धान र मकै बालीमा आत्मनिर्भर बन्दै बेलबारी नगरपालिका

  • ३१ जेष्ठ २०८२, शुक्रबार

धान र मकै बालीमा बेलबारी नगरपालिका आत्मनिर्भर बन्न थालेको छ ।
नगरपालिकाले चैते धान बाली पूबर्धन कार्यक्रम अन्तरगत गत बर्ष अनुदानमा ५ हजार केजी धानको बीउ बितरण गरेबो थियो । सो माग बढेर हाल ७ हजार केजी पुगेको छ । बेलबारी नगरपालिकाको कृषि तथा सहकारी शाखाका अनुसार नगर क्षेत्रमा हरेक बर्ष चैते र बर्खे गरी १६ देखि १७ हजार मेट्रिक टन धान उत्पादन हुने गरेको छ । गत बर्ष १६ हजार मेट्रिक टन धान उत्पादन भएको र यस बर्ष गत बर्षभन्दा बढी धान उत्पादन भएको बेलबारी नगरपालिका कृषि तथा सहकारी शाखा प्रमूख सन्तोष कँडेलले बताए ।
बेलबारी नगरपालिकाले यस बर्ष वडा नम्बर ८ र १० लाइ सुपर जोन घोषणा गरेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तरगत पनि धान बालीका लागि थप सहयोग प्राप्त भएकोले धान उत्पादन अझ बढ्ने कृषि शाखा प्रमूख कँडेलले बताए ।
शाखाका अनुसार बेलबारी नगरपालिका क्षेत्रमा बर्षेनी ७ देखि ८ हजार मेट्रिक टन मकै उत्पादन हुने गरेको तथ्याङ्क छ । नगरपालिकाले वडा नम्बर ४ र १० लाइ मबै पकेट क्षेत्र घोषणा गरेको छ । वडा नम्बर १० मा बाह्रैमास मकै उत्पादन हुने गरेको छ भने भाउन्ने भन्दा पूर्वको जंगल क्षेत्रको राजमार्ग किनार क्षेत्रमा मकै पोलेर बिक्री गरी दर्जनौ मानिसहरुले गुजारा गर्दै आएका छन् ।
नगरपालिकाले सिचाईका लागि गत बर्ष र यस बर्ष पनि मोटर सेट बितरण गर्दै आएको छ । कृषि यान्त्रिकरण योजना अन्तरगत नग्‌पालिकाले कृषकहरुलाइ मकै रोप्ने मेसिन, मकै छोडाउने मेसिन, स्प्रे मेसिन, हाते ट्याक्टर, धान र्‌ोप्ने मेसिन, मिनी पावर जस्ता सामग्री बितरण गर्दै आएको छ ।
त्यसो त धान र मकैमा आत्मनिर्भर भएपनि गहुँ उत्पादन घट्दै गएकोले गहँु बालीमा भने बेलबारी आत्मनिर्भर बन्न सकेको छैन । कृषकहरु गहँ खेतीतर्फ आकर्षित हुन छाडेकोले गहँ उत्पादन दिनानुदिन घट्दै गएको शाखाले जना्‌एको छ ।
अर्कोतर्र्फ तरकारी खेतीतर्फ कृषकहरुको आकर्षण बढाउन नगरपालिकाले ५० पूतिशत अनुदानमा तरकारीका बीउ, मल र तरकारी खेतीका लागि आष्श्यक र्निे खाद्य तत्वहरु बितरण गर्दै आएको नगरपालिकाले जनाएको छ । तरकारी खेतीका लागि नगरपालिकाले आगामी बर्ष वडा नम्बर ४, ८ र ९ लाइ तरकारी पकेट जोन बनाउँदै नगरलाइ तरकारीमा आत्मनिर्भर बनाउने योजना अगाडि सारेको छ ।
नगरपालिकाले ४९ बर्ष ननाघेका युवा उद्यमीहरुलाइ प्रोत्साहन गर्ने योजना अन्तरगत ५० प्रतिशत अनुदानमा उपकरण तथा यान्त्रिक उपकरण बितरण गर्ने कार्याक्रम समेत बनाएको छ ।
नगरपालिकाले काक्रा, करेला, जस्ता लहरेबारीका बीउ बितरण गरेको छ । त्यस्तै किसानहरुको माग बमोजिम तालिमहरु सञ्चालन गरिरहेको नगरपालिकाले जनाएको छ । बेलबारी नगरपालिका अन्तरगत कृषि शाखासहित वडा नम्बर ६ र ७ मा कृषि सेवा केन्द्र समेत छन् । कृषकहरुले सामान्य मल बीउहरु सेवा केन्द्र मार्फत पनि पाउने गरेका छन् ।
नगरपालिकाले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तरगत वडा नम्बर १ र ४ मा कृषकहरुलाइ ७५ प्रतिशत अनुदानमा माहुरीका घारहरु बितरण गरेको छ । माहुरी पालनबाट बालीनाली उत्पादन र परागसेचनमा समेत सहयोग पुग्ने भएकोले नगरपालिकाले माहुरी पालनलाइ प्रबर्धन गर्दै आएको बेलबारी नगरपालिकाका नगर प्रमूख दिलप्रसाद राइले बताए ।
नेपाल सरकारको किसान सूचीकरण योजना अन्तरगत नगरपालिकाले गणकहरु मार्फत केही वडामा गणनाको काम गरिसकेको छ भने कतियप वडाहरुमा गणनाको काम भइरहेको छ । गणना सम्पन्न गरी सूचीकरण भएपछि परिचयपत्रका आधारमा अनुदान दिने नगरपालिकाको योजना रहेको राइले बताए ।
नगरपालिकाले माटो बचाउ अभियान अन्तरगत रसायनिक मल कम गरी माटो सुधारका लागि १ सय ३२ जना किसानको खेतबाट माटो नमूना लिई परिक्षणका लागि प्रयोगशालामा पठाएको थियो । जसमध्ये ५० स्थानको रिपोर्ट आएको तर ५ स्थानको माटोको जाँच रिपोर्ट मात्र राम्रो आएको र ४५ वटो नमूना माटाको रिपोर्ट रामैोे नआएको नगरपालिकाले जनाएको छ । माटोको रिपोर्ट आइसकेपछि माटो सुधारका लागि चुना लगायत आवश्यक औषधिहरु बिथरण गर्ने नगरपालिकाको योजना छ । – संयन्त्र साप्ताहिक