खबर
निर्वाचन आयोगद्वारा विवेकशील साझाको निर्णय पुनरावलोकन गर्न अस्वीकार
- 3 बर्ष, 3 महिना अगाडि
- २० पुष २०७८, मंगलवार
निर्वाचन आयोगद्वारा विवेकशील साझाका तत्कालीन संयोजक मिलन पाण्डेले दिएको उजुरी आयोगले खारेज गरिदिएको छ। विवेकशील साझा पार्टीको विधान २०७८ अद्यावधिक गरी अभिलेखीकरण गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध पाण्डेले पुनरावलोकनको लागि उजुरी दिएकोमा आयोगको पुष १२ गते बसेको बैठकले पाण्डेको विपक्षमा निर्णय गरेको हो। पाण्डेले विधान संशोधन गर्ने पार्टीको निर्णय अवैधानिक रहेको... पुरा पढ्नुहोस
सरकारी अस्पताल भन्दा पनि सस्तोमा उपचार सेवा दिन खोज्दै केएमसी
- 3 बर्ष, 3 महिना अगाडि
- १६ पुष २०७८, शुक्रबार
सरकारी क्षेत्रबाट सञ्चालित काठमाडौंको वीर अस्पतालमा बिरामीले एक दिन आइसीयूमा बस्दा बेड चार्ज दुई हजार तिर्नुपर्छ । अर्को सरकारी अस्पताल सिभिलमा पनि आईसीयू चार्ज दुई हजार नै छ । तर, निजी क्षेत्रबाट सञ्चालित काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले १ हजार ९ सय रुपैयाँमै बिरामीलाई आइसीयूमा राखेर उपचार गर्न थालेको छ... पुरा पढ्नुहोस
नोबेलका विद्यार्थीद्वारा गर्भवती पौष्टिक आहार एवम् बच्चाका खेलौनाहरुको प्रदर्शनी
- 3 बर्ष, 3 महिना अगाडि
- १६ पुष २०७८, शुक्रबार
विराटनगरस्थित नोबेल मेडिकल कलेजमा अध्ययनरत विद्यार्थीहरुले गर्भवती महिलाले खानुपर्ने पौष्टिक आहार र बच्चाले उमेर अनुसार प्रयोग गर्न उपयुक्त हुँने खेलौनाको प्रदर्शनी गरेका छन् । नोबेलको बिएसी नर्सिङ तेस्रो बर्षमा अध्ययनरत विद्यार्थीहरुले कलेज परिषरमा पौष्टिक आहार र खेलौनाको प्रदर्शनी गरेका हुन् । बिएस्सी नर्सिङ तेस्रो बर्षको पाठ्यक्रम अनुसार विद्यार्थीहरुले प्रदर्शनी गरेको... पुरा पढ्नुहोस
पनौती र कोटेश्वरमा केएमसीले गर्यो नि:शुल्क स्वास्थ्य शिविर
- 3 बर्ष, 3 महिना अगाडि
- १५ पुष २०७८, बिहीबार
काठमाडौं मेडिकल कलेजले काठमाडौं महानगरपालिका–३२ स्थित कोटेश्वरमा बुधबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । स्थानीय ग्रामर स्कूलसँग सहकार्य गरेर एक दिने शिविर सञ्चालन गरिएको हो । शिविरमा ८ सय ९२ जना विरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । १ सय ९२ जनाको भिडियो एक्सरे, १ सय ८७ जनाको रक्त... पुरा पढ्नुहोस
मोरङसुनसरी सेवा समाज नेपालको दशौँ साधारणसभा सम्पन्न, नयाँ समिति गठन
- 3 बर्ष, 3 महिना अगाडि
- १० पुष २०७८, शनिबार
लामो समयदेखि सामाजिक क्षेत्रमा अग्रणी भुमिका खेल्दै आएको संस्था मोरङसुनसरी सेवा समाज नेपालको दशौँ साधारणसभाले आगामी २ बर्षे कार्यकालको लागि नयाँ कार्यसमिति चयन गरेको छ । सुन्दरहरैंचा नगरपालिकाका नगर प्रमुख शिब प्रसाद ढकालको प्रमुख आतिथ्यतामा मोरङ सुन्दरहरैंचाको गोठगौउस्थित अगेनो रेस्टुरेन्टमा भएको साधारणसभाले टेकनाथ बरालको नेतृत्वमा १५ सदस्यीय नयाँ समिति गठन... पुरा पढ्नुहोस
बबरमहल र कटुन्जेमा केएमसीको स्वास्थ्य शिविर, दुई हजारभन्दा बढी लाभान्वित
- 3 बर्ष, 3 महिना अगाडि
- १० पुष २०७८, शनिबार
काठमाडौं मेडिकल कलेजले काठमाडौंको बबरमहल र सुर्यबिनायकमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । काठमाडौं महानगरपालिका ११ नं. वडा कार्यालय र थापाथली जनकल्याण परिवारसँग सहकार्य गरेर केएमसीले शिविर सञ्चालन गरेको हो । शिविरमा ९५५ जना विरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए । उनका अनुसार... पुरा पढ्नुहोस
कोशीटप्पुमा नोबेल र पनौतिमा केएमसीको स्वास्थ्य शिविर, दुई हजार तीन सय जना लाभान्वित
- 3 बर्ष, 4 महिना अगाडि
- ४ पुष २०७८, आईतवार
सुनसरीको बराहक्षेत्र नगरपालिका–९ स्थित कोशीटप्पुमा आइतवार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । इटहरी–४ स्थित इन्खा एकीकृत अस्पताल प्रा.लि. र बराहक्षेत्र–९ स्थित कोशिका प्राथमिक विद्यालयसँग सहकार्य गरेर विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले एक दिने शिविर सञ्चालन गरेको हो । शिविरमा १ हजार ३ सय २१ विरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ... पुरा पढ्नुहोस
एकैदिन दुई ठाउँमा केएमसीको स्वास्थ्य शिविर, २४ सय विरामीको जाँच तथा उपचार
- 3 बर्ष, 4 महिना अगाडि
- २७ मंसिर २०७८, सोमबार
आइतवार काठमाडौंका दुई स्थानमा काठमाडौं मेडिकल कलेजले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । स्थानीय संघ–सस्थाहरुसँग सहकार्य गरेर केएमसीले काठमाडौं महानगरपालिका–२९ बागबजार र कागेश्वरी मनोहरा नगरपालिका–७ स्थित कभर्ड हलमा स्वास्थ्य शिविर सञ्चालन गरेको हो । बाघबजारमा पध्मकन्या बहुमुखी क्याम्पससँग सहकार्य गरेर क्याम्पस परिषरमा शिविर सञ्चालन गरिएको हो भने कागेश्वरीमा कागेश्वरी... पुरा पढ्नुहोस
वालवालिकाको उपचार एवम् अप्रेशनका लागि पनि अब्बल बन्दै केएमसी
- 3 बर्ष, 4 महिना अगाडि
- २५ मंसिर २०७८, शनिबार
सिनामंगलस्थित काठमाडौंं मेडिकल कलेज वालवालिकाको शल्यक्रिया सेवामा पनि अब्बल बन्दै गएको छ । नेपालकै उत्कृष्ट वाल शल्य चिकित्सकबाट जटिल एवं दुर्लभ शल्यक्रिया सफलतापूर्वक गरेर केएमसीले वालवालिकाको शल्यक्रिया सेवामा आफ्नो अब्बलता प्रदर्शन गर्दै गएको हो । केएमसीमा नेपालकै पहिलो एमसीएच वाल शल्य चिकित्सक छन् । भारतको भेलोरस्थित क्रिस्चियन मेडिकल कलेजमा पढेर... पुरा पढ्नुहोस
धुलिखेलमा केएमसीको स्वास्थ्य शिविर, हजारभन्दा बढीको नि:शुल्क जाँच तथा उपचार
- 3 बर्ष, 4 महिना अगाडि
- २५ मंसिर २०७८, शनिबार
सिनामंगलस्थित काठमाडौंं मेडिकल कलेजले काभ्रेको धुलिखेलमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । धुलिखेल नगरपालिका २ नं. वडा कार्यालय, धुलिखेल नगरपालिका स्वास्थ्य शाखा, सारथी फाउण्डेशन र सारथी बहुउद्देश्यीय सहकारी संस्थासँग सहकार्य गरेर एक दिने शिविर सञ्चालन गरिएको हो । स्थानीय सेतीदेवी माध्यमिक विद्यालयमा आयोजित शिविरमा १ हजार १ सय ६५... पुरा पढ्नुहोस