खबर

काउन्सीलको पुरस्कार वितरण कार्यक्रम बहिष्कार गर्न प्रेस सेन्टरको अपिल

प्रेस  सेन्टर नेपालले प्रेस काउन्सिल नेपालले आयोजना गरेको पुरस्कार वितरणको कार्यक्रम वहिष्कार गर्ने भएको छ । काउन्सिलले मापदण्ड मिचेर पुरस्कार वितरण लगायतका गतिविधि गरेकोमा आपत्ती प्रकट गर्दै प्रेस सेन्टर नेपालले उक्त कार्यक्रममा सहभागि नहुन पनि अपील गरेको छ ।  संगठनका महासचिव सन्तोष पौडेलले एक विज्ञप्ति जारी गर्दै सञ्चार माध्यमहरुको अनुगमन,... पुरा पढ्नुहोस

भ्रमको खेती बन्दै ‘निःशुल्क शिक्षा’. कानूनमा निःशुल्क, ब्यबहारमा स:शुल्क

संविधानले आधारभूत तहका र अनिवार्य तथा माध्यमिक तहको शिक्षा निःशुल्क हुने सुनिश्चित गरे पनि यसको कार्यान्वयन नभएको र निःशुल्क शिक्षा व्यवहारमा भ्रम मात्र सावित भएको शिक्षा बिदहरुले बताएका छन् । शिक्षा पत्रकार समूहको २३ औं साधारणसभाको अवसरमा बुधबार आयोजिच निशुल्क शिक्षा खोइ विषयक अन्र्तक्रियामा बोल्दै शिक्षाविद्हरुले त्यस्तो बताएका हुन् ।... पुरा पढ्नुहोस

भारतलाइ पराजित गर्दै नेपाल महिला साफ च्याम्पियनसिपको फाइनलमा

 नेपाल छैटौं महिला साफ च्याम्पियन सिपको फाइनलमा  पुगेको छ । शुक्रबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको सेमिफाइनल खेलमा  भारतलाई १-० गोलले पराजित गर्दै नेपाल फाइनलमा पुगेको हो। नेपालका लागि रश्मीकुमारी घिसिङले निर्णायक गोल गरेकी थिइन् । पहिलो हाफको इन्जुरी समयमा प्रीति राईको पासमा रश्मिले गोल गरेकी थिइन् । पहिलो सेमिफाइनलमा भुटानलाई... पुरा पढ्नुहोस

सिद्धार्थ सेकेण्डरी स्कुलले जित्यो राष्ट्रिय लोक नृत्य प्रतियोगिताको उपाधि

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल प्याब्सन केन्द्रीय समितिको आयोजनामा पोखरामा भएको विद्यालय स्तरीय राष्ट्रिय लोक नृत्य प्रतियोगिताको उपाधि मोरङको सुन्दरहरैँचा १० मा अबस्थित  सिद्धार्थ सेकेण्डरी स्कुलले हात पारेको छ । भाद्र २५ गते अर्थात शनिबार पोखरा सभागृहमा भएको फाइनलमा बागमती प्रदेशलाइ पछि पार्दै सिद्धार्थले उपाधि जितेको हो । फाइनल... पुरा पढ्नुहोस

नोबेलमा सकियो अस्पतालजन्य फोहोर व्यवस्थापन सम्बन्धि कार्यशाला

विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा अस्पताल जन्य फोहोर व्यवस्थापन सम्बन्धि कार्यशाला सम्पन्न भएको छ । नोबेलमा अध्ययनरत बीएनएस चौथो बर्षका विद्यार्थीहरुको आयोजनामा एक दिने कार्यशाला आयोजना गरिएको हो । कार्यशालामा नर्श, डाक्टर, सरसफाइकर्मी, कर्मचारी लगायत सहभागि थिए । सहभागिहरुलाई नोबेलका नर्सिङ्ग डाइरेक्टर निलम झा, बीएनएस चौथो बर्षका कोअर्डिनेटर सिता चापागाई लगायतले... पुरा पढ्नुहोस

माओवादी बलियो नभएसम्म प्रतिगमन र प्रतिक्रान्तिको खतरा रहन्छ : प्रचण्ड

नेकपा (माओवादी केन्द्र) का  अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको निर्वाचन प्रणाली नै गलत रहेको बताएका छन्  । काठमाण्डौमा अखिल क्रान्तिकारी केन्द्रीय समितिद्वारा आयोजित विद्यार्थी स्वयंसेवकको राष्ट्रिय भेला तथा क्रान्तिकारी फोर्स घोषणा प्रशिक्षण कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् । प्रचण्डले भने,युवा विद्यार्थीहरु सडकको हिरो तपाईहरु हो, तपाईहरु अआउँदासम्म... पुरा पढ्नुहोस

ऊर्जामन्त्री भन्छिन् – दुई वर्षभित्रै सबै घरमा पर्याप्त विद्युत् उपलब्ध हुन्छ

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले दुई वर्षभित्रै सबै घरमा पर्याप्त विद्युत् उपलब्ध हुने बताएकी छिन । अहिले करिब ९५ प्रतिशत जनताका घरमा विद्युत् पुगेको भन्दै उनले अब दुई वर्षभित्रै सबै घरमा चाहिएजति विद्युत् उपलब्ध गराउने गरी सरकारले तिब्र रुपमा काम गरिरहेको बताएकि छिन । रुपन्देहीको मैनहियामासोमबार  बुटवल–लुम्बिनी १३२ केभी... पुरा पढ्नुहोस

स्त्रीरोगलाइ केन्द्रित गरी बिराटचोकमा नोबेलको स्वास्थ्य शिविर, ७ सय बढी विरामी लाभान्वित

विशेषगरी स्त्रीरोगलाई केन्द्रित गरी नोबेल शिक्षण अस्पतालले सुन्दरहरैंचा नगरपालिकाको विराटचोकमा  निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । स्त्री रोग बिशेषज्ञ डा. प्रतिमा काफ्लेसहित २२ जना स्वास्थ्यकर्मीहरुको टोलीले स्वास्थ्य परीक्षण गरेको शिविरमा उपचारका लागि ठूलो संख्यामा महिलाहरु आएका थिए । विराट चेस क्लवसँग सहकार्य गरेर सञ्चालन गरिएको एकदिने शिविरमा ७ सय ६५... पुरा पढ्नुहोस

नोबेलद्वारा पथरीका बृद्धबृद्धाको मुटु तथा फोक्सोको परीक्षण

विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले मोरङको पथरीशनिश्चरेका बृद्धबृद्धाहरुलाई गाउँमै मुटु तथा फोक्सो रोगको परीक्षण गराएको छ । गाउँमै बिशेषज्ञ डाक्टरहरुको टोली पठाएर संचालक डा।सुनिल शर्माले ज्येष्ठ नागरिकलाई लक्षित गर्दै मंगलवार पथरीमा मुटु तथा फोक्सो रोग परीक्षण शिविर सञ्चालन गराएका हुन् । शिविरमा स्थानीय १ सय ७५ जना बृद्धबृद्धाको मुटु तथा फोक्सो... पुरा पढ्नुहोस

जमरकट्टेल बंश प्रतिष्ठानको नयाँ समिति चयन

जमरकट्टेल बंश एकता प्रतिष्ठान नेपालको २३ सदस्यीय नयाँ समिति गठन भएको  छ । विराटनगर–१९ वैजनाथपुरस्थित प्रतिष्ठानको कार्यालयमा सम्पन्न ९ औं बार्षिक साधारण सभाले कुमारमणी जमरकट्टेलको अध्यक्षतामा १८ सदस्यीय केन्द्रिय कार्य समिति निर्वाचित गरेको हो । नव निर्वाचित समितिको उपाध्यक्षमा कृष्णप्रसाद, विमला, फिणिन्द्र र थिरप्रसाद जमरकट्टेल, महासचिवमा उदयप्रसाद, सचिवमा रबिन र... पुरा पढ्नुहोस