जिल्ला प्रथम भएसँगै राई प्रदेश स्तरीय प्रतियोगिता खेल्न छानिएकी हुन् । बुद्धिचाल संघ जिल्ला समिति मोरङको आयोजनामा शनिबार (जेठ १९) उर्लाबारी मंगलबारे स्थित सनसाइन बोर्डिङ स्कुलमा छनौट प्रतियोगिता भएको थियो... पुरा पढ्नुहोस

हरियाली वनले बनायो स्विमिङ पुल, अब सस्तोमा स्वीमिङ गर्न पाइने

मोरङको पथरीशनिश्चरेमा स्वच्छ, सफा पोखरीमा सस्तो र सुरक्षित रुपमा स्वीमिङ (पौडी) खेल्न पाइने भएको छ । यो अवसर पथरीशनिश्चरे—२ स्थित हरियाली सामुदायिक वन लिमिटेडले जुराउने भएको हो । हरियाली सामुदायिक वन क्षेत्र भित्र निर्माण सम्पन्न भएको पौडी पोखरी जेठ २५ गते उद्घाटन गर्ने समूहका अध्यक्ष काबुलबहादुर मगरले बताए । सामुदायिक... पुरा पढ्नुहोस

पथरी जेसीजद्वारा अक्षयकोष स्थापनाका ५१ हजार रुपैयाँ सहयोग

मोरङको पथरी शनिश्चरे वडा नम्बर ४ मा रहेको जनकल्याण आधारभुत विद्यालयका अति विपन्न तथा गरिब छात्रछात्राको लागि पथरी जेसीजले अक्षय कोष स्थापनार्थ रकम सहयोग गरेको छ । आज आइतबार जरायो टोलस्थित सो विद्यालयको प्राङ्गणमा आयोजित एक कार्यक्रमका बीच ५१ हजार रुपैयाँ बराबरको अक्षयकोष स्थापनाका लागि रकम हस्तान्तरण गरिएको हो। वडा... पुरा पढ्नुहोस

पथरीशनिश्चरेमा एक बाच्छीले नब्याउँदै दिन्छ दिनहुँ अढाई लिटर दुध

भुमी पाठक मोरङको पथरीशनिश्चरेमा नब्याएको बाछी अर्थात कोरली गाईले दैनिक अढाई लिटर दुध दिन थालेको छ । पथरीशनिश्चरे –९ रिगुवाका पिताम्बर नेपालले पालेका गाईले बिगत ९ महिनादेखि दैनिक दुध दिन थालेको हो। नेपालले पाँच हजार रुपैयाँमा स्थानीय पशु हाटबाट ९ महिनाको बाच्छी किनेर ल्याएका थिए। ल्याएको सात महिनादेखि गाईको फाँचोमा... पुरा पढ्नुहोस

भुस्याहाहरुको संख्या घटाउन धनकुटा बजार क्षेत्रका ७५ कुकुरहरुको परिवार नियोजन

धनकुटा बजार क्षेत्रका ७५ कुकुरको बन्ध्याकरण धनकुटा बजार क्षेत्रका कुकुरहरूको बन्ध्याकरण गरिएको छ । धनकुटा बजारसहित आसपास क्षेत्रका ७५ वटा सामुदायिक कुकुरको बन्ध्याकरण गरिएको हो । भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्रको सहयोग लिएर धनकुटा नगरपालिकाले कुकुरको बन्ध्याकरण गराएको हो । छाडा छोडिएका कुकुरहरूले मान्छेलाई समस्या पार्ने गरेको गुनासो आउँने... पुरा पढ्नुहोस

हिले–भीरगाउँ सडक कालोपत्रे सुरु, भीरगाउँका बासिन्दामा खुशीयाली

धनकुटाको हिलेदेखि भीरगाउँ मधुगंगा जोड्ने सडक कालोपत्रे गर्ने काम सुरु भएपछि भिरगाउँबासी खुशी भएका छन् ।  धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले हिलेमा एक कार्यक्रमकाबीच केही दिनअघि शिलान्यास गरेपछि सडक कालोपत्रेको काम सुरु गरिएको हो । मेयर तामाङको पहिलो कार्यकालमा निर्माण शुरु भएको सो सडक उनकै दोस्रो कार्यकालमा सडक कालोपत्रे थालिएको... पुरा पढ्नुहोस

व्यवस्थापन संकायका पूर्व डिन थपलिया पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति नियुक्त

मोरङ / पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. विजुकुमार थपलिया नियुक्त भएका छन् । शिक्षामन्त्री सुमना श्रेष्ठको अध्यक्षतामा उपकुलपति छनोट तथा सिफारिस समितिले सिफारिस गरेको आधारमा थपलिया उपकुलपति नियुक्त भएका हुन् । प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति पुष्पकमल दाहालले प्रा. डा. थपलियालाई मंगलबार उपकुलपतिमा नियुक्त गरेका छन् । थपलिया पूर्वाञ्चल विश्वविद्यालय व्यवस्थापन संकायका... पुरा पढ्नुहोस