ताजा अपडेट

केराबारीमा पनि शुरुभो सर्पदंंश उपचार सेवा, लाभान्वित हुनेभए उत्तरी मोरङका बासिन्दा

मोरङको केराबारी ६ याङशिलामा सर्पदंश उपचार सेवा शुरु भएको छ । केराबारी ६ स्थित कालीबक्स गण नजिकै नवनिर्मित कालोपानी सर्पदंश उपाचार केन्द्रमा उपचार सेवा शुरु भएको हो । केराबारी गाउँपालिकाको सहयोग तथा स्थानीय समुदाय, नागरिक र विभिन्न दाताहरुको सहयोगमा भवन निर्माण भएको हो । केराबारी गाउँपालिका वडा नं. ६ याङशिलामा... पुरा पढ्नुहोस

दोलखा र काभ्रेमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर, दुई हजार बिरामीले गराए जाँच

सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले सोमबार दोलखा र काभ्रेमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । स्थानीय संघ–संस्थासँग सहकार्य गरेर दोलखाको तामाकोशी गाउँपालिका र काभ्रेको पाँचखाल नगरपालिकामा शिविर सञ्चालन गरिएको हो । दुवै शिविरमा गरी सोमबार १ हजार ९ सय २४ विरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले... पुरा पढ्नुहोस

निजि क्षेत्रबाट संचालित पूर्वी नेपालकै ठूलो नोबेल अस्पतालले मनायो १७ औं बार्षिकोत्सव

विराटनगरस्थित नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले बिहिबार १७ औं बार्षिकोत्सव मनाएको छ । अस्पताल परिषरमा भव्य समारोहकाबीच बिभिन्न कार्यक्रम गरेर नोबेलले बार्षिकोत्सव मनाएको हो । कार्यक्रममा प्रदेश प्रमुख परशुराम खापुङ्गले नोबेललाई स्वास्थ्य उपचार र चिकित्सा शिक्षाका क्षेत्रमा अझै सफलताको शुभकामना दिए । सो अवसरमा नोबेल अस्पतालका सञ्चालक डा.सुनिल शर्माले नोबेलले... पुरा पढ्नुहोस

विश्वासको मतपछि बेसहराहरुको आशिर्वाद लिएर मन्त्रालय पसे प्रदेश १ का सामाजिक विकास मन्त्री 

प्रदेश १ का सामाजिक विकास मन्त्री जयराम यादवले मानवसेवा आश्रमको संरक्षणमा रहेका बेसहाराहरुको आशिर्वाद लिएर मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् । प्रदेश नं। १ को सामाजिक विकास मन्त्री रहेका जयराम यादवले लामो समयदेखि मानवसेवा गर्दै आएको मानवसेवा  आश्रममा भएका बेसहाराहरुको आशिर्वाद लिएर मन्त्रालय गएका हुन् । कोविडको समयमा आफ्नो छोराको जन्मदिनको... पुरा पढ्नुहोस

सुकुम्बासी बस्तीमा पनि केएमसीले गर्यो निःशुल्क स्वास्थ्य शिविर

 सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले काठमाडौं महानगरपालिका–३१ जागृति टोलस्थित सुकुम्बासी बस्तीमा बिहिबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । सुकुम्बासी परिवारलाई लक्षित गरेर केएमसीले स्थानीय एसुरेन चर्चको प्राङ्गणमा एक दिने शिविर सञ्चालन गरेको हो । शिविरमा सो बस्तीका ७९४ जना विरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी... पुरा पढ्नुहोस

स्वास्थ्य र शिक्षा क्षेत्रबाट नोबेलले तिर्यो सबसे बढी कर, राजश्व बिभागले गर्यो सम्मान

स्वास्थ्य तथा शिक्षा सेवा प्रदायक मध्येबाट मूलुककै सबैभन्दा बढी आयकर तिरेर विराटनगरस्थित नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटल यो बर्ष पनि सम्मानित भएको छ । आर्थिक बर्ष २०७६÷०७७ मा स्वास्थ्य र शिक्षा क्षेत्रको उत्कृष्ट करदाता बनेर नोबेल सम्मानित भएको हो । १० औं राष्ट्रिय कर दिवसको अवसरमा बुधबार बिहान काठमाडौंमा आयोजित... पुरा पढ्नुहोस

फिदिममा नोबेलको निःशुल्क स्वास्थ्य शिविर, २१ सय विरामी लाभान्वित  

पाँचथरको फिदिममा सञ्चालित दुई दिने निःशुल्क स्वास्थ्य शिविरबाट २१ सय भन्दा बढी विरामी लाभान्वित भएका छन् । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालका डाक्टरहरु ल्याएर फिदिम नगरपालिकाको सहयोगमा फिदिम नगरपालिका वडा नं.८ ले आइतवार र सोमबार दुई दिने शिविर आयोजना गरेको हो । दुई दिनको अवधिमा शिविरबाट २ हजार १ सय ३३... पुरा पढ्नुहोस

एकीकृत समाजवादीको २५ सदस्यीय केराबारी पार्टी कमिटी गठन

नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादी केराबारीको बृहत भेलाले रमेश चेम्जोङको अध्यक्षतामा २५ सदस्यीय पालिका कमिटी गठन गरेको छ । नवगठित गाउँपलिका कमिटीको उपाध्यक्षमा सुभद्रा राई र देवानसिंह राई चयन भएका छन् । त्यस्तै सचिवमा भुपाल कार्की सहसचिवमा पुर्णप्रकाश पूर्बछाने मगर चयन भएका छन् । केराबारी गाउँपालिक कमिटी घोषणा कार्यक्रममा पार्टीका... पुरा पढ्नुहोस

मुनाफा र बोनस बापत नोबेलका हजारभन्दा बढी कर्मचारीले पाए ७ करोड ५७ लाख

विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले आफ्ना कर्मचारीहरुलाई बोनस बापत ७ करोड ५७ लाख रकम वितरण गरेको छ । मुनाफा र चाडपर्व बोनस बापत नोबेलले कर्मचारीहरुलाई ठूलो रकम वितरण गरेको हो । मुनाफा बापत ६ करोड २४ लाख ९ हजार ६ सय ९० रुपैयाँ र चाडपर्व बोनस बापत १ करोड ३२ लाख... पुरा पढ्नुहोस

मोरङका शेखर, कुमोद र दिनेशले पाए गिरिजाप्रसाद कोइराला स्मृति पत्रकारिता पुरस्कार

गिरिजाप्रसाद कोइराला स्मृति पत्रकारिता पुरस्कारबाट मोरङका ३ जना पत्रकार पुरस्कृत भएका छन् । नेपाल प्रेस युनियन मोरङले शुक्रबार आयोजना गरेको सम्मान तथा पुरस्कार बितरण कार्यक्रममा शेखर रेग्मी,कुमोद अधिकारी र दिनेश गिरी पुरस्कृत भएका हुन् । बेलबारी १ स्थित वुद्धिष्ट गुम्बामा आयोजित पुरस्कार बितरण तथा सम्मान कार्यक्रममा नेपाल सरकारका रक्षामन्त्री मिनेन्द्र... पुरा पढ्नुहोस