झापाली समाज कतारको ११ औँ अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन
- ११ फाल्गुन २०८१, आईतवार


झापाली समाज कतारको ११ औँ अधिवेशनबाट अध्यक्षमा चानीलाल राजबंशी र महासचिवमा बिमल भारती निर्वाचित भएका छन् । २१ फेव्रुअरी २०२५ तारिख अर्थात गत शुक्रबार ग्राण्डमलस्थित वेल फेयर रेष्टुरेण्टको सभाहलमा बिभिन्न कार्यक्रमसहित आयोजित अधिवेशनबाट अध्यक्षमा राजवंशी र महासचिवमा भारतीसहित नयाँ नेत्तृत्व सर्वसम्मत चयन गरेको हो ।
अधिवेशनबाट प्रथम उपाध्यक्षमा गणेशप्रसाद दुलाल, द्धितीय उपाध्यक्षमा किरण परियार, सचिवमा शारदा भुजेल र कृष्ण कार्की, कोषाध्यक्षमा लोक थापा र सह–कोषाध्यक्षमा युबराज बराल सर्वसम्मत निर्वाचित भएका छन् ।
यसैगरी कार्यसमिति सदस्यमा भुपेन्द्र भारती, रानाबहादुर निरौला, बिनिता चौधरी, किरण राजबंशी, अजय गिरी, लुखिराम टुडु, पुजन गिरी, सरु टुडु, बाचसपति आचार्य, लक्ष्मी उप्रेती, बिशाल राजबंशी, रविन काफ्ले र बिष्णुप्रसाद शर्मा सर्वसम्मत निर्वाचित भएका महासचिव बिमल भारतीले जानकारी दिए ।
अधिवेशनको उद्घाटन सत्रमा समाजका अध्यक्ष केशव कार्कीको सभापतित्व तथा अन्तर्राष्ट्रिय झापाली समाजका अध्यक्ष मुकुन्द ढुंगानाको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा बिशिष्ट अतिथिमा अन्तर्राष्ट्रिय झापाली समाजका बरिष्ठ उपाध्यक्ष महेन्द्र चम्लागाई, अन्तर्राष्ट्रिय झापाली समाजका उपाध्यक्ष चुडामणि कार्की, अन्तर्राष्ट्रिय झापाली समाजका महासचिव नविन पोख्रेल साथै झापाली समाजका संरक्षकहरुको बिशिष्ठ आतिथ्य रहेको थियो ।









