खबर

जातजातिको मौलिक संस्कार र संस्कृति प्रर्बद्धन गर्न बेलबारीमा तीनदिने प्रर्दशनी हुँदै

आदिबासी जनजाति मौलिक संस्कार संस्कृतिको संरक्षण तथा प्रर्बद्धन गर्ने उद्धेश्यले मोरङको बेलबारीमा तीनदिने प्रर्दशनी गरिने भएको छ । नेपाल आदिबासी जनजाति महासंघ नगर समन्वय परिषद बेलबारीको आयोजनामा प्रर्दशनी कार्यक्रम आयोजना गरिने भएको हो । बैशाख २५ गतेदेखि २७ गतेसम्म बेलबारीस्थित नेपाल तमु बुद्धिष्ट गुम्बामा आयोजना हुने प्रर्दशनीमा राष्ट्रिय तथा स्थानीय... पुरा पढ्नुहोस

पुर्वेली लोक दोहोरी गीत ‘सोल्टीनी’ सार्वजनिक (भिडियो सहित)

दुर्गम गाउँमा रहेर नेपाली कला र संस्कृतिको संरक्षण र प्रबर्द्धनमा कृयाशील अदृश्य कला केन्द्र खोटाङको प्रस्तुतिमा कुबेर राइको दोस्रो पुर्वेली लोक दोहोरी गीत 'सोल्टीनी' सार्वजनिक भएको छ । भबिन्द्र राइले रचना गरेको गीतमा कुबेर राई र सुनिता थेगिमले स्वर दिएका छन् । युट्युब च्यानल 'तुवाचुङ टीभी' मार्फत सो गीत सार्वजनिक... पुरा पढ्नुहोस

बेलबारी आइडलको पहिलो चरणका दुई अडिसन सम्पन्न, ११ जना छनौट

पहिलोपटक आयोजित बेलबारी आइडलको पहिलो चरणका दुई छुट्टाछुट्टै अडिसन कार्यक्रम सम्पन्न भएका छन्  । बुधबार  बिहान र दिउँसो भएको पहिलो अडिसनमा बेलबारी ५ र ६ बाट चार जना प्रतिभाहरू छनौट भएका छन् भने दिउँसोको अडिसनबाट ७ जना छनौट भएका छन् । बुधबार बिहान बेलबारी ६ स्थित सोमबारेमा भएको पहिलो अडिसन... पुरा पढ्नुहोस

एक्ली देशमायाको लागि निर्माण गरिएको घर हस्तान्तरण, आम्दानी र खर्च पनि सार्वजनिक

मोरङको बेलबारी २ की बेसहरा देशमाया राईको लागि   ५ लाखभन्दा बढीको लागतमा स्थानीयबासीको पहलमा निर्माण गरिएको घर एक कार्यक्रमबिच हस्तान्तरण गरिएको छ । बर्षौंदेखि मागेको भरमा गुजारा चलाउँदै आएकी एक्ली देशमायालाई वडा सदस्य खिनामाया थापालगायतको  अगुवाइमा ३ कोठाको १ तले घर निर्माण गरी सोमबार हस्तान्तरण गरिएको हो । हस्तान्तरण कार्यक्रममा... पुरा पढ्नुहोस

केराबारीस्थित मच्छिन्द्र माविको ६२ औं बार्षिकोत्सव सम्पन्न, ३० जनाले गरे रक्तदान

मोरङको केराबारी गाउँपालिका ८ स्थित मच्छिन्द्र माध्यमिक विद्यालयको ६२ औं बार्षिकोत्सव तथा अभिभावक दिवस विभिन्न कार्यक्रमका साथ मनाइएको छ । विद्यालयको आफ्नै प्राङ्गणमा सोमबार औपचारिक कार्यक्रम गरी बार्षिकोत्सब मनाइएको हो । विद्यालय ब्यबस्थापन समिति अध्यक्ष रोहितकुमार कटुवालको सभापतित्वमा भएको कार्यक्रममा केराबारी गाउँपालिका अध्यक्ष रोहितबहादुर कार्की प्रमुख अतिथि थिए । कार्यक्रममा... पुरा पढ्नुहोस

केराबारी गाउँपालिकाको दोस्रो सार्वजनिक सुनुवाइ सम्पन्न, जनताका थुप्रै गुनासा

केराबारी गाउँपालिकाले आर्थिक बर्ष २०७५/ ०७६ को दोस्रो चौमासिक सार्वजनिक सुनुवाइ गरेको छ । केराबारी ६ साबिक याङ्शिलास्थित फिलिप नयाँ करार बत्तीस मण्डली (चर्च) मा भएको सार्वजनिक सुनुवाइमा केराबारी ६ का स्थानीय बासिन्दाहरुको उल्लेख्य उपस्थिति थियो । सार्वजनिक सुनुवाइमा केराबारी गाउँपालिकाका प्रमुख प्रसाशकीय अधिकृत पुण्यप्रसाद पौडेलले गत मंसिरदेखि चैत मसान्तसम्मको... पुरा पढ्नुहोस

बित्थामा आफ्नो बदनाम गर्न खोजिएको भन्दै प्रतिबादमा उत्रिए बेलबारी ६ का वडाध्यक्ष

मोरङको बेलबारी ६ कसेनीकी २७ बर्षिया सिर्जना राई (मुना) को मृत्युको बिषयलाइ लिएर आफुलाइ बदनाम गर्न खोजिएको भन्दै बेलबारी नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष उदयवहादुर राईले बिज्ञप्ति निकालेर प्रतिबाद गरेका छन् । बिज्ञप्तिमा राइले सिर्जनाको गत वैशाख ५ गते  विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको र डाक्टर... पुरा पढ्नुहोस

कसेनीमा बन्नेभो कैलासेश्वर धर्मशाला, बेलबारी ६ मा सामुदायिक भवनको शिलान्यास

बेलबारी नगरपालिका वडा नम्बर ५ कसेनीमा कैलासेश्वर धर्मशालाको उद्घाटन गरीएको छ । नगरपालिकाको ३ लाख ५० हजार तथा अन्य संघ संस्था तथा ब्यक्तिहरुको ९ लाख भन्दा वढी लागतमा निर्माण गरिएको धर्मशालाको एक कार्यक्रमका विच बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले उद्घाटन गरेका छन । उक्त धर्मशालाको उद्घाटन गर्दै मेयर सुवेदीले बेलबारी... पुरा पढ्नुहोस

ट्युबवेल वितरणमा अनियमितता, वितरण नै नगरेको आरोप

दिपेन्द्र यादव, सुनसरी । ट्युवेल (कल) वितरणको नाममा भोक्राहा नरसिंह गाउँपालिका ७ का वडाध्यक्ष रामचन्द्र यादवले भ्रष्टाचार गरेको स्थानीयबासीहरुले आरोप लगाएका छन् । वडा स्तरीय योजना अन्तर्गत भोक्राहा नरसिंह गाउँपालिका वार्ड नं. ७ का वडाध्यक्ष यादव र वडा सचिव ब्रहमदेव साहको मिलोमतोमा ट्युवेल (कल) वितरणको नाममा भ्रष्टाचार गरेको भोक्राहा ७ का... पुरा पढ्नुहोस

खोर्सानेमा पाँच दिने खुल्ला योग तथा मेडिटेसन शिविर शुरु

मोरङको सुन्दरहरैंचा १० स्थित सिद्धार्थ सेकेण्डरी स्कूलमा पाँच दिने खुल्ला योग तथा मेडिटेसन शिविर शुरु भएको छ । व्यक्तित्व विकास एवं स्वस्थ्य जीवन शैलीबारे जानकारी दिदै अभ्यास समेत गराउने उद्देश्यले शिविर आयोजना गरिएको हो । स्थानीय सुकुना वचत , हातेमालो बहुउश्यीय सहकारी र सिद्धार्थ स्कुलको संयुक्त आयोजनामा गरिएको शिविरमा सयजनाभन्दा बढी सहभागी छन्... पुरा पढ्नुहोस