खबर
सुरुङ्गामा नोबेलको स्वास्थ्य शिविर, हजारभन्दा बढी बिरामीको नि:शुल्क उपचार
- 2 बर्ष, 8 महिना अगाडि
- २६ फाल्गुन २०७८, बिहीबार
झापाको कनकाई नगरपालिका–३ सुरुङ्गामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ । कनकाई नगरपालिकासँग सहकार्य गरेर विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले दुई दिने शिविर सञ्चालन गरेको हो । कनकाई माध्यमिक विद्यालयमा सञ्चालन भएको शिविरको पहिलो दिन मंगलबार १ हजार ५३ जना बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । उपचारका लागि शिविरमा आएका... पुरा पढ्नुहोस
गढीमा नोबेलको निःशुल्क स्वास्थ्य शिविर
- 2 बर्ष, 8 महिना अगाडि
- २३ फाल्गुन २०७८, सोमबार
सुनसरीको गढी गाउँपालिकामा शुक्रबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । गढी–२ स्थित सि.जि. फुड्स इन्डस्ट्रिज प्रा.लि.सँग सहकार्य गरेर विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले एक दिने शिविर सञ्चालन गरेको हो । इन्डस्ट्रिज प्रा.लि.को प्राङ्गणमा सञ्चालित शिविरमा ७ सय ५३ जना बिरामीको लाभान्वित भएका छन् । उपचारका लागि शिविरमा आएका १ सय... पुरा पढ्नुहोस
पनौती र पशुपतिमा निःशुल्क स्वास्थ्य शिविर, दुई हजार बिरामीको जाँच तथा उपचार
- 2 बर्ष, 8 महिना अगाडि
- १९ फाल्गुन २०७८, बिहीबार
काभ्रेको पनौती नगरपालिका–६ नमोबुद्धरोडमा र पशुपति मन्दिर क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । काठमाडौं मेडिकल कलेज र ज्योती मिर्मिरे सामुदायिक बचत तथा ऋण सहकारी संस्था पनौतीको सहकार्यमा बिहीबार एक दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । सहकारीको भवनमा गरिएको शिविरमा १११३ जना बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको... पुरा पढ्नुहोस
नि:शुल्क स्वास्थ्य शिविरबाट लाभान्वित भए दुवाकोट र नक्खुका बासिन्दा पनि
- 2 बर्ष, 8 महिना अगाडि
- १६ फाल्गुन २०७८, सोमबार
भक्तपुरको दुवाकोट अस्पताल र ललितपुर–४ स्थित नख्खुमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ । भ क्तपुरमा आइतवार र ललितपुरमा बिहीबार केएमसीले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो । शिविरमा ५ सय ६३ जना बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । १ सय ४३... पुरा पढ्नुहोस
बेलकोटगढीमा केएमसीले गर्यो निःशुल्क स्वास्थ्य शिविर, हजारभन्दा बढीको जाँच तथा उपचार
- 2 बर्ष, 8 महिना अगाडि
- ११ फाल्गुन २०७८, बुधबार
नुवाकोटमा बुधबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । काठमाडौं मेडिकल कलेज र हाम्रो मदानपुर युवा क्लव बेलकोटगढी नगरपालिका–१२ को सहकार्यमा एक दिने निःशुल्क शिविर सञ्चालन गरिएको हो । भृकुटी माध्यमिक विद्यालय बेलकोटगढीमा भएको शिविरमा १ हजार १ सय ३ जना बिरामीको निःशुल्क उपचार गरिएको छ । शिविरमा २ सय... पुरा पढ्नुहोस
खाँडादेवीमा केएमसीको स्वास्थ्य शिविर, दुई हजार विरामीको नि:शुल्क जाँच तथा उपचार
- 2 बर्ष, 9 महिना अगाडि
- २६ माघ २०७८, बुधबार
रामेछापको खाँडादेवी गाउँपालिका ९ पिङ्खुरीमा भएको निःशुल्क स्वास्थ्य शिविरमा दुई हजार भन्दा बढी बिरामीले स्वास्थ्य जाँच तथा उपचार गराएका छन् । काठमाडौं मेडिकल कलेज र खाँडादेवी गाउँपालिका ९ नं. वडा कार्यालयको सहकार्यमा मानेडाँडा माध्यमिक विद्यालयमा भएको दुई दिने शिविरको पहिलो दिन ९५३ जना विरामीको निःशुल्क उपचार गरिएको थियो । पहिलो दिन... पुरा पढ्नुहोस
केएमसीमा बन्यो नेपालको सबैभन्दा ठूलो र सस्तो आइसीयू सेन्टर
- 2 बर्ष, 9 महिना अगाडि
- २१ माघ २०७८, शुक्रबार
सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज नेपालको सबैभन्दा ठूलो सघन उपचार कक्ष (आइसीयू) भएको अस्पताल बनेको छ । केएमसीले मंगलबार एक कार्यक्रम गरी १ सय ६८ बेड क्षमताको आइसीयू कक्षको औपचारिक उद्घाटन गरेको हो । केएमसीका प्रमुख सल्लाहकार डा. केपी शर्मा र अस्पताल निर्देशक डा.सुमन श्रेष्ठले रिबन काटेर आइसीयू सेन्टरको उद्घाटन गरेका... पुरा पढ्नुहोस
सहयोगी समाज झापालाई नोबेल सञ्चालक डा. शर्माले दिए एम्बुलेन्स
- 2 बर्ष, 9 महिना अगाडि
- १६ माघ २०७८, आईतवार
विराटनगरस्थित नोबेल शिक्षण अस्पतालका सञ्चालक एवं समाजसेवी डा.सुनिल शर्माले झापाको विर्तामोड १० स्थित सहयोगी समाजलाई एम्बुलेन्स प्रदान गरेका छन् । डा.शर्माले नोबेल अस्पतालको तर्फबाट करिब १२ लाख मुल्य पर्ने एम्बुलेन्स निःशुल्क प्रदान गरेका हुन् । विर्तामोडमा शनिवार एक कार्यक्रमबीच एम्बुलेन्स हस्तान्तरण गरिएको छ । कार्यक्रममा नोबेल अस्पतालका प्रवन्धक नारायण दाहालले... पुरा पढ्नुहोस
त्रिवेणी घाटमा सुरुभो एक महिने निःशुल्क स्वास्थ्य शिविर
- 2 बर्ष, 9 महिना अगाडि
- १२ माघ २०७८, बुधबार
काभ्रेको पनौतीमा एक महिने निःशुल्क स्वास्थ्य शिविर सुरु भएको छ । पनौतीमा लाग्ने ऐतिहासिक १२ बर्षे मकर मेलाको अवसर पारेर सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले शिविर सञ्चालन गरेको हो । पनौती नगरपालिका वडा नं. ६, ७ र ९ को संगमस्थल त्रिवेणी घाटमा एक महिनासम्म मकर मेला लाग्ने गर्छ । सोही मेलालाई... पुरा पढ्नुहोस
साली नदीमा केएमसीले सुरु गर्यो एक महिने निःशुल्क स्वास्थ्य शिविर
- 2 बर्ष, 9 महिना अगाडि
- ९ माघ २०७८, आईतवार
काठमाडौंको शंकरापुर नगरपालिका ७ स्थित साली नदीमा एक महिने निःशुल्क स्वास्थ्य शिविर सुरु भएको छ । श्रीस्वस्थानी ब्रत लिनेहरुलाई लक्षित गरी काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले आइतवारवाट शिविर सुरु गरेको हो । साली नदीमा श्रीस्वस्थानी ब्रत लिनेहरुको घुँइचो लाग्ने गरेको छ । ब्रतालुहरुलाई लक्षित गर्दै सुरु भएको निःशुल्क स्वास्थ्य शिविर... पुरा पढ्नुहोस