खबर
जन्मदिनको अवसरमा २५ हजारको शैक्षिक सामग्री तथा विद्यालय पोशाक बितरण
- 5 बर्ष, 9 महिना अगाडि
- २४ माघ २०७५, बिहीबार
बेलबारी, मोरङ / बेलबारी नगरपालिका वडा नं. ५ मा रहेकोे सखुवाटोली युवा समाजको सहयोगमा सो संस्थाका अध्यक्ष मुकेश पौडेलले आफ्नो २३ औं जन्मदिनको अवसरमा माघ एक विद्यालयमा शैक्षिक सामाग्री तथा विद्यालय पोशाक वितरण गरेका छन् । बेलबारी वडा नं. ५ मा रहेको धनपाल माध्यमिक विद्यालयमा सखुवाटोली युवा समाजको सहयोगमा उक्त... पुरा पढ्नुहोस
तीनवटा वडामा स्वास्थ्य चौकी स्थापना गर्नेभो बेलबारी नगरपालिकाले
- 5 बर्ष, 9 महिना अगाडि
- २४ माघ २०७५, बिहीबार
स्वास्थ्यलाई पहिलो प्राथमिकता दिएका बेलबारी नगरपालिकाले ३ वडामा स्वास्थ्य चौकी स्थापना गर्ने भएको छ । आम नागरिकको स्वास्थ्यको पहुँच नपुगेका वडा नम्बर ४, ११ र ८ नम्बर वडामा स्वास्थ्य चौकीहरु स्थापना गर्न लागेको हो । नगरवासी कसैले पनि रोगले थला पर्नु नपरोस् भनेर स्वास्थ्य चौकीहरु स्थापना गर्न लागिएको मेयर ज्ञानेन्द्र... पुरा पढ्नुहोस
खोटाङमा बांदर समात्ने अभियान शुरु, एउटा बांदर समाएको २ हजार रुपैयाँ दिइंदै
- 5 बर्ष, 9 महिना अगाडि
- २३ माघ २०७५, बुधबार
बाँदरले किसानलाई हैरान पारेपछि खोटाङमा बाँदर नियन्त्रण तथा व्यवस्थापन अभियान शुरु गरिएको छ । बाँदर नियन्त्रण तथा व्यवस्थापन समिति नै बनाएर खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाबाट ‘बाँदर समाउ अभियान’ शुरु गरिएको हो । बाँदर नियन्त्रणका लागि भारतबाट पेसेवरी सिकारी नैै ल्याइएको छ । बाँदरलाई खोर र जाल थापेर समात्न भारत... पुरा पढ्नुहोस
सुकुना क्याम्पसमा अखिलको रक्तदान, १ सय १० प्रिण्ट रगत संकलन
- 5 बर्ष, 9 महिना अगाडि
- २३ माघ २०७५, बुधबार
'रक्तदान नै जिवनदान' भन्ने मुल नाराका साथ अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन सुकुना बहुमुखी क्याम्पस कमिटीले गरेको रक्तदान कार्यक्रममा १ सय १० जनाले रक्तदान गरेका छन् । सुकुना बहुमुखी क्याम्पसमा भएको खुल्ला रक्तदान कार्यक्रममा रक्तदान गर्ने मानिसहरुको ओइरो लागेको हो । सुकुना क्याम्पसका पुर्व स्ववियु सभापति तथा हालका प्रदेश सांसद... पुरा पढ्नुहोस
क्यान्सर पीडित मिश्रा बिकको उपचारका लागि एकजुट भए केराबारीका बासिन्दा
- 5 बर्ष, 9 महिना अगाडि
- २३ माघ २०७५, बुधबार
केशु विरही, केराबारी, माेरङ/ गरिवीका कारण उपचारमा समस्या आएपछि केराबारीकी मिश्रा विस्वकर्माकाेे उपचारका लागि खर्च जुटाउन स्थानीय युवाहरु एकजुट भएका छन् । लामाे समयदेखि घाटीकाे क्यान्सरबाट पिडित केराबारी गाउँलिका वार्ड नं ८ अाधारशीला टाेल निवासी गाेपाल विश्वकर्माकी पत्नी मिश्रा विश्वकर्मालाई हाल भारतकाे दिल्ली स्थित राजिव गान्धी ईन्सटिच्युट एण्ड रिसर्च सेन्टरमा... पुरा पढ्नुहोस
घरका कोठा कोठामा च्याउ खेती गर्न थाले बेलबारीका कृषकहरुले
- 5 बर्ष, 9 महिना अगाडि
- २१ माघ २०७५, सोमबार
उत्तम पोख्रेल, बेलबारी मोरङ / पछिल्लो समय च्याउ खेति तर्फ कृषकको आकर्षण वढ्दै जान थालेको छ । थोरै लगानीमा उत्पादन हुने च्याउ अहिले घरका कोठा कोठामा उत्पादन गर्न थालिएको छ । कृषकहरुले टोल टोलमा सामुहिक रुपमा खेति समेत गर्न थालेका छन् । बेलबारीका २ वटा वडाका अधिकाश घरमा अचेल च्याउको पोकाहरु... पुरा पढ्नुहोस
जनता माध्यमिक विद्यालयको ५१ औं वार्षिकोत्सव सम्पन्न
- 5 बर्ष, 9 महिना अगाडि
- २१ माघ २०७५, सोमबार
केशु विरही, बेलबारी, माेरङ/ माेरङकाे बेलबारीमा रहेकाे श्री जनता माध्यमिक विद्यालयको ५१ वार्षिकोत्सव सम्पन्न भएको छ । माग १९ गते स्वर्ण महाेत्सव २०७४ काे समापन गरेकाे विद्यालयले आइतबार दाेश्राे दिन विशेष कार्यक्रम गरेर अाफ्नाे ५१ वार्षिक उत्सव सम्पन्न गरेकाे हाे । प्रदेशसभा सदस्य राजकुमार ओझाकाे प्रमुख आतिथ्यतामा सम्पन्न साे कार्यक्रममा... पुरा पढ्नुहोस
मोरङको एक स्कुल, जहाँ ढिलो आउने शिक्षकलाइ विद्यार्थीले गेटबाटै फर्काइदिन्छन्
- 5 बर्ष, 9 महिना अगाडि
- २० माघ २०७५, आईतवार
मोरङको जहदा गाउँपालिका–१ स्थित जनता बाल आधारभूत विद्यालयका विद्यार्थीले गेटमै बसेरै निगरानी गर्न थालेपछि ढिलो आउने शिक्षकहरु सतर्क बन्न थालेका छन् । विद्यार्थीले शैक्षिक गुणस्तर सुधार अभियान शुरु गरी शिक्षकलाई अनुशासन सिकाउन थालेपछि शिक्षकहरु सतर्क बन्न थालेका हुन् । विद्यार्थीले शिक्षक र अभिभावकसहितको उपस्थितिमा शिक्षक र विद्यार्थीका लागि नियम बनाएपछि... पुरा पढ्नुहोस
विभिन्न कार्यक्रम सहित बेलबारीमा पनि मनाइयो २३ औं बिश्व सिमसार दिवस
- 5 बर्ष, 9 महिना अगाडि
- १९ माघ २०७५, शनिबार
केशु विरही, बेलबारी, माेरङ/ माेरङकाे बेलबारीमा विशेष कार्यक्रम गरेर २३ औं विश्व सिमसार दिवस मनाईएकाे छ । हालसालै गठित माेरङ सिमसार प्रवर्धन तथा संरक्षण समितिकाे आयाेजनामा बिश्व सिमसार दिवस मनाइएको हाे । बेलबारीस्थित बेतना सिमसारकाे सभाहलमा सम्पन्न उक्त कार्यक्रमकाे उद्घाटन प्रदेशसभा सांसद राजकुमार ओझाले गरेका थिए । कार्यक्रममा जिल्ला डिभिजन... पुरा पढ्नुहोस
राष्ट्रपतिले पढाएको नक्सलबारी स्थित जनता माविको ५१ औं बार्षिकोत्सव
- 5 बर्ष, 9 महिना अगाडि
- १९ माघ २०७५, शनिबार
कुनैबेला अहिलेका राष्ट्रपति विद्यादेवी भण्डारीले पढाएको बेलबारी १ मा अबस्थित जनता माध्यमिक विद्यालयको स्वर्ण महोत्सव २०७४ को समापन तथा ५१ औं बार्षिकोत्सव उद्घाटन भएको छ । ५१ औं बार्षिक उत्सव कार्यक्रमको अबसरमा शनिबार स्वर्ण महोत्सवको समापन तथा ५१ औं बार्षिकोत्सबको उद्घाटन गरिएको हो । बिक्रम सम्बत २०२४ सालमा स्थापित विद्यालयले... पुरा पढ्नुहोस