वाल सन्जाल र बाल क्लबमा आबद्द वालवालिकाहरुको तीनदिने तालिम केराबारीमा सम्पन्न

  • १८ भाद्र २०७५, सोमबार

वाल सन्जाल र बाल क्लबमा आबद्द वालवालिकाहरुको तीनदिने तालिम केराबारीमा सम्पन्न भएको छ ।

प्लान / फरेनको आयोजनामा भाद्र १६ गते देखि १८ गतेसम्म भएको तालिममा वाल सन्जाल र वालभाद्रका गरी २५  जना बालबालिकाहरु सहभागी थिए ।

उक्त तालिममा बाल संरक्षण र क्षमता अभिवृद्धि सम्बन्धि कुराहरुबारे सैैद्धान्तिक र प्रयोगाात्मक अभ्ययासगराइएको  थियो । तालिममा फरेनका अर्जुन बास्तोला ,झरना भट्टराई र अस्मिता भट्टराईले सहजकर्ताको भुमिका निभाएका थिए ।

तालिमको अन्तिम दिन दुई  घन्टासम्म जनप्रतिनिधिहरुसंंग बालबालिकाको सवाल तथा समस्या सम्बन्धि अन्तर्कृया समेत गराइएको  थियो । कार्यक्रममा उपस्थित जनप्रतिनिधिहरुले केराबारी गाउंपालिकालाई चाडै बालमैत्री गाउंपालिका बनाउन कदम चाल्ने प्रतिबद्धता जनाएका थिए ।