ताजा अपडेट

नोबेलले एकैदिन मोरङका तीन स्थानमा गर्यो निःशुल्क स्वास्थ्य शिविर

विराटनगरस्थित नोबेल शिक्षण अस्पतालका सञ्चालक डा.सुनिल शर्माले सोमबार मोरङको क्षेत्र नं. ३ का छुट्टा छुट्टै तीन स्थानमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गराएका छन् । नोबेल अस्पतालमार्फत डा.शर्माले बेलवारीका दुई र पथरीशनिश्चरेको एक स्थानमा स्वास्थ्य शिविर सञ्चालन गरी गरिब तथा विपन्न विरामीलाई गाउँमै निःशुल्क उपचार गर्ने व्यवस्था मिलाएका हुन् । पथरीशनिश्चरे–१... पुरा पढ्नुहोस

 ‘लगानीकर्ता जोडीए लाखौंलाई स्वरोजगार बनाउन सक्छु’: युवा उद्यमी सम्राट

सफलता केलाई मान्ने सफलता मापन कसरि गर्ने ? सुनाउन लायक कथाहरु त्यसै बन्दैनन् कथाहरु बन्नका लागि पात्र चाहिन्छ । हाराहारी ७ अर्ब जनसंख्यामा हरेक पात्रको आफ्नै कथा छ, कति लेखिन्छन कति लेखिदैनन कति सुनाउन लायक हुन्छन त कति सुनाउन लायक हुँदैनन त्यहि भीडमा सुनाउन लायक कथा बनाउँदै उदाउने एउटा नाम... पुरा पढ्नुहोस

ऐश्वर्या श्रेष्ठले जितिन् मिस ग्रान्ड नेपाल २०२२ को उपाधि 

२५ बर्षीय ऐश्वर्या श्रेष्ठले मिस ग्रान्ड नेपाल २०२२ को उपाधि जितेकी छिन् । त्यसैगरी मिस पपुलर तन्नु शाक्यले, मिस पर्सनालिटी वर्षा भण्डारी, मिस बेस्ट इन स्विमसुट वर्षा भण्डारी, मिस कन्फिडेन्स समना कार्की, मिस फोटोजेनिक स्वस्तिका मगर र मिस कन्जेनियालिटी सुदेष्णा महर्जनले जितेका छन् ।  उपाधि बिजेता ऐश्वर्याले मिस ग्रान्ड इन्टरनेशनलको... पुरा पढ्नुहोस

स्तनपानका विध्यमान समस्या र समाधानका उपाय

सिर्जना शर्मा घडीमा फेरो मार्दै स्तनपान सप्ताह आउँदा  शुभकामना सन्देशहरुले संचार माध्यम भरिभराउ हुन्छन् । विभिन्न संघ संस्थाहरु सप्ताहको कार्यक्रममा व्यस्त हुन्छन् ।  स्वस्थ जीवन बाँच्नका लागि शिशुले जन्मेलगतैदेखि दुईवर्षसम्म आमाको दूध खुवाउन प्रोत्साहन गर्ने अभिप्रायका लागि यस्ता कार्यक्रम हुने गरेका छन् । प्रकृतिले हरेक स्तनधारीको दूध आफ्नै बच्चालाई अमृत समान... पुरा पढ्नुहोस

सिद्धार्थ सेकेण्डरी स्कुलले जित्यो राष्ट्रिय लोक नृत्य प्रतियोगिताको उपाधि

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल प्याब्सन केन्द्रीय समितिको आयोजनामा पोखरामा भएको विद्यालय स्तरीय राष्ट्रिय लोक नृत्य प्रतियोगिताको उपाधि मोरङको सुन्दरहरैँचा १० मा अबस्थित  सिद्धार्थ सेकेण्डरी स्कुलले हात पारेको छ । भाद्र २५ गते अर्थात शनिबार पोखरा सभागृहमा भएको फाइनलमा बागमती प्रदेशलाइ पछि पार्दै सिद्धार्थले उपाधि जितेको हो । फाइनल... पुरा पढ्नुहोस

देवीझोडा सामुदायिक वनमा गोविन्द बस्नेतको नेतृत्व, नयाँ समिति गठन

मोरङ केराबारी ९ स्थित देवीझाेडा सामुदायिक वन उपभोक्ता समुहको २३ औं साधारणसभाले गोबिन्द बस्नेतको अध्यक्षतामा नयाँ समिति चयन गरेको छ । शुक्रबार र शनिबार भएको साधारण सभाले समिति चयन गरेको हो । नवगठित समितिमा रत्ना राइ उपाध्यक्ष, समिर सोदेम्बा सचिव, बिमल बिष्ट सह सचिव र आशा लिम्बु कोषाध्यक्ष निर्वाचित भएका... पुरा पढ्नुहोस

अशोक दर्जी र भुइँकटहरेको घर बनाइदिने पुर्ण वाइवा मोरङ १ ख वाट प्रदेशसभा उम्मेदवार बन्दै

मंसिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा मोरङको उर्लाबारीका सामाजिक ब्यक्तित्व पूर्ण वाइबा प्रदेशसभाका लागि उम्मेदवार बन्ने भएका छन् । ‌सामाजिक क्षेत्रमा उचो छवि बनाएका वाइबा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट मोरङ क्षेत्र नं. १ (क) को प्रदेशसभा सदस्यको उम्मेद्वार बन्ने तरखरमा छन् । राप्रपाको प्रदेश नं. १ को... पुरा पढ्नुहोस

यस्ता रहेछन् सुन्दरहरैँचामा जनप्रतिनिधिले गरेका सय दिने उपलब्धि

 सुन्दरहरैँचा नगरपालिकाले जनप्रतिनिधिहरु निर्वाचित भएपछि सय दिनका उपलब्धि सार्वजनिक गरेको छ । नगरपालिकाका प्रबक्ता राेशन प्रसाद ढकालले शुक्रबार नगरपालिकामा १ सय दिनकाे काम सार्वजनिक गरेका हुन् ।  नगरपालिकाले सार्वजनिक गरेका उपलब्धिहरु १. पद बहालीकै दिन नगर प्रमुखको प्रस्तावमा घरनक्सा पास प्रक्रियासम्बन्धी सेवा प्रवाह वडा कार्यालयहरूबाट हुन थालेको छ । जसले... पुरा पढ्नुहोस

नोबेलमा सकियो अस्पतालजन्य फोहोर व्यवस्थापन सम्बन्धि कार्यशाला

विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा अस्पताल जन्य फोहोर व्यवस्थापन सम्बन्धि कार्यशाला सम्पन्न भएको छ । नोबेलमा अध्ययनरत बीएनएस चौथो बर्षका विद्यार्थीहरुको आयोजनामा एक दिने कार्यशाला आयोजना गरिएको हो । कार्यशालामा नर्श, डाक्टर, सरसफाइकर्मी, कर्मचारी लगायत सहभागि थिए । सहभागिहरुलाई नोबेलका नर्सिङ्ग डाइरेक्टर निलम झा, बीएनएस चौथो बर्षका कोअर्डिनेटर सिता चापागाई लगायतले... पुरा पढ्नुहोस

पथरीका बृद्धबृद्धा र बेलबारीका महिलालाई डा. शर्माले गराइदिए निःशुल्क जाँच तथा उपचार

विराटनगरस्थित नोबेल शिक्षण अस्पतालका सञ्चालक डा.सुनिल शर्माले मोरङको पथरीशनिश्चरेका बृद्धबृद्धाहरुलाई गाउँमै मुटु तथा फोक्सो रोगको परीक्षण गराइदिएका छन् ।             नोबेलबाट बिशेषज्ञ डाक्टरहरुको टोली पठाएर डा.शर्माले बृद्धबृद्धाहरुलाई गाउँमै स्वास्थ्य परीक्षण तथा उपचारको व्यवस्था मिलाइदिएका हुन् । डा.शर्माको योजना अनुरुप ज्येष्ठ नागरिकलाई लक्षित गर्दै शुक्रवार पथरीशनिश्चरे नगरपालिका–४... पुरा पढ्नुहोस