खबर

लक्ष्मीमार्गमा शुरुभो एन प्याब्सन स्पाेर्ट्स मिट २०७५, मन्त्री कार्कीद्वारा उद्घाटन

केशु विरही, बेलबारी, माेरङ/ निजी तथा आवासीय विद्यालयहरुकाे संगठन एन प्याब्सन माेरङले आयाेजना गरेकाे जिल्ला स्तरीय स्पाेर्टस मिट २०७५ बिहीबारबाट सुरु भएकाे छ । बेलबारी नगरपालिका वार्ड नं ११ मा रहेकाे लक्ष्मी खेलमैदानमा संचालन भैरहेकाे दुईदिने प्रतियाेगिताकाे बिहीबार एक कार्यक्रमविच प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत... पुरा पढ्नुहोस

बेलबारीमा सूचनाकाे हक सम्वन्धी अन्तरक्रिया, सहभागिता भने अति न्यून

केशु विरही, बेलबारी, माेरङ / नगरबासीलाई सूचनाकाे हक छिटाे र प्रभावकारी ढङ्गबाट पुर्याउने अभिप्रायका साथ  बेलबारी नगरपालिकामा एकदिने सूचनाकाे हक तथा खुल्ला तथ्याङ्क सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकाे छ । बेलबारी नगरपालिकाकाे हलमा बुधबार सम्पन्न गाेष्ठीमा नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदी, प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद दाहाल लगायत नगरकार्यपालिका सदस्यहरु, राजनैतिक पार्टी,... पुरा पढ्नुहोस

पहिलोपटक आफ्नै नगर प्रहरीको ब्यबस्था गर्यो बेलबारी नगरपालिकाले

बजार ब्यबस्थापन, अनुगमन तथा सडक अतिक्रम लगायतका काममा सहयोग गर्न बेलबारी नगरपालिकाले पहिलोपटक नगर प्रहरीको ब्यबस्था गरेको छ । केही बर्षदेखि नगरपालिका भवनपरिसरको सुरक्षाका लागि सेक्युरिटी कम्पनीका सेक्युरिटी गार्डको मात्रै ब्यबस्था गरेको नगरपालिकाले २०७५ पुसदेखि नगर प्रहरीको समेत ब्यबस्था गरेको हो । बेलबारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश दाहालले दिनुभएको... पुरा पढ्नुहोस

केराबारीमा बलात्कार र हिंसा बिरोधी अभियान, आत्मरक्षा तालिम लिदै युवतीहरु

महिला तथा बाल वालिकामाथि हिंसा र बलात्कारका घटना बढिरहेका बेला मोरङको केराबारीमा महिला हिंसा विरुद्ध आत्मरक्षा तालिम शुरु गरिएको छ । “महिला हिंसा विरुद्ध हाम्रो संकल्प, खेलकुदमा महिला सहभागिता उत्तम विकल्प” भन्ने नाराका साथ माघ २८ देखि आयोजित प्रथम केराबारी खेलकुद महोत्सवको अबसरमा महिला तथा बालिकाहरुलाई तालिम दिन थालिएको हो । ... पुरा पढ्नुहोस

सलकपुर खानेपानीको अध्यक्षमा काङ्ग्रेसका उम्मेदवार बिजयी

सलकपुर साना शहरी खानेपानी उपभोक्ता समतिको १३ औ साधारणसभाबाट अध्यक्षमा काङ्ग्रेसका उम्मेदवार  गजेन्द्र भट्टराई निर्वाचित भएका छन्  । सुन्दरहरैचा नगरपालिका वडा नं ८ मा रहेको खानेपानीको कार्यलयमा सोमबार भएको निर्वाचनबाट  भट्टराई निर्वाचित भएका हुन्  । सुन्दरहरैचा नगरपालिकाको वडा नं ७, ८, ९ र ११ का  जनतालाई  खानेपानी प्रदान गर्दै आएको संस्थामा... पुरा पढ्नुहोस

चारकोशे झाडीको खोला बगरमा बस्छन् वृद्धवृद्धा, भन्छन् ‘कुन दिन हात्तीले मार्छ होला’

नौ सन्तान भएपनि छोराछोरीको हेलाका कारण एक वृद्ध दम्पत्ति लामो समयदेखि  मोरङको बेलबारी १० र ११ वडाको सिमानामा रहेको खोला किनारामा बेसहरा जीवन बिताउन बाध्य भएका छन्  । उदयपुरको गाईघाटमा डेढ बिगाह जमिनका मालिक र ९ सन्तानका मातापिता भक्तमाया र चेत प्रसाद पोख्रेल सन्तानले नहेरेपछि यतिबेला खोलाको किनारामा कष्टपुर्ण जिवन... पुरा पढ्नुहोस

आठराईमा मुलुकी देवानी संहिताबारे अभिमुखीकरण कार्यक्रम सम्पन्न

तुलसी राम धमला, तेह्रथुम / तेह्रथुमको आठराईमा मुलुकी देवानी संहिता बिषयक १ दिने अभिमुखीकरण कार्यक्रम  सम्पन्न भएको छ । आठराई गाउँपालिका वडा न ७ थाेक्लुङ्गकाे सामुदायिक भवनकाे हलमा आयाेजित कार्यक्रममा मानव अधिकार , देवानी एेेन  ,फाैजदारी सम्बन्धि व्यवस्था , संम्वन्ध बिच्छेद संम्बन्धि कानुनी व्यवस्था लगायतका बिषयमा छलफल भएकाे छ । वडान:... पुरा पढ्नुहोस

विभिन्न शैक्षिक तथा सांस्कृतिक कार्यक्रम गरी श्रीपन्चमी मनाए उत्तरी मोरङका स्कुलहरुले

मणिराम दाहाल, बिराटचोक, मोरङ  सुन्दरहरैँचा र बेलबारीका विभिन्न निजी तथा सामुदायिक विद्यालयहरुले सरस्वती पुजाको अवसरमा विभिन्न शैक्षिक तथा सांस्कृतिक कार्यक्रमहरु गरेका छन्  । सरस्वती पुजाको अवसरमै सुन्दरहरैँचाको खोर्सानेमा रहेको सिद्धार्थ बोर्डिङ  स्कुलले विद्यार्थीहरुको प्रतिभा प्रस्फुटनको लाागि सिद्धार्थ नृत्य तथा गायन प्रतियोगिता तथा १ देखी १२ सम्मका विधार्थीहरुका नृत्य तथा गायन र नाटक... पुरा पढ्नुहोस

७५ भन्दा बढी विद्यार्थीलाई खाना खुवाउंदै जन्मदिन मनाए निकेशले

पछिल्ला समय आफनो जन्म दिन समेत घरमा मनाउन छाडिएको छ । नेतादेखि  जनतासम्मले महंगा महंगा होटलमा मनाउदै आएको जन्म दिन सामाजिक काम गरेर मनाउन थालेका छन्  । बेलबारी ३ का युवा निकेश प्रसाईले आफनो जन्म दिन गरिव तथा असाय वालवालिकासंग खुसी साटेर मनाएका छन् । अर्कीट नेपाल नामक सस्थाको सहयोगमा... पुरा पढ्नुहोस

खोर्सानेस्थित बालप्रतिभा बोर्डिङकाे २५ औं अभिभावक दिवस सम्पन्न

केशु विरही, सुन्दरहरैचा, माेरङ/ सुन्दरहरैंचा, माेरङमा रहेकाे बालप्रतिभा ई. स्कुलले  आइतबार एक  कार्यक्रमविच  २५ औं अभिभावक दिवस सम्पन्न गरेकाे छ । २०५१ सालामा स्थापना भएर गुणस्तरीय शिक्षा प्रदान गर्दै आएकाे यस विद्यालयले  विविध कार्यक्रमविच अाफ्नाे २५ औं  अभिभावक दिवस सम्पन्न गरेकाे हाे । अभिभावक दिवसकाे उद्घाटन प्रदेशसभा सांसद राजकुमार ओझाले... पुरा पढ्नुहोस