पूर्वी नेपाल

लकडाउनमा पनि अनलाईन मार्फत बिद्यार्थी पढाउँदै बेलबारीमा अबस्थित शिक्षा सन्देश स्कुल

मोरङको बेलबारी -२, लालभित्तीमा रहेको शिक्षा सन्देश ई. स्कुलले लाेकडाउनबाट प्रभावित विद्यार्थीकाे भविष्यलाई मध्यनजर गरेर अनलाईन मार्फत पठनपाठन शुरु गरेको छ । निकट भविष्यमै संचालन हुने बोर्ड परीक्षालाई मध्यनजर गर्दै जुम क्लाउड नामक एप्सको माध्यायमबाट कक्षा ११ का बिद्यार्थीहरुलाई प्रत्येक दिन बिहान ८ बजेबाट र एसईईका विद्यार्थीका लागि दिउसाे २... पुरा पढ्नुहोस

मोरङका शिक्षकहरुलाइ प्रविधि मैत्री भर्चुअल तालिम दिँदै शिक्षक समाज नेपाल

शिक्षकहरूले दैनिक शिक्षणमा कसरी प्रविधिको प्रयोग गर्न सक्छन्  भन्ने विषयमा प्रविधिमैत्री शिक्षक समाज मोरङले भर्चुअल तालिम सञ्चालन गरेको  छ । सामाजिक विकास मन्त्रालय प्रदेश १ को समन्वयमा छनोट भएका १ सय बिद्यालयका शिक्षकहरुको सहभागितामा तालिम संचालन गरिएको हो । बिगत पाँच दिनदेखि सञ्चालन भइरहेको भर्चुअल कक्षा (तालिम) को संयोजन प्रविधिमैत्री समाज... पुरा पढ्नुहोस

यस्ता छन् कोरोना नियन्त्रण एवम् जनतालाई राहतका लागि धनकुटाका स्थानीय तहहरुले गरेका काम

धनकुटा । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणलाई रोक्न धनकुटाका स्थानीय तहहरुले गरेका काम कारबाही सार्वजनिक गरिएको छ । नगरपालिकाका प्रमुख र गाउँपालिकाका अध्यक्षहरुले कोरोना भाइरस संक्रमणबाट सृजना भएको विषम परिस्थिति र अहिलेसम्म स्थानीय तहहरुले गरेका कार्यहरुको विवरण सार्वजनिक गरेका हुन् । लकडाउनको कारण मारमा परेका दैनिक ज्यालादारीमा काम गर्ने... पुरा पढ्नुहोस

बेच्न ल्याएका पशुहरु बस्तीनजिकै बाँधिएपछि गाउँ नै त्रसित, हटाउन बेलबारीका स्थानीयबासीको माग

केशु विरही, बेलबारी, माेरङ/ काेराेनाकाे त्रास फैलिरहेकाे बेलामा लकडाउनका कारण यातायात सेवा थप्प भएर हटियामा बिक्री गर्न ल्याएका पशु चाैपायाहरु गाउँ नजिकै ल्यईर बाँधिए पछि स्थानीयहरु त्रसित भएका छन् । पशु तथा तिनलाई चाकर गर्न बसेका अपरिचिन मानिसदेखि स्थानीयहरु त्रसित भएका छन् । काेराेनाका कारण देसैभर लगाईएकाे फागुन ११ गतेदेखि... पुरा पढ्नुहोस

उपचार गर्ने पैसा नभएर १२ बर्ष अघिदेखि थला परेका बिरामीको उद्धार गर्‍यो नोबेल अस्पतालले

नोबेल शिक्षण अस्पतालका सञ्चालक डा.सुनिल शर्माले उपचार गर्ने पैसा नभएर १२ बर्ष अघिदेखि थला परेका बिरामीलाई झापाबाट उद्धार गरेका छन् । झापाको बुद्धशान्ति गाउँपालिका–४ जुनेलीबस्तीका ३१ बर्षीय हस्तबहादुर दर्जीलाई सोमबार उद्धार गरेर उपचारका लागि नोबेल अस्पताल ल्याइएको हो । २०६४ सालमा रुखबाट लडेर मेरुदण्ड भाचिएपछि दर्जीको कम्मर भन्दा मुनिको भाग... पुरा पढ्नुहोस

मोरङमा ‘प्रहरीकाे साथी म’ कार्यक्रम संचालनमा, बेलबारीका ११ वडामै समितिहरु गठन

 बेलबारी, माेरङ/ काेराेनाले विश्वलाई नै आक्रान्त बनाईरहेकाे बेलामा काेराेना राेग तथा अन्य विपदकाे समयमा समेत सहयाेगी भूमिका निभाउने गरी बेलबारी नगरपालिकामा सामुदायिक साझेदारी अन्तरगत "प्रहरीकाे साथी म" कार्यक्रम संचालनमा आएकाे छ । आईतबार बेलबारी नगरपालिका -१, स्थित तमु बौद्ध गुम्बामा बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीले "प्रहरीकाे साथी म" लेखिएकाे टि... पुरा पढ्नुहोस

स्वास्थ्य मन्त्रीले निर्वाचन क्षेत्रमा पठाए स्वास्थ्य सामग्री, युवा संघले बेलबारीमा दियो पीपिई

स्वास्थ्य मन्त्री भानुभक्त ढकालले आफुले चुनाव जितेको निर्वाचन क्षेत्रमा स्थानीय तहमार्फत स्वास्थ्य सामाग्री र राहत पठाएका छन् । मोरङ क्षेत्र नम्बर ३ का चार वटा स्थानिय तहलाई ढकालले स्वास्थ्य सामाग्री सहित प्रत्येक स्थानीय तहमा २५ हजारका दरले रकम पठाएका हुन । मोरङका सुन्दरहरैचा, बेलबारी, पथरीशनिश्चरे नगरपालिका र कानेपोखरी गाउंँपालिकालाई शुक्रबार... पुरा पढ्नुहोस

सूर्यवहादुर थापा प्रतिष्ठानले धनकुटेलीहरुको लागि दियो पीपीइसहितका स्वास्थ्य सामग्री

कोरोना भाईरसबाट फैलन नदिन धनकुटा जिल्लाका विभिन्न स्वास्थ्य संस्थाहरुका लागि सूर्य वहादुर थापा प्रतिष्ठानले विभिन्न स्वास्थ्य सामाग्रीहरु प्रदान गरेको छ । सूर्य वहादुर थापा प्रतिष्ठानका अध्यक्ष पूर्व मन्त्री  सुनिल वहादुर थापाले  एयर डाईनेष्टिको हेलिकप्टरबाट धनकुटा जिल्लामा कोरोना भाइरस फैलन नदिई बच्नका लागि धनकुटाका विभिन्न स्वास्थ्य संस्थाहरुको लागि स्वास्थ्य समाग्री उपलब्ध... पुरा पढ्नुहोस

इटहरी उपमहानगरको प्रकोप ब्यवस्थापन कोषमा ब्यबशायीबाट थपियो १५ लाख बढी

इटहरी उपमहानगरले स्थापना गरेको प्रकोप ब्यवस्थापन कोषमा  विभिन्न दाताहरुले १५ लाखभन्दा बढी सहयोगको घोषणा गरेका छन्  । उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीका अनुसार भाटभटेनी सुपरमार्केट इटहरीका तर्फवाट संचालक मिन वहादुर गुरुडले पाँच लाख सहयोग गर्ने घोषणा गरेका छन्  । यसैगरि टाटा सिप्रदी इटहरीले तीन लाख, प्रिमा ग्याँसको तर्फवाट शिव घिमिरेले दुईलाख,... पुरा पढ्नुहोस

इटहरीमा वाइफाई र सीसी क्यामेरा सहितको क्वारेण्टाइन

इटहरी उपमहानगरले जनता क्यामपस इटहरीमा निर्माण गरेको क्वारेण्टाइन वाइफाई र सिसीक्यामेरा सहित सवै मापदण्ड पूरा भएको हुने भएको छ । क्वारेण्टाइनको हिजो सुनसरीका प्रमुख जिल्ला अधिकारी,प्रहरी प्रमुख,जनस्वास्थ्य प्रमुख र नेपाली सेना सहितको टोलीले अनुगमन गर्नुभयो । इटहरीका नगरप्रमुख,उपप्रमुख समेतको उपस्थितिमा भएको अनुगमनमा प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले सिसी क्यामेरा जडान... पुरा पढ्नुहोस