वेमैसमी तरकारी खेतीबाट राम्रो आय आर्जन गर्दै लेटाङका कृषक

  • ८ पुष २०७१, मंगलवार

केशु बिरही, लेटाङ मोरङ / उतरी मोरङको भोगटेनी १ र २ वडा का एक दर्जन किसानहरुले व्यावसायीकरुपमा वेमैसमी तरकारी खेती सुरुगरेका छन् ।

उन्नत जाँतका विरुवाको बिउ ल्याई स्थानीयहरुले व्यावसायी तरकारी खेती थालेपछि यहाँका अधिकांश किसानहरु यो खेतीबाट राम्रो आयआर्जन गर्ने सोते बन्दै गएको छ । १ बर्ष अधि स्थानीय किसानहरुलाई प्लान नेपाल सहयोग मा हर्डन नामक सस्थाले तालिम दिएपछि तरकारी सकलन केन्द स्थापना गदिएपछि किसानहरुले वेमैसमी तरकारी व्यावसाय सुरु गरेका छन्  ।
विदेश जाने खर्च स्वदेशमा लगानी गरे केही गर्ने सकिन्छ भने आसाले विदेश नगई घरमा बसेर व्यवसाय सुरु गरेका भोगटेनी २ का ४५ बर्षीय हेम वा मगर वेमैसमी तरकारी खेती बाट सन्तुटी बन्न थालेका छन् । मगर ले भोगटेनी महिला साकोस मोरङ बाट ४० हजार ऋण लिएर २०६९ चैतबाट वेमैसमी तरकारी खेती सुरु गरेको हो । ५ बर्ष साउदी मा बसेका मगर ले विदेशको तातो घाममा समय विताउनु भन्दा विदेश जाने सोचले अगाडी बढी रहेका साथीभाई लाई वेमैसमी तरकारी खेती थाल्न सुझका दिने उनी बताउँछन।

विदेशमा भोगेको दुख, परिवारसंग टाडा रहनु इत्यादि कारणले विदेश जाने सोचमा परिवर्तन ल्यााएको उनी सुनाउँछन् । विदेश जाने रकम स्वदेशमै लगानी गरेको छु, विदेशको भन्दा तरकारी खेती व्यावसायबाट राम्रो कमाई हुने उनको कथन छ । विदेशमा एकलै, स्वदेश मै सपरिवार संग व्यावसाय गर्दा छुट्टै आनान्द हुने उनको अनुभव छ । उनका साथमा ,श्रीमती ,२ छोरा र १ छोरी छन् । घर खर्च ,छोराछोरी लाई क्याम्पस पढाउन खर्च राम्ररी नै धानेर पनि राम्रो मासिक बचत भइरहेको मगर बताउँछन् ।

मगरले वेमैसमी तरकारी खेती अन्तर गत टमटर,फुलकोपी,बन्दा ,चौमासे सीभी,खोसानी लगाएत जातका तरकारी लगाउने गरेका छन। । उनले ५ दिनमा सबै जात को तरकारी गरेर २० के जी तरकारी उत्पादन गर्ने गरेका छन । थोरै घरमा खान राखेर सवै नजिकैको सकलन केन्द्रमा. जम्मा गर्ने गरेका छन् ।उनले अहिले हाल आपनै ५ रोपनी जग्गा मा तरकारी लगाएका छन।
मगरले अरु ८ रोपनी मा भन्ने अदुवा र अँलिसो लगाएको छ । ५ रोपनी मा लगाएको तरकारी खेती मासीक रुपमा रसायनिक मल, विभिन्न किसीमका किटनासक औषधि हजार ३ सय ४० रुपैया मासिक खर्च हुने मगर ले बताएका छन् ।

उता महिनाको खर्च कटाएर आफुलाई २० हजार मासिक आम्दानी हुने उनको तर्क छ । उनी मात्र तरकारी खेत ीगर्ने एकला भने होईन् यस्तै भोगटेनी–१ कै महेन्द्र मगर पनि ७० हजार स्थानीय सहकारी संस्थाबाट ऋण लिई तरकारी व्यावसाय सुरु गरेको थियो । पहिले २ रोपनी माm, पछि ३ रोपनी मा गरी अहिले ५ रोपनीमा वेमैसमी तरकारी खेती गदै आएका छन। उनको पनि टमटर,फुलकोपी,बन्दा,चौमासे सीवी,वोडी, लगाएतका वेमौसमी तरकारी खेती गदै आएका छन् । उनले मासिक खर्चकटाएर १५ हजार जति आम्दानी भएको मगर बताउँछन् ।

उनी पनि यो व्यावसायलाई क्रमश बढाउदै लगेर नमुना कृषि तरकारी खेती लाई व्यावसायी बन्ने सोच राखेको उनको तर्क छ । अहिले उनले दैनिक ५ के जि तरकारी वेच्दै आएको छ । त्यसोत वेमैसमी तरकारी गर्ने लागी उचा भएको जग्गा भए उच्चा ठाउँ र पानी नजम्ने ठाउँ भए राम्रो हुने उनले वताए।।
त्यसरी विभिन्न सहकारी संस्थाबाट ऋण लिएर वेमैसमी तरकारी खेती गर्ने मगर मात्र होइन भोगटेनी–२ का ३२ बर्षीय नविन मगर ले पनि मासिक २० के जी खोसानी बेच्दै आएका छन् ।त्यस्तै भोगटेनी –२ का दलि बा राई पनि मासिक १० के जि वेमैसमी तरकारी राम्रो आयआर्जन र्गदै आइरहेको उनीहरु बताउँ छन् ।

त्यसो त भोगटेनी २ को तरकारी सकल्न केन्द जम्मा गरी विभिन्न बजार मा जाने गरेको छ। ् भोगटेनी बाट दैनिक २ मन तरकारी जम्मा हुर्ने गरेको छ । सुरुमा सरुमा निकै गारो भएपनि हाल सल्कलन केन्द भएकाले यातयात को पनि सुविधा पुगेकाले जति तरकारी उत्पादन भए पनि बजार मा खपत हुने मान बा मगर ले बताए।
भेगटेनी बाट उत्पादन भएको वेमैसमी तरकारी लेटाङ,केरावारी,बेलवारी ,ईन्द्रपुर,ईटहरी विराटनगर जाने गरेको छ। सरकारले कृर्षी क्षेत्रमा लगेका व्यतिmहरु लाई विभिन्न तालिम दिएर व्यवसायिक तरकारी खेती तिर उचित सबोधन्न गर्ने सके अझ उत्पेरण मल्थो कि ?