खबर

जमरकट्टेल बंश प्रतिष्ठानको नयाँ समिति चयन

जमरकट्टेल बंश एकता प्रतिष्ठान नेपालको २३ सदस्यीय नयाँ समिति गठन भएको  छ । विराटनगर–१९ वैजनाथपुरस्थित प्रतिष्ठानको कार्यालयमा सम्पन्न ९ औं बार्षिक साधारण सभाले कुमारमणी जमरकट्टेलको अध्यक्षतामा १८ सदस्यीय केन्द्रिय कार्य समिति निर्वाचित गरेको हो । नव निर्वाचित समितिको उपाध्यक्षमा कृष्णप्रसाद, विमला, फिणिन्द्र र थिरप्रसाद जमरकट्टेल, महासचिवमा उदयप्रसाद, सचिवमा रबिन र... पुरा पढ्नुहोस

ध्वनी प्रदुषण गराएर रातभरी सुत्न नदिएको भन्दै महिलाहरुले छिमेकी विरुद्ध दिए उजुरी

गोदावरी नगरपालिका वडा नं. ३ टौखेलका पाँचजना महिलाहरुले स्थानीय राजबहादुर साह विरुद्ध ध्वनी प्रदुषण गराएर रातभरी सुत्न नदिएको भन्दै न्यायिक समितिमा उजुरी दर्ता गराएका छन् । साहले घरभित्रै  बर्कसप सञ्चालन गरेर गाडी मरमतका कामहरु समेत गर्दा आउने ध्वनी प्रदुषणलाई रोक्न छिमेकीहरुले वडा कार्यालय र स्थानीय प्रहरीलाई बारम्बार उजुरी गर्दा समेत... पुरा पढ्नुहोस

नोबेलद्वारा विराटचौकमा १ सय १६ जना बुढापाकाको मुटु जाँच तथा उपचार

विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले बिहीवार मोरङको सुन्दरहरैंचा नगरपालिका–९ स्थित विराटचौकमा मुटु तथा फोक्सो रोग शिविर सञ्चालन गरेको छ । स्थानीय जेष्ठ नागरिक एकता समाजसँगको सहकार्यमा नोबेलले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेर जेष्ठ नागरिकको मुटु तथा फोक्सो रोगको उपचार गरेको हो । शिविरमा ६० बर्ष नाघेका बृद्ध–बृद्धाको मुटु तथा फोक्सोसँग सम्बन्धित... पुरा पढ्नुहोस

जति पाहुना भए पनि अब नो टेन्सन ! बन्यो हजार जना अट्ने पार्टी भेन्यु सहितको होटल  

ए वन ग्रुपले काठमाडौंको कोटेश्वरमा १ हजार क्षमताको पार्टी भेन्यु सहितको होटल सञ्चालनमा ल्याएको छ । उपत्यकामा एवन सहित विभिन्न ब्राण्डमा ४० भन्दा बढि संख्यामा रेष्टुरेन्ट, होटेल तथा पार्टी भेन्यु सञ्चालन गर्दै आएको सो ग्रुपले असार पहिलो साताबाट होटल सञ्चालन गरेको हो । हिमालय कलेज रहेको भवन तथा जग्गालाई व्यवस्थित... पुरा पढ्नुहोस

एमालेको अर्थ विभागमा रहेका गर्भनर अधिकारी शैक्षिक रूपमा समेत अयोग्य !

राष्ट्र बैंक ऐन, २०५८ बिपरित नेकपा एमालेको अर्थ तथा योजना विभाग सदस्य रहेका गभर्नर महाप्रसाद अधिकारीको शैक्षिक योग्यतासमेत अपुग रहेको भेटिएको छ । राष्ट्र बैंक ऐनले गभर्नर हुनका लागि स्नातकोत्तर उत्तिर्ण हुनुपर्ने अनिवार्य सर्त राखेको छ । तर, गभर्नर अधिकारीले अर्थ मन्त्रालयमा गत बैशाखमा बुझाएको व्यक्तिगत बिबरण (बायोडाटा) मा स्नातक... पुरा पढ्नुहोस

खेलाडीहरुलाई पाँच बर्षसम्म निःशुल्क उपचार सेवा दिँदै नोबेल र केएमसी

विराटनगरस्थित नोबेल शिक्षण अस्पताल र सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले ओलम्पिक, साफ र एशियन खेलकुदमा सहभागी नेपाली खेलाडीलाई पाँच बर्षसम्म निःशुल्क उपचार गर्ने भएका छन् । ओलम्पिकमा सहभागी नेपाल भरका सबै खेलाडी तथा साफ र एशियन खेलकुदमा सहभागि प्रदेश १ का खेलाडीहरुले निःशुल्क उपचार पाउने भएका हुन् । खेलाडीका परिवारका सदस्यलाई... पुरा पढ्नुहोस

दोस्रो पुस्तकालय सम्मेलन हुँदै, ९ सय २८ मध्ये २ सय २७ पुस्तकालय मात्रै संचालनमा

देशभरका ६ सय ८१ पुस्तकालय बन्द भएको पाइएको छ । वि.स. १९७४ देखि हालसम्म खुलेका ९ सय २८ पुस्तकालय मध्ये राम्रोसँग सञ्चालन भइरहेका पुस्तकालयको संख्या घटेर जम्मा २ सय २७ मात्रै पुगेको हो । केही भने जेनतेन चलिरहेका छन्  ।        रिड नेपाल र शान्ति भोलुन्टियर एसोसिएसनको सहकार्यमा शिक्षा... पुरा पढ्नुहोस

विश्व रक्तदाता दिवसको अवसरमा केएमसीमा रक्तदान, ४४ प्रिन्ट रगत संकलन

भक्तपुरको दुवाकोटस्थित केएमसी सामुदायिक अस्पतालमा रक्तदान कार्यक्रम गरिएको छ । अस्पताल र रेडक्रस उपशाखा दुवाकोटले विश्व रक्तदाता दिवसको अवसर पारेर संयुक्त रुपमा रक्तदान कार्यक्रम गरेका हुन् । रक्तदानवाट ४४ पिन्ट रगत संकलन भएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए । उनका अनुसार विद्यार्थी, डाक्टर, नर्श र स्थानीय सर्वसाधरणले रक्तदान... पुरा पढ्नुहोस

बिदुर र गोठाटारमा केएमसीले गर्यो निःशुल्क स्वास्थ्य शिविर

  कागेश्वरी मनोहरा नगरपालिका–७ स्थित गोठाटारमा आइतवार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ ।   सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज र रोटरी क्लब वानेश्वरको सहकार्यमा एकदिने स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।     स्थानीय आनन्द भैरव माध्यमिक विद्यालयमा सञ्चालित शिविरमा ९ सय २१ जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । जसमध्ये... पुरा पढ्नुहोस

केएमसीद्वारा गोकर्णेश्वरमा निःशुल्क स्वास्थ्य शिविर

काठमाडौंको गोकर्णेश्वर नगरपालिका–७ दक्षिण ढोकामा आइतवार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ । कागेश्वरी मनोहरा–६ को श्रीद बचत तथा ऋण सहकारी संस्था र काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजको सहकार्यमा एकदिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको हो । स्थानीय मनकामना माध्यमिक विद्यालयमा सञ्चालन भएको शिविरमा ८ सय ६३ जनाको निःशुल्क स्वास्थ्य... पुरा पढ्नुहोस