ताजा अपडेट

चर्कियो देवीझोडास्थित बुद्ध माविको प्रधानाध्यापक बिवाद, सुवेदीद्वारा प्रअबाट राजीनामा

मोरङको केराबारी ९ देवीझोडास्थित बुद्ध माबिको प्रधानाध्यापक बिवाद चर्कदै गएको छ । प्रावि दरबन्दीका शिक्षक खगेन्द्र सुवेदीलाई शिक्षा ऐन बिपरित मापदण्ड मिचेर प्रधानाध्यापक बनाइएको भन्दै स्थानीय केही युवाले सामाजिक संजाल फेसबुक मार्फत बिरोध गरेपछि शुरु भएको बिवाद बढ्दै गएको हो । केही महिनाअघि विद्यालय ब्यबस्थापन समितिले साबिक प्रधानाध्यापक सरुवा भैई... पुरा पढ्नुहोस

बेलबारी कला तथा साहित्य महाेत्सव, चित्रकला प्रतियोगिता पनि सम्पन्न

बेलबारी, माेरङ/ कला तथा साहित्यकाे प्रवर्धन गर्ने उद्देश्यले  शुक्रबारदेेखि  दुईदिने बेलबारी कला तथा साहित्य महाेत्सव  छ । बेलबारी नगरपालिका वार्ड नं ११ काे स्वर्गिक भवनमा संचालन गरिएकाे साे कार्यक्रमकाे उद्घाटन बेलबारी नगरपालिका प्रमुख ज्ञानेन्द्र सुवेदीले गरेका थिए । साे कार्यक्रममा, वरिष्ठ साहित्यकार राजेन्द्र सुवेदी, प्राज्ञ गंगा सुवेदी, डा. वद्रिविशाल पाेखरेल,... पुरा पढ्नुहोस

दाम्लोले बाँधेर राखिएका मानसिक रोगीको उपचार गराउँदै बेलबारी नगरपालिका

बिगत १८ बर्षदेखि मानसिक रोगका कारण थला परेका बेलबारी ९ का पुर्ण वहादुर भन्डारीकोे उपचार हुन थालेको छ । धेरै बर्षदेखि दाम्लोका भरमा समेत रहेका भन्डारीको उपचारका लागि बेलबारीका मेयर ज्ञानेन्द्र सुवेदीको पहलमा उपचार हुन थालेको हो  । लामो समयदेखि उपचारमा नपाई घरमा बसेको थाहा पाएपछि वडा नम्बर ९ का... पुरा पढ्नुहोस

गत बर्षको उपविजेताले बेलबारी ८ ले चुम्यो दोस्रो बेलबारी मेयर कपको उपाधि

उत्तम पोख्रेल । मोरङको बेलबारीको दोस्रो मेयर कपको उपाधि गत बर्षको उप विजेताले जितेको छ । पहिलो मेयर कपमा उप विजेतामा चित्त बुझाएको वडा नम्बर ८ ले दोस्रोमा भने उपाधि जितेको हो । पहिलो मेयकपमा उपाधि चुमेको १ नम्बरलाई ट्राईबेकरमा हराउदै आठ नम्बर विजेता बनेको हो । बिहिबार भएको फाइनल... पुरा पढ्नुहोस

हातमा कालो काम्रो र नारा जुलुस सहित प्रशासनमा पत्रकारहरुको बिरोध प्रदर्शन

धनकुटा । सरकारले संसदमा पेश गरेको आम संचार विधेयक फिर्ता लिन माग गर्दै बुुधबार धनकुटाका पत्रकारहरुले हातमा कालो कपडाको काम्रो बाधेर जुलुस सहित जिल्ला प्रशासन कार्यालयमा विरोध प्रर्दशन गरेका छन । नेपाल पत्रकार महासंघ धनकुटाको आव्हानमा सरकारले संसदमा पेश गरिएको आम संचार विधेक पास भएमा आम संचारकर्मीहरुले स्वतन्त्रता पूर्वक लेख्न... पुरा पढ्नुहोस

केराबारी गाउँपालिकाद्वारा पाटीगाउँका बिपन्न दलित नौ परिवारलाई जस्तापाता बितरण

आर्थिक अवस्था कमजोर भई बर्षौदेखि फुसको छाना भएको घरमा बस्दै आएका केराबारी १ पाटीगाउँका ९ बिपन्न दलित परिवारलाई मोरङको केराबारी गाउपालिकाले रंगिन जस्ता पाता वितरण गरेको छ । गाँसबास कपासको जोहो गर्न  धौधौ पर्ने गरीब तथा विपन्न परिवारको फुसको छाना हटाउने अभियान अन्र्तगत केराबारी गाउँपालिकाले पाटीगाउँका ९ घर परिवारलाई सोमबार... पुरा पढ्नुहोस

रहेनन् पुर्वकै राम्रा वाल रोग विशेषज्ञ डा. बिमल अग्रवाल

विराटनगरमा सबैभन्दा  लोकप्रिय बरिष्ठ बालरोग विशेषज्ञ डा. विमल अग्रवालको मंगलबार राति निधन भएको छ । उनको मंगलबार राति करिब साढे १० बजे निधन भएको पारिवारिक श्र‍ोतले जनाएको छ  । स्वास्थ्यमा समस्या देखिएपछि केही दिनअघि उनी आफै गाडी चलाएर नोबेल अस्पताल पुगेका थिए । त्यहाँ उनलाई ब्रेन हेड भएको थाहा भएको... पुरा पढ्नुहोस

बेलबारी १ र ८ भिड्ने भए दोस्रो मेयरकपको फाइनलमा

मोरङको बेलबारी ४ स्थित बेतना युनाइटेड खेल मैदानमा जारी मेयर कप फुटवल प्रतियोगितामा बेलबारी ८ फाइनलमा प्रबेश गरेको छ । मंगलबार भएको सेमिफानल खेलामा बेलबारी ११ लाई ३ - ० गोल अन्तरले हराउदै वडा नम्बर ८ फाइनलमा प्रबेश गरेको हो । गत बर्षको उपविजेता वनेको वडा नम्बर ८ यो वर्ष पनि... पुरा पढ्नुहोस

नौ जनाको हत्यामा संलग्न ठानिएका ब्यक्तिले झुन्डिएर गरे आत्महत्या

पाँचथरको मिक्लाजुङ गाउँपालिका–३, आरुबोटेमा सोमबार राति २ परिवारका ९ जनाको विभत्स हत्यामा संलग्न भएको आशंंका  गरिएका ब्यक्तिले झुण्डिएर आत्महत्या गरेका छन् । हत्यामा संलग्नताको आशंका गरिएका मानबहादुर माखिमले झुण्डिएर आत्महत्या गरेको स्थलमा रगत लागेको हतियार र रगत लागेको कपडा भेटिएको पाँचथरका प्रहरी प्रमुख डीएसपी नरेन्द्र कुँवरले बताए । भुण्डिएर आत्महत्या गरेका... पुरा पढ्नुहोस

पाँचथरमा दुई परिवारका ९ जनाको बिभत्स हत्या, भागेर बाँचिन् एक वालिका

पाँचथरमा गएराति दुई परिवारका ९ जनाको हत्या भएको छ । मिक्लाजुङ गाँउपालिका–३ आरुबोटेमा गए राति दुई परिवारका नौ जनाको विभत्स हत्या भएको प्रहरीले जनाएको छ । गएराति स्थानीय धनराज शेर्मा र उहाँका ससुरा बमबहादुर फियाकको परिवारका नौ जनाको धारिलो हतियार प्रहार गरी हत्या भएको हो । धनराजको परिवारका पाँच जनाको... पुरा पढ्नुहोस